निर्णय नं. ४६६५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६६५ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: फागुन अंक: ११ फैसला मिति :२०४९/११/१४ २४३३ निर्णय नं. ४६६५ ने.का.प. २०४९ (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०४७ सालको रिट नं. १२५३ आदेश भएको मिति: २०४९।११।१४।४ मा निवेदक : का.न.पा. वडा नं. ५ टंगाल बस्ने कोमलकुमारी देवी शाह विरुद्ध विपक्षी : कार्यवाहक प्रधानपञ्च का.न.प. विगठित का.न.प.को हाल कार्यभार सम्हाल्ने ऐ.का. प्रधान अधिकृतसमेत विषय : उत्प्रेषण (१) कुन जग्गामा विवाद परेको हो र विवादित जग्गा कसको हुने हो सो कुराको हकमा सो मुद्दाबाट निर्णय भई कार्यान्वित हुने नै हुनाले सो अवस्था अगावै निवेदिकाको माग बमोजिम रिट जारी हुनु पर्ने अवस्था नदेखिने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री यादव खरेल आदेश न्या.उदयराज उपाध्याय १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ । २. का.न.प. वडा नं. ५ कि.नं. ३३७ को ०–५–२ जग्गामा डिजाइन बमोजिमको घर नक्शा पास गरिपाउँ भनी विपक्षीले का.न.पं. मा २०४५।११।२६ मा निवेदन दिनु भएको थियो । उक्त जग्गा सम्बन्धमा का.जि.अ.मा खिचोला समेतको मुद्दा चलिरहेकोले मेरो हक भोगको जग्गामा नक्शा पास नहोस भनी म निवेदिकाले का.न.पा. मा उजूरी निवेदन दिएकी थिएँ वादी कमला खरेलको नक्शा पास गर्ने भनेको जग्गामा प्र.को उजूरीमा कुनै दावी नदेखिँदा र का.न.पा.वडा समितिमा उजूरी परेको समेतबाट नक्शा रोक्का गर्न मिलेन प्रस्तुत नक्शा पास हुने ठहर्छ भन्ने समेत व्यहोराको विपक्षी का.न.पा. बाट २०४६।१२।१४ मा फैसला भयो । उक्त फैसला विलकुलै त्रुटिपूर्ण छ । म निवेदिकाको उजूरी यो यस्तो किसिमको छ भनी का.जि.अ.मा परेको मेरो फिरादको विवेचना गर्न विपक्षी का.न.प. अ.बं. ३५ नं. अनुसार असक्षम छ । यसो गरेको बिलकुलै अनधिकृत भयो । ३. वादी म निवेदिका र विपक्षीको दाताको पनि मुलदाता प्रतिवादी का.न.प. वडा नं. ५ टंगाल बस्ने परशुराम शमशेर भएको का.जि.अ.मा दायर भई हाल सम्म चलिरहेको खिचोला मुद्दामा का.जि.अ.को आदेश बमोजिम अ.बं. १७१ नं. बमोजिम अदालतबाट भएको नक्शाको न.नं. ७ मा कि.नं. ३३७ मा स्पष्ट रुपमा झगडा जनिएको छ । विपक्षीको निवेदन पर्नु अगावै २०४५।२।११ मा का.जि.अ.मा दायर सो मुद्दा र नक्शा समेतको उल्लेख गरी त्यसलाई प्रमाणमा का.न.प.मा मैले निवेदन दिँदा दिँदै पनि अदालतको विचाराधीन झगडा परेको जग्गामा नक्शा पास गर्ने गरी का.न.प.बाट भएको निर्णयबाट न.प. ऐन, २०१९ को दफा ४९(२) तथा अ.बं. ३५ नं. को प्रत्यक्ष त्रुटि भएको छ । ४. वडा समितिमा उजूर गरेकी भन्ने सम्बन्धमा त्यस्तै उजूरीको आधारमा विपक्षी का.न.पं. ले आफैंले अरु उजूरीमा कारवाही गरेको असंख्य मिसिल का.न.प. मा मौजुदै छ । एउटै विषयमा भेदभाव गरेको का.न.प. को फैसलामा संविधानको धारा १०(१) को प्रत्यक्ष त्रुटि भयो । तथापी पछिबाट मैले सिधै का.न.प. मा छुटै उजूर गरेकी नै छु । का.न.प. को जानकारीमा तेरो मेरोको विवाद आएपछि का.न.प. ले त्यसलाई अनदेखा गर्न मिल्दैन । अतः उपरोक्त कारणबाट का.न.प. बाट भएको २०४६।१२।१४ को फैसला त्रुटिपूर्ण भएको सो फैसला उपर पुनरावेदन गर्न कुनै म्याद समेत नदिएको हुँदा अन्य उपचार नभएकोले संविधानको धारा १०(१), ११(२)(ङ) र १४ समेतको हक प्रचलनको लागि यो निवेदन गरेकी छु । उक्त का.न.प. को