निर्णय नं. ८५९९ - जबर्जस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५९९ - जबर्जस्ती करणी भाग: ५३ साल: २०६८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६७/१०/१८ ७३९४ ने.का.प.२०६८, अङ्क ०४, निर्णय नं. ८५९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६४–CR–०४४१ फैसला मितिः २०६७।१०।१८।३ मुद्दा : जवरजस्ती करणी । पुनरावेदक वादीः ककुमारीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादीः भारत, पञ्जाव घर भई बाँके जिल्ला, नेपालगञ्ज नगरपालिका वडा नं. ५ सल्यानीबागमा डेरा गरी बस्ने हाल कारागार कार्यालय बाँकेमा कैदमा रहेका राजेन्द्रसिँह सिख शुरू फैसला गर्ने :– मा.जि.न्या.श्री प्रकाशराम मिश्र पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री विष्णुप्रसाद ढकाल मा.न्या.श्री कृष्णप्रसाद श्रेष्ठ § जवरजस्ती करणीको वारदात स्थापित हुन योनीको जाली च्यातिनै पर्ने पूर्वशर्त रहेको हुँदैन । कन्याजाली च्यातिएको अवस्थाले अपराध स्थापित गर्न थप पुष्टि गर्नेसम्म हो । करणी भएको यकीनसाथ भन्न नसकिने भन्ने शारीरिक परीक्षण प्रतिवेदनले उल्लेख गरेको देखिए पनि सो परीक्षण घटना घटेको १० दिनपछि भएको अवस्थामा सो प्रतिवेदनलाई मात्र निर्णयाधारको रूपमा ग्रहण गर्न नसकिने । § जाहेरी, जाहेरवालाको भनाई, पीडितको भनाई, बुझिएका मानिसहरूको भनाई समेत अन्य प्रमाणहरूले आपराधिक कार्यलाई स्थापित गरिरहेको अवस्थामा मनासिब समयभित्र नभएको परीक्षण प्रतिवेदनको राय अन्य प्रमाणहरूभन्दा भिन्न भएको अवस्थामा करणीको लक्षण नदेखिएको भन्ने परीक्षण प्रतिवेदन निर्णायक प्रमाणको रूपमा रहन नसक्ने । (प्रकरण नं.५) § जवरजस्ती करणीको अपराध र यसको उद्योगका बीचमा मनसाय र कार्यको दृष्टिकोणबाट हेर्दा कुनै भिन्नता रहेको हुँदैन । केवल अपराधले पूर्णता पाउन मात्र बाँकी रहेको स्थितिलाई उद्योगको रूपमा चित्रित गरिएको छ । मनसायपूर्वक गरिएको अपराधमा मनसाय, तयारी, उद्योग र पूर्ण अपराधका चार चरणहरूमध्ये मनसाय र तयारीसम्मको चरणमा त्यस्तो अपराध गर्न चाहने व्यक्तिले आपराधिक कार्य घटाउनको लागि कुनै कार्य गरेको हुँदैन । तसर्थ, यो चरणसम्म अपराधको उद्योगको प्रश्न उठ्दैन । तर त्यस्तो अपराध गर्न चाहने व्यक्तिले तयारीको चरणलाई पार गरी आपराधिक कार्य गरेको देखिएमा त्यो कार्य उद्योगसम्म मात्र सीमित रहेको मान्न नमिल्ने । § केवल पूर्ण अपराधको लागि परिभाषित आपराधिक कार्य स्थापित हुन नसकेमा त्यस्तो कार्यलाई मात्र सो अपराधको उद्योगको रूपमा ग्रहण गर्नुपर्ने । § आपराधिक कार्य भइसकेको तर पूर्णता नपाएको अवस्था भएमा मात्र त्यो उद्योग हुने हो । यदि त्यस्तो कार्यले पूर्णता पाएको अवस्था भएमा सो कार्यले पूर्ण अपराध नै स्थापित हुन जाने हुन्छ, यस्तो अवस्थालाई उद्योग मात्र मान्न नमिल्ने । (प्रकरण नं.७) § एकान्त घर कोठामा लगी करणी गरेको तथ्य स्थापित भइरहेको अवस्थामा सो कार्यलाई उद्योग मात्र भएको भनी मान्न नमिल्ने । पीडितको योनीबाट रगत बग्नु, निजको कपडामा लाग्नु तथा यस कुराको पुष्टि सो अवस्थाका प्रत्यक्षदर्शीबाट हुनुबाट अपराधले पूर्णता पाएको स्वीकार गर्नुपर्ने । (प्रकरण नं.९) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री योगराज बराल प्रत्यर्थी प्रतिवादीतर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री शान्ता सेढाई अवलम्बित नजीरः § नेकाप २०६३, अङ्क ४, नि.नं ७६८२, पृ. ४६२ § नेकाप २०६५, अङ्क १, नि.नं ७९२३, पृ. ११० सम्बद्ध कानूनः § मुलुकी ऐन, जवरजस्ती करणीको महलको १ नं.३(२), १० नं. फैसला न्या.प्रका