निर्णय नं. १६१९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६१९ - कर्तव्य ज्यान भाग: २५ साल: २०४० महिना: बैशाख अंक: १ फैसला मिति :२०३९/११/३० २७२० निर्णय नं. १६१९ ने.का.प. २०४० अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३८ सालको फौ.पु.नं. ३६३ आदेश भएको मिति : २०३९।११।६ मा पुनरावेदक/वादी : श्री ५ को सरकार विरूद्ध प्रतिवादी/विपक्षी : पूर्व ३ नं.रुम्जाटार तल्लो लामा गाउँ घर भई हाल सदर खोर शाखा डिल्लीबजारमा थुनामा रहेको बर्ष ४३ को भीमबहादुर गुरुड्ड समेत मुद्दा : कर्तव्य ज्यान (साविक पेज नं. २४) (१) वारदातमा प्रयोग गरिएको हतियार प्र.ले गरेको कागज अनुसार बरामद हुनआएको साथै सरजमीनले मौकामा र अदालतमा आई किटानी गरी बकपत्र गरेको समेतबाट प्रतिवादीहरू निर्दोष छन् भन्न नसकिने । (प्रकरण नं. २५) वादीतर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कामानन्दप्रसाद देव विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउत र विद्वान अ.श्री नैनविनोद न्यौपाने फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. मेरो घरबाट मेरो दाजु पर्ने मुर्लिप्रसादको बाटो गरी ०३४।१२।३ गते बिहान अं.९ बजेको समयमा बाबुरामको दोकानमा बिँडी किन्न भनी गएकोमा बिँडी किनी घर फर्किन लाग्दा मूर्लिधरको घर अगाडि आँगनमा निजकी श्रीमती कान्छी स्वास्नी घोप्टो परी रगत बगिरहेको टाउकोमा धार भएको हतियारले काटेको देखिएकोले प्रहरीद्वारा छानबिन गरिपाउँ भन्ने समेत प्रेमकुमारीको जाहेरी दरखास्त । २. २०३४।११।२ गते साँझमा म आफ्नै घरमा मेरा श्रीमानसँग खानपिन गरी बसिरहेको बेला मेरो घरमा डेरा गरी बस्ने का.जि.सिफल घर भएको भीमबहादुर अं.साँझपख मादक पदार्थ सेवन गरी निजको स्वास्नीसँग तँ स्वास्नी चाहिन्न भनी झगडा गर्दै बाहिर निस्की गए । मेरो घर अगाडि अं.२०।२२ मिटरको फरकमा सडक हुनाले निज भीमबहादुरका साथी बमबहादुर निज चमेली तामाङ, गन्जे पौडेल भन्ने साथीहरू पनि घर अगाडिकै सडकमा बसी कुरा गरिरहेका थिए । अन्दाजी २।३ घण्टा पछि मेरो कान्छा ससुरा समेत वहाँहरूको घरतर्फ अँ अँ भन्ने मधुरो आवाज कान्छीले सुनिछन् र मैले पनि सुन्दा अँ अँ भन्ने आवाज सुनेँ साधारण केही कुरा (साविक पेज नं. २५) होला भनी मैले ध्यान नै दिइन, केही समय पछि भीमबहादुर कान्छी स्वास्नी भएको ठाउँमा ढोका खोल भन्दै आए तर स्वास्नीले ढोका नखोल्दा गाली गर्दै दक्षिणपट्टिको बाटो लागी गए, बिहान आफ्नो कामकाज गरी घरमा बसिरहेको बखत फुपू भन्ने प्रेमकुमारी गौतमले सर्वप्रथम देखी हल्ला गरेकोले हेर्न जाँदा कान्छा ससुरा मुर्लि आचार्य निजकी श्रीमती र छोरी उमा समेतलाई सोही २ गते रातमा मारेछन् उक्त तीन परिवारलाई कर्तव्य गरी ज्यान मारेकोले जाहेर गर्न आएको छु । ससुरा समेत मारिए पछि निजहरू गाउँघरमा समेत नदेखिएको समेतबाट निजहरूले नै कर्तव्य गरी ज्यान मारेको भन्ने विश्वास लागेको हुँदा निजहरूलाई पक्राउ गरी अरू पनि अपराधी भए कानुन बमोजिम गरिपाउँ भन्ने कान्छी आचार्यको जाहेरी दरखास्त । ३. बेलुका सिरान मुनी रहेको खुकुरी लोग्ने भीमबहादुरले लगेको र राति म निदाएको बखतमा निज फर्केको, साथमा रहेका साथीहरू चमेली भन्ने कृष्णबहादुर, बम्बे भन्ने अम्बरबहादुर निजहरूको आवाजबाट मैले चिनेँ र ज्यान मारेको भन्ने कुरा भोलिपल्ट मात्र थाहा पाएँ भन्ने समेत व्यहोराको सुनमायाको प्रहरीमा बयान । ४. राति पिसाब लागी उठ्दा निज भीमबहादुर मुर्लिप्रसादको घरनिर दक्षिण पश्चिमतर्फ हातमा खुकुरी लिई उभिरहेको अवस्थामा मैले निजलाई चिन्