निर्णय नं. १६२० - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६२० - जग्गा खिचोला भाग: २५ साल: २०४० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४०/०१/१६ २४९३ निर्णय नं. १६२० ने.का.प. २०४० अङ्क २ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको दे.फु.नं. ४२ फैसला भएको मिति : ०४०।१।१६।६ मा निवेदक/वादी : जि.पर्सा वीरगञ्ज नगरपञ्चायत वडा नं.३ को हाल वार्ड नं.४ वीरगञ्ज विर्ता बजार बस्ने मनलक्ष्मी ठकुरी विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.वार्ड नं.३ बस्ने गोविन्दबहादुर घर्ती मुद्दा : जग्गा खिचोला (१) मिलापत्रको विवाद समाप्त भइसकेको स्थितिमा सद्दे कीर्तेतर्फ निर्णय गर्नुपर्ने भनी मध्यमाञ्चल क्षेत्रीयअदालतको फैसलालाई सदर गर्ने गरी डिभिजनबेञ्चबाट भएको फैसला मिलेको नदेखिने । (प्रकरण नं. २३) निवेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली फैसला प्र.न्या.नयनबहादुर खत्री १. प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति ०३७।१।१५।१ मा भएको निर्णय दोहोर्याई पाउँ भन्ने निवेदकको न्यायिक समितिमा निवेदन परी श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवार मार्फत जाहेर हुँदा नेपालको संविधाको धारा ७२(ख) बमोजिम दोहोर्याई दिनु भन्ने भई आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य यस प्रकार छ : श्री रानी सुभकुमारी देवीले छोरीको छोरा मेरो पति हंसबहादुरलाई आफ्नो जग्गा जिमिदारी विर्ता घर र अरू श्रीसम्पत्ति गैह्र १९९६ साल बैशाख २५।१ मा शेषपछिको बकसपत्र लेखी दिनुभएको मध्ये चल जति खुस गर्न पाउने र अचल जति जिउँता भर सम्म खान पाउने गरी २०००।११।१५।१ मा खड्गनिशानाबाट मोहनकुमारीको जिम्मा रहेकोमा वीरगञ्ज विर्ता बजारमा बनेको १ तल्ले २ नाले घर वरपर देखि उत्तर कुमाल टोल जाने देखि दक्षिणकुमारी थान र इनार देखि पूर्व बगैंचा समेत भएको जग्गा बिगाहा २द्र३ समेत हंसबहादुरलाई फिर्ता दिन पाउँ भनी मोहनकुमारीले विन्तिपत्र चढाउँदा फिर्ता पाएको जग्गा, घर नन्द झलक राजेश्वरीदेवीलाई ०२२।३।३।५ मा झलक राजेश्वरीदेवीले जग्गा बिगाहा द्र।।१ आफूलाई राखी बाँकी जग्गा १।।१ र सो जग्गामा भएको घरहरू मलाई २०२३।४।३१ मा बकस लेखी दिनुभयो बकस बमोजिम (साविक पेज नं. ३३) वीरगञ्ज गहवा विर्तामा भएको कुमाल टोल सडक देखि दक्षिणकुमारी थान र इनारा गोविन्दको घर देखि पूर्व नगवा जाने बाटो र पर्खाल देखि उत्तरका घरहरू समेतको बिगाहा १।।२ भोगी आएकोमा २०२३ आश्विनमा विपक्ष कृष्णदासको जग्गा बिगाहा १।।२ मध्ये उत्तर पश्चिमको मोल रू.३०००। जाने जग्गा कठ्ठा द्र३ मा घेरी राखेको तार उठाई खिचोला गरेको र पश्चिम तर्फ इनार देखी दक्षिणकुमारी थान देखि उत्तर गोविन्दबहादुरले भा.रु.१०००। जाने जग्गा कठ्ठा द्र१ र विपक्षी मुकुन्दप्रसादले मोल रू.३५०। जाने जग्गा धुर । र सुवेदार केशरनाथ उपाध्यायले मोल रू.४००। जाने जग्गा धुर द्र।३ समेत थामी खिचोला गरेकोले विपक्षीहरूको प्रमाण खिची बदर गर्न पर्ने जति बदर गरी जम्मा मोल रू.४,७५०। जाने जग्गामा लगाएको टण्टा छुट्याई चलन चलाई पाउँ भन्ने समेत वादी । ३. वादीको लाग्नेले हंसबहादुरलाई जग्गा कठ्ठा द्र१ मा मुकुन्दप्रसादलाई ।२ केशवनाथलाई ।३ जग्गामा खिचोला गर्यो भनी मुद्दा दिई वादीले तारेख गुजारे पछि ०२४।८।६ मा डिसमिस फैसला भएको अब फेरि सोही जग्गामा स्वास्नी यी वादीले दायर गरेकोले खारेज गरिपाउँ लोग्नेले शुभकुमारीको बकसपत्र पाएपछि रोक्का फुकुवा पा