निर्णय नं. ४६६७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६६७ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: फागुन अंक: ११ फैसला मिति :२०४९/११/१७ २४२१ निर्णय नं. ४६६७ ने.का.प. २०४९ (ग) अङ्क ११ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४९ सालको रि.नं. ३०७४ आदेश भएको मिति: २०४९।११।१७ मा निवेदिका: का.न.पा. वा. नं. २९ बस्ने सानुनानी सुनुवार विरुद्ध प्रत्यर्थी : काठमाडौं नगरपालिकासमेत विषय : उत्प्रेषण (१) कुनै निर्णयबाट के कस्तो हकमा आघात परेको हो त्यो रिटनिवेदनमा स्पष्ट गर्नु पर्ने । (प्रकरण नं. ५) (२) कानुन दफा र संविधानको धाराको केवल उल्लेख गर्नुबाट नै त्यस कानुन र संविधान अन्तर्गत रिट निवेदिकाको हक हनन भएको स्वतः अनुमान गर्न नमिल्ने । (प्रकरण नं. ५) आदेश न्या.केदारनाथ उपाध्याय १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. काठमाडौं नगरपालिका वार्ड नं. २९ को कि.नं. ६०९ को जग्गा मेरो नाममा दर्ता भई भोग चलन गरी आएको पूर्वतर्फको संधियार बसन्ती डंगोलले नयाँ घर निर्माण गर्न मलाई पश्चिम तर्फको संधियार देखाई काठमाडौं नगरपालिकामा नक्शा दर्खास्त दिई संधियारका नाममा नगरपालिका ऐन, २०४८ को दफा ५६ को उपदफा (१) बमोजिम १५ दिने सूचना जारी भई म्यादैभित्र मैले घर बनाउँदा मेरो कि.नं. ६०९ को जग्गामा निकास पठाउने उद्देश्यले नक्शामा निकासको कुनै व्यवस्था नगरी नक्शा दर्खास्त दिएको हुँदा निकासको व्यवस्था गरी मात्र नक्शा पास होस अन्यथा नक्शा रोक्का गरिपाउँ भनी निवेदन दिएको थिएँ । यसरी मैले मेरो सप्रमाण सहित म्यादै भित्र नियमबमोजिम उजूरी दिएकोमा त्यसतर्फ कुनै विचारै नगरी नक्शा पास हुने ठहर्याई विपक्षी कार्यालयले निर्णय गरेको रहेछ । ३. प्रमाण ऐन, २०३१ को दफा २६ अनुसार दावी प्रमाणित गर्ने भार मलाई नै छ, पूर्वतर्फ सार्वजनिक ढलको अस्तित्व नै नभएको कुरा प्रत्यर्थी कार्यालयका ओभरसियरले स्थलगत निरीक्षण गरी पेश गरेको प्रतिवेदनमा प्रष्टै भनिएको छ र नक्शामा समेत निकासको कुनै व्यवस्था गरिएको छैन जबकी नगरपालिका ऐन, २०४८ को दफा ५४ को उपदफा (२) बमोजिम चर्पी सकपिट समेत प्रष्ट देखिने गरी व्यवस्था गर्नु पर्ने बाध्यात्मक व्यवस्था छ । यसरी मैले प्रस्तुत गरेका प्रमाणहरुलाई अन्यथा प्रमाणित गर्ने भार विपक्षीमा रहन्छ तर विपक्षीले उक्त प्रमाणहरुको खण्डन गर्न सक्नु भएको छैन प्रस्तुत प्रमाणहरुलाई खण्डन गर्न नसकेपछि प्राप्त प्रमाणहरुकै आधारमा मुद्दाको निरोपण गर्न निर्णयकर्तालाई बाध्यता छ । प्रमाणको सही मूल्याड्ढन नगरी नक्शा पास हुने ठहर्याई निर्णय भएबाट मुलुकी ऐन अ.बं. १८४, १८५ र १८९ नं. तथा प्रमाण ऐनको दफा ५४ को पूर्णतः अपहेलित भएका छन् । ४. नगर क्षेत्र भित्र निर्माण गरिने भवनहरुमा निकासको के कस्तो व्यवस्था छ भन्ने कुरा पेश गरिएको नक्शामा प्रष्ट देखाउनु पर्दछ । तर उक्त प्रेषित नक्शामा निकासको कुनै व्यवस्था देखाइएको छैन । यसरी ऐन नियम बमोजिम देखाउनु पर्ने निकास नदेखाएको र देखाउनु पर्ने बाध्यात्मक व्यवस्था विद्यमान भएपछि निकासाको व्यवस्था देखाउनु नसकेको नक्शा नहुने स्वतःसिद्ध छ । प्रत्यर्थी नगरपालिकाले सबूद प्रमाणको मूल्याड्ढ नै नगरी हचुवाको भरमा आत्मनिष्ट आधारमा फैसला गरिएको हुनाले उक्त फैसला पुनरावेदन गर्न जानु भनी भनिए तापनि पुनरावेदनको मार्ग नै नभई मेरो संवैधानिक तथा कानुनी हकमा कुण्ठा तथा आघात पर्न आएकोले अन्य वैकल्पिक उपचारको अभावमा नेपाल अधिराज्यको संविधान धारा २