निर्णय नं. ४६६६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६६६ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: फागुन अंक: ११ फैसला मिति :२०४९/११/१० २९५३ निर्णय नं. ४६६६ ने.का.प. २०४९ (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत् २०४७ सालको रिट नं. १२२२ आदेश भएको मिति: २०४९।११।१०।१ मा निवेदक : का.न.पं. वडा नं. ७ चावहिल बस्ने केशवप्रसाद सिंहसमेत विरुद्ध विपक्षी : का.न.पं. वडा नं. ७ बस्ने चन्द्रकिशोर सिंहसमेत विषय : उत्प्रेषण (१) जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा (९) हेर्दा यस ऐन बमोजिम पहिला नाप जाँच भई दर्ता श्रेस्ता तयार भइसकेको ठाउँमा पुनः नाप जाँच हुँदा मौजुदा दर्ता श्रेस्ता बमोजिमका जग्गामा दुई वा दुई भन्दा बढी व्यक्तिहरुको बीच तेरो मेरो सम्बन्धी प्रश्न उठेमा तोकिएको अधिकारीले मौजुदा श्रेस्ता बमोजिम नै दर्ता गर्नु पर्नेछ र यस सम्बन्धमा उपदफा (७) को व्यवस्था लागू हुने छैन भन्ने उल्लेख भएको देखिँदा साविक दर्ता श्रेस्ताकै आधारमा दर्ता गरिदिनु पर्ने बाध्यात्मक कानुनी व्यवस्था भएको पाइने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. पशुपतिनाथ नगरा गुठी अन्तर्गत साविक का.जि.भगवान स्थान गा.पं. वडा नं. ३ को कि.नं. १०२ हाल शहरी क्षेत्र सर्भे हुँदा हाम्रो अनुपस्थितिमा कायम भएको का.जि.का.न.पं. वडा नं. ७ ग. को कि.नं. ५८ र ५९ को घर जग्गा साविक २०२२ सालको सर्भेमा हाम्रो आमा शान्ति सिंहका नाउँमा मोहियानी दर्ताको जग्गा ०३३।३।१९ को अंशबण्डा अनुसार हाम्रो अंश भागमा परी हामीले भोगी चर्ची आएका छौं । त्यस्तै उपरोक्त जग्गाको दक्षिणपट्टिको श्री पशुपतिनाथ नगरा गुठी अन्तर्गत गुठी जग्गा साविक का.जि.भगवान स्थान गा.पं. वार्ड नं. ३ को कि.नं. १०३ को हाल कायम भएको का.जि.का.न.पं. वडा नं. ७ ग. को कि.नं. ६० को जग्गा विपक्षी चन्द्रकिशोर सिंहको मोहियानी दर्ताको भई निजले पनि घर बनाई कम्पाउण्ड लगाई भोगी आउनु भएको उक्त जग्गामा जान आउन दक्षिण तर्फ रहेको मूल बाटो सडक रहेकोले बाटो निकासको पनि कुनै विवाद थिएन । हाल सर्भेमा कायम भएको उपरोक्त जग्गामध्ये कि.नं. ५९ को हाम्रो साविक देखिको जग्गालाई विपक्षीले आफ्नो साविकको कि.नं. १०३ हालको कि.नं. ६० मा समावेश गरी बाटो कायम गराउन ३ नं. नापी गोश्वारामा उजूर गर्नु भयो हामीलाई बुझ्दा साविक देखिको नाप नक्शामा समेत विपक्षीको उत्तरतर्फ बाटो नभएको हाल कायम भएको कि.नं. ५९ को जग्गा हाम्रो साविकको कि.नं. १०२ अन्तर्गतकै हुँदा हाम्रो नाउँमा दर्ता पुर्जी पाउँ भनी हामीले प्रतिवाद बयान समेत गरेका थियौं । नाप जाँच ऐन, (संशोधन सहित) २०१९ को दफा ६ को उपदफा ९ अनुसार साविकमा कायम रहेको दर्ता श्रेस्ता अनुसार नै हाल दर्ता श्रेस्ता कायम गर्नु पर्नेमा विपक्षी प्रमुख नापी अधिकृतज्यूले कि.नं. ५९ बाटो भनी नापी भएको निरीक्षण हुँदा पनि कि.नं. ५९ बाट आवत जावत भइरहेकोले नाप नक्शा भए बमोजिम नै हुने गरी निर्णय गरिएको छ भनी ०४६।१०।१ मा निर्णय पर्चा गर्नु भएको नाप जाँच ऐन, २०१९ (संशोधन सहित) २०१९ को दफा ६ को उपदफा ९ को विपरीत भई गैरकानुनी भएको र त्यसरी निर्णय गर्न पाउने अधिकार प्रमुख नापी अधिकृतलाई नभई अ.बं. ३५ नं. ले समेत बदरभागी भएको र सो निर्णयले