निर्णय नं. १६१८ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६१८ - जालसाजी भाग: २५ साल: २०४० महिना: बैशाख अंक: १ फैसला मिति :२०४०/०१/१५ २७९६ निर्णय नं. १६१८ ने.का.प. २०४० अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको फौ.पु.नं. ३७५ फैसला भएको मिति : २०४०।१।१५।५ मा पुनरावेदक/प्रतिवादी : भक्तपुर न.पं.वडा नं.९ चोछे टोल बस्ने विश्वनाथ फाजू विरूद्ध विपक्षी/वादी : भक्तपुर न.पं.वडा.नं.१५ क्ष्टाछे टोल बस्ने रामभक्त भुजु समेत मुद्दा : जालसाजी (१) जालसाजी भनी दावी लिनेले जालसाजीको सबूत प्रमाण दिनुपर्ने । (प्रकरण नं. १३) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणी राज सिंह मल्ल (साविक पेज नं. २०) फैसला न्या.त्रिलोकप्रताप राणा १. जिज्यूबाजे बहादुर सिंहका छोरा जेठा बाजे कुलबहादुर, कान्छा बाजे भीमलालका दुई सन्तान मध्ये हरिगोपाल अघि नै परलोक भइसकेका र ०३६।७।३० गते मर्ने विष्णुप्रसाद, हरिगोपाल र विष्णुप्रसादका स्वास्नी छोराछोरी कोही नभएकोले जेठा बाजे कुलबहादुर र बाबु रत्नबहादुर समेत परलोक भई हामी ४ छोरा मात्र मर्ने विष्णुप्रसादको हकवाला भतिजा बाँकी रहेको। निज विष्णुसँग मेरो नामसारी मुद्दाहरू परेकोबाट अचल जग्गा आधा म रामभक्तको नाउँमा र आधा विष्णुप्रसादको नाउँमा दर्ता दाखिल खारेज समेत भएको छ । हाल भत्किई पाताल भइरहेको घर समेत आधा ठहर भइराखेको फैसला खडा भएको छ । विपक्षी विश्वरामलाई हामी विष्णुप्रसादको भतिजाहरू हो भन्ने थाहाभएको कुरा निज विश्वरामसँग परेको लेनदेन बदर मुद्दाको प्रमाणबाट यकिन छ । विपक्षी विश्वराम र अन्यायवालाहरू समेत मिली विष्णुप्रसाद सिकिस्त बिरामी मरणासन्न अवस्था वा मरी सकेपछि के हो ? जालसाजबाट हामीहरूको हक मेटाउन खडा गरेको ०२६।७।३० गतेको मिति राखी विष्णुप्रसाद दिने र निज विश्वराम लिने गरी रू.१९०१। को बिगो खोली हालदेखिको बकसपत्रको कागज लेखी हामीहरूको अंशको पाताल भइराखेको घर पाताल भई हामी कोही छैन भनी भू.प्र.का.भ.पु.बाट ०२७।४।११।१ मा पास गराई लिएको सोही दिन थाहा भई नक्कल सारी हेर्दा जालसाजबाट कागज खडा गरिएको हुँदा सो कागज बदर गरी जालसाजी गरेमा सजाय गराई पाउँ भन्ने फिराद । २. म विष्णुप्रसाद, विश्वरामको सहोदर फुपूको छोरा अर्थात दाजु हुँ बृद्धा अवस्थामा रोगी समेत भएको हुँदा र तीन पुस्ताभित्रको हकदार समेत नभई मैले हेरचाह गरी विरामी हुँदा र परलोक भएको बखत पनि म विश्वरामले नै दागबत्ती काजक्रिया खर्च लगाई खाएको । दाजु विष्णुप्रसादले ऋण बापत हालदेखि खान पाउने गरी ०२३।१२।१९ मा बकसपत्र गरी दिएको सो बकसपत्र पास हुन पाएन फेरि जग्गाहरू छाडी घर पाताल मात्र ०२६।७।३० गतेमा हालैदेखिको बकसपत्र लेखक साक्षी र अन्तरसाक्षी भई विष्णुप्रसादले म विश्वरामलाई गरी दिएको बकसपत्र पनि पास हुन नपाउँदै निज विष्णु ०२६।८।५ मा परलोक भएबाट ३५ दिन भित्र दरखास्त दिई भू.प्र.का.भ.पु.बाट ०२७।४।११ मा पास भएको । त्यस उपर वादी समेतको हक नलाग्ने हुँदा वादी दावी बमोजिम हामीले जालसाजी लिखत खडा गरी गराई पास गरेको होइन भन्ने समेतको संयुक्त प्रतिउत्तर जिकिर । ३. मर्ने विष्णुप्रसादको हकदार भन्ने निज परलोक भएको खबर वादीहरूबाट थाहा पाइकन पनि निजको काजक्रिया विश्वराम फाजूलाई गर्न लगाई वादीहरूले टोपी समेत नफुकाली जुठो नबारेको हुँदा झुठ्ठा दावी लिई नालेस गर्ने वादीहरूलाई नै सजाय गरी फुर्सत दिलाई पाउँ भन्ने व्यहाराको जगतलालको प्रतिउत्तर जिकिर । ४. यसमा वादीको र विष्णुप्रसादको वाद