निर्णय नं. ४६६२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६६२ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: फागुन अंक: ११ फैसला मिति :२०४९/११/२० २२६० निर्णय नं. ४६६२ ने.का.प. २०४९ (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको रिट नम्बर ८१० आदेश भएको मिति: २०४९।११।२०।४ मा निवेदक : विराटनगर मिल्स एरिया स्थित अशोक टेक्सटाइल इण्डष्ट्रिज प्रा.लि.को तर्फबाट अधिकार प्राप्त ऐ. को कमर्सियल एक्जु केटिभ प्रह्लाद राय लखौटिया विरुद्ध विपक्षी : श्री ५ को सरकार अर्थ मन्त्रालयसमेत विषय : उत्प्रेषण (१) भन्सार कार्यालयले निर्धारण गरेको भन्सार तथा बिक्री कर रकममा समेत निवेदकलाई चित्त नबुझेको भए भन्सार ऐन, २०१९ को दफा ३७ मा व्यवस्था भए अनुरुप राजश्व न्यायाधिकरणमा पुनरावेदन दिन पाउने कानुनी व्यवस्था रहे भएको पाइन्छ । सो अनुसारको पुनरावेदनको साधारण बाटो अवलम्बन नगरी निवेदक यस अदालतको असाधारण अधिकार क्षेत्रमा प्रवेश गरेको पाइन्छ । पुनरावेदनको व्यवस्था भएकोमा पुनरावेदनबाट हेरिनु पर्ने हुन्छ । पुनरावेदन तहबाट हेरिंदा सबै प्रमाण र कानुनको मूल्याड्ढन हुने । (प्रकरण नं. ९) (२) अन्य निकायबाट कानुनी उपचार प्राप्त गर्न सक्ने अवस्था हुँदा हुँदै रिट क्षेत्रबाट निवेदकलाई उपचार दिइएमा पुनरावेदन गर्ने कानुनी व्यवस्था प्रभावहीन हुन जाने समेत देखिएको अवस्थामा यस अदालतले असाधारण क्षेत्राधिकार प्रयोग गर्न न्याय तथा कानुन दुवै दृष्टिकोणले मिल्ने नदेखिने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ अवलम्बित नजीर: स.अ.पूर्णइजलासबाट २०४६ सालको रि.पू.ई. नं. ६७ अर्थ मन्त्रालय भन्सार विभाग समेत विरुद्ध रामरिछ पाल अग्रवाल भएको परमादेश विषयमा प्रतिपादित सिद्धान्त । आदेश न्या.लक्ष्मणप्रसाद अर्याल १. नेपालको संविधान, २०१९ को धारा १६ तथा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ :– २. यो उद्योग २०२० सालमा स्थापना भई तत्कालिन कानुनी व्यवस्था बमोजिम आयकर भन्सार बिक्रीकर तथा अन्तःशुल्क समेतको सुविधा उपभोग गर्दै आएको र सिन्थेटिक कपडा सर्टिङ सुटिङको उत्पादन गरी उत्पादन मूलक तथा आयात प्रतिस्थापक उद्योगको रुपमा देश नरेशको सेवा गरी आएको छ । यस उद्योगको डाइङ र झिनिरसंग शाखामा जडान भइराखेको डेकाईजिंग मेशिनको लागि आवश्यक पर्ने मेशिनरी स्पेयर पार्टस् पैठारीको लागि वाणिज्य विभागबाट ता. १३–६, १९८८ मा आयात इजाजतपत्र प्राप्त गरी मेसर्स सोन स्टार ईडिग (यस) प्रा.लि. सिंगापुरको नाममा आयात प्रतितपत्र खोली सो सामान पैठारी गरेको थिएँ । उक्त सामान उद्योगको लागि आवश्यक हुने मेशिनरी पार्टस भन्ने कुराको सिफारिश गरी उद्योग विभाग पूर्वाञ्चल शाखा विराटनगरले विपक्षी नं. ४ लाई लेखी पठाएकोमा कुनै वास्ता नगरेकोले निवेदकले पुनः निवेदन दिई पुनः विपक्षी नं. ३ ले लेखी पठाउँदा पनि विपक्षी नं. ४ ले सो सामान १५ प्रतिशतले रु. २१,१८३।२० भन्सार महसूल र ३५ प्रतिशतले रु. ४९, ४२०।७० अतिरिक्त भन्सार महसूल तथा २० प्रतिशतले रु. ४३,३६६।६० बिक्री कर समेत जम्मा रु. १,१२,९७७।६० पैसा निर्धारण तथा असूल समेत गरी मिति २०४५।९।१३ मा सो सामान छाडेको र सो सामानलाई मेशिनरी सरह सुविधा प्रदान गर्न नमिल्ने भनी मिति २०४५।१०।२३ मा निर्णय भएको मिति २०४५।१२।६ मा पत्र निवेदकलाई पठाएको थियो विपक्षी नं. ३ ले उक्त माल सामानलाई यस उद्योगक