निर्णय नं. ४६६८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६६८ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४९/११/१४ ३२८२ निर्णय नं. ४६६८ ने.का.प. २०४९ (ग) अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४९ सालको रि.पु.इ. नम्बर ८८ आदेश भएको मिति: २०४९।११।१४।५ मा निवेदिका: जि.काभ्रेपलाञ्चोक सुन्यान शारदा गा.वि.स. वा.नं.९ बस्ने अप्सरा राउत विरुद्ध विपक्षी : ऐ मल्पी गा.वि.स. वडा नं. ४ बस्ने मुक्तिराम राउतसमेत विषय : उत्प्रेषण (१) अ.बं. ८३ को देहाय (१) मा “सोह्र वर्ष नपुगेका नाबालक वा उमेर पुगेका भए पनि वृद्धावस्था वा कुनै किसिमको कडा रोगले गर्दा होस ठेगानामा नभएको वा बौलाएको वा दुवै आँखा नदेख्ने अन्धा अन्धी वा बक्क लाटालाटी मानिसहरुको र विदेशमा गई फर्की आउने ठेगाना नभएका मानिसको हक पुग्ने जुनसुकै कुरामा नालिश, प्रतिउत्तर, पुनरावेदन निवेदन दिन वा मुद्दा मामिला सम्बन्धी अन्य कुनै काम कारवाही गर्नु पर्ने भएमा अड्डाको अनुमति लिई ती मानिसहरुको एकाघर संग बसेका सोह्र वर्ष नाघेका हकवालाले हदम्याद भित्र गर्न पाउने छ” भन्ने लेखिएको र अ.बं. ८३ को देहाय २ मा “माथि दफा १ मा लेखिए बमोजिम एकाघरका हकवाला नभएमा सोही दफामा लेखिएका व्यक्तिको हकमा निजलाई रेखदेख वा संरक्षण गर्ने व्यक्तिले अड्डाको अनुमति लिई सो व्यक्तिको तर्फबाट नालेश, प्रतिउत्तर, पुनरावेदन, निवेदन दिन वा मुद्दा मामिला सम्बन्धी अन्य कुनै काम कारवाही गर्न पाउनेछ” भन्ने लेखिएको पाइन्छ । प्रस्तुत मुद्दाको सन्दर्भमा फिराद दायर गर्नको लागि नाबालक बच्चाको आमा संरक्षकको हैसियतले आएको पाइन्छ । अ.बं. ८३(३) मा “माथि १ र २ दफामा लेखिएको अवस्थामा त्यस्तो कारण परेको हो होइन पहिले त्यसको सबूद बुझी हो रहेछ भने वारेस अख्तियारनामा नभए पनि सो रेखदेख गर्ने व्यक्ति संरक्षक वा हकवालाले त्यस्ता व्यक्तिको तर्फबाट सो दफाहरुमा लेखिए बमोजिम मुद्दा मामिला सम्बन्धी काम कारवाही गर्न हुन्छ” भन्ने लेखिएको पाइन्छ । यसबाट निवेदिकाले आफ्नो छोराको तर्फबाट संरक्षक भई फिराद दायर गर्न अनुमति मागेकोले अ.बं. ८३ को (१) र (२) आकर्षित हुनेमा विवाद देखिन्न र सो बमोजिम अनुमति मागेकोमा अ.बं. ८३ को (१) र (२) मा लेखिएको अवस्थामा त्यस्तो कारण परेको हो होइन सो सम्म हेरी अनुमति दिनु पर्ने नपर्ने निर्णय गर्नु पर्नेमा सो नगरी अंशबण्डाको १९(१) नं. र लेनदेन व्यवहारको १० नं. समेतको विवेचना गरी अनुमति नदिने गरेको का.प.जि.अ.को आदेश र सो सदर गरेको बा.अं.अ. को आदेश र रिट खारेज गर्ने गरेको यस अदालत संयुक्तइजलासको निर्णय समेत मिलेको नदेखिने। (प्रकरण नं. १२) निवेदिकातर्फबाट : विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुंवर विपक्षीतर्फबाट : विद्वान का.मु. उप सरकारी अधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक आदेश न्या.त्रिलोकप्रताप राणा १. सर्वोच्च अदालत संयुक्तइजलासबाट मिति ०४५।८।२७ मा भएको आदेश पूर्णइजलासबाट दोहराई पाउँ भनी परेको विन्तिपत्रमा न्यायिक समितिको सिफारिशको आधारमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहोर्‍याई हेरी कानुन बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम बक्स भई आई पूर्णइजलासको लगतमा दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य तथा व्यहोरा यस प्रकार रहेछ । २. विपक्षी पति मुक्तिराम राउतले म निवेदिका अप्सरा राउत र छोरा कृष्ण राउत समेतलाई २०४३।६।१३ का दिन घरबाट निकाला गरी माइत गई बसिरहेको अवस्था