निर्णय नं. १६२१ - करकाप
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६२१ - करकाप भाग: २५ साल: २०४० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४०/०२/२० ३३३७ निर्णय नं. १६२१ ने.का.प. २०४० अङ्क २ फुलबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३७ सालको फौ.फू.नं. ६ फैसला भएको मिति : २०४०।२।२०।६ मा निवेदक/प्रतिवादी : जिल्ला धनुषा जनकपुर नगरपञ्चायत वडा नं.१ बस्ने रामजीप्रसाद मैनाली समेत विरूद्ध विपक्षी/वादी : जिल्ला सर्लाही मलंगवा बस्ने रामअसिस साहु तेली मुद्दा : करकाप (१) साक्षीले देखेको कुरा नभनी सुनेका कुरा लेखिदिएकोले त्यस्तो सुनेको कुरा प्रमाण योग्य नहुने । (प्रकरण नं. २४) निवेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी/वादीको तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान व.अ.श्री रमानन्दप्रसाद सिंह (साविक पेज नं. ३७) फैसला न्या.त्रिलोकप्रताप राणा १. प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०३५।४।५।५ मा भएको इन्साफमा चित्त नबुझी प्रतिवादीहरूको न्यायिक समिति मार्फत निवेदन परी नेपालको संविधानको धारा ७२ (ख) बमोजिम दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवार बाट बक्स भई आएका हुकुम प्रमांगी बमोजिम यस फुलबेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य यस प्रकार छ : विपक्षी मध्येको हरिदासले सुर्यबहादुर समेत उपर दिएको चोरी मुद्दामा मैले चोरी गराएको भनी पोल गरेबाट मलाई पक्राउ गरी प्रहरी इन्स्पेक्टर कार्यालय मार्फत धर्मशाला ब्यारेकमा थुनामा रहेका अवस्था ०२७।८।१० गते १२।१ बजेको समय विपक्षीहरू आई लेखेको नेपाली कागज थान १ नलेखेको नेपाली सादा कागज २ समेत कागज थान ३ मा सहिछाप गर भने नमान्दा विपक्षी इन्स्पेक्टर भीमबहादुर र हे.कं.देवेन्द्रले लपेटाले गालामा र छडीले पाखुरा पिँडौलामा कुटपिट गरेबाट चोट सहन नसकी लेखेको नेपाली कागज थान १ मा र नलेखेको नेपाली कागज २ समेतको कागज थान ३ मा रामजीप्रसादले औंला समाती छाप मसी लगाई अभिनन्दनले दुई हातको बुढी औंला समाती छाप लगाई लिई सो कागज रामजीप्रसादले ई.भिमबहादुरलाई देखायो, त्यस पछि कसले लियो थाहा छैन मसँग करकापबाट गराई लिएको कागज बदर गरिपाउँ भन्नेसमेत रामअसिस साहु तेलीको फिराद । ३. विपक्षीबाट कुनै किसिमले करकापसँग सही गराई लिएको छैन निजले मबाट रू.६७०८४। लिई मलंगवा डुमरियाको नं.४१२ को ।४।।।१ जग्गा र सो जग्गामा बनेको सिनेमा भवन र अन्य साधन समेत राजीनामा गरी दिएको लिखत समेतका अन्य मालसामान समेत ०२६।७।२९ मा चोरी भएकोले दरखास्त दिएकै छु । त्यसमा विपक्षीले रूपैयाँ लिई राजीनामा गरी दिएको छैन झुठ्ठा दरखास्त दिएको भनी बयान दिएको वादी लगायत अरू कारणीहरूले गरी दिएको केही कागज ०२६।१२।३ मा चोर मध्येकै रामबाबु भन्नेले हुलाकद्वारा यसै अदालतमा रजिष्ट्ररी गरी पठाएको छ मलाई लेखी दिएको बस्तु रजिष्ट्रेशन नहुँदै अरूसँग मिली आफ्नो थैलीलाई हानी हुने गरी किन करकापसँग सहिछाप गराउँथे वादी झुठ्ठा हो भन्ने समेत हरिदास मलको प्रतिउत्तर । ४. ०२६।७।११ गते बिहान विपक्ष रामअसिस मकहाँ आई सिनेमा चलाउन असमर्थ हुँदा ६६०००। मा सिनेमा भवन र जग्गा समेत रामजीप्रसाद मैनालीलाई बिक्री गरी दिएँ लिखत तयार गरी दिनुपर्यो भनी बोलाउन गएकोले धनीको घर गई कागज लिनुदिनु गरी कागजमा सहिछाप भएको हो सो बाहेक अरू कुनै कागज गराएको र करकाप गरेको समेत छैन भन्ने समेत अभिनन्दन भन्ने सीताराम कायस्थको प्रतिउत्