निर्णय नं. १६२२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६२२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४०/०२/२४ २८२६ निर्णय नं. १६२२ ने.का.प. २०४० अङ्क २ फुलबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको रि.फु.नं. ५७ सम्वत् २०३९ सालको रि.फु.नं. ४२ आदेश भएको मिति : २०४०।२।२४।३ मा निवेदक : जिल्ला रूपन्देही आनन्दवन गा.पं.वार्ड नं.१ बस्ने ताराप्रसाद गैरे समेत विरूद्ध विपक्षी : भूमिप्रशासक भूमिप्रशासन कार्यालय रूपन्देही शान्ति माध्यामिक विद्यालय मणिग्राम रूपन्देहीको सञ्चालक समिति १ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ ले श्री ५ को सरकारको स्वामित्व भएको जग्गा र शिक्षण संस्थाहरूको भोगचलनमा रहेको जग्गामा भिन्नता दर्शाएको । (प्रकरण नं. ११) (२) भू.सं.ऐन, २०२१ को दफा २५ को उपदफा (५) मा सार्वजनिक सम्पत्तिमा मोहियानी हक लाग्दैन भनी लेखेको नपाइने । (प्रकरण नं. ११) (३) शिक्षण संस्थाको सम्पत्तिमा श्री ५ को सरकारको स्वामित्व हुन्छ भनी शिक्षा ऐन तथा नियमावलीले नभनेकोले शिक्षण संस्थाको सम्पत्तिमा श्री ५ को सरकारको स्वामित्व हुन्छ भन्ने निष्कर्षमा पुग्न नमिल्ने । (प्रकरण नं. ११) (४) श्री ५ को सरकारको नियन्त्रण हुनु र श्री ५ को सरकारको स्वामित्व हुनु एउटै विषय नभई दुई अलग–अलग विषय हुन् । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री केदारचरण राय विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली आदेश न्या.त्रिलोकप्रताप राणा १. प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति ०३४।२।२६।४ मा भएको निर्णय चित्त नबुझी निवेदकहरूको (साविक पेज नं. ४४) निवेदन परी जाहेर हुँदा व्यहोरा साँचो भए त्यस अदालतबाट छिनिएको यसमा लेखिएको उत्प्रेषणको मिसिल झिकी फुलबेञ्चबाट दोहोर्‍याई हेरी कानुन बमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभाग राजदरवारबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको छ । २. मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : उक्त शान्ति माध्यमिक विद्यालय मिडिल छँदै देखि ०१७ सालबाट जग्गा कमोद गरी ०१९ साल जेष्ठ २५ गते ऐ.स्कुललाई जग्गाधनी मानी बिगाहा १ को रू.२४०। बुझाउने गरी कबुलीयत गरी तारापतिले ज.वि.६–१०–० मेवालालले ३–०–१७ भरत लुनियाले ३–०–० बिगाहा जंगल फाँडी सो जग्गामा घरबास बनाई शर्तबमोजिम भोगी आएकोमा ०२९।१२।४ मा उक्त स्कूल सञ्चालक समिति र गा.पं.समितिले अब यो जग्गा छाडी दिनुहोस् बिक्री भए बिक्री गरी दिन्छु नभए बढी कूतमा मोही लगाउँछौं भनी डर धाक देखाएका हुँदा उक्त जग्गा खाई पाई आएको शर्तमा खान पाउँ भन्ने वादीहरूको निवेदन र सनाखत बयान मणीग्राम हाइस्कूल सं.स.नयाँ शिक्षा योजना लागू भए पछि विघटन भई शिक्षा मन्त्रालय अन्तर्गत जिल्ला शिक्षा समितिको माध्यमबाट चलिरहेको शिक्षण संस्था शा.व्य.मा.वि.सहयोग समितिमा परिणत भएको छ शान्ति माध्यमिक विद्यालय मिडिल छँदै सरोजमणी आ.दि.बाट दान पाएको तप्पे हाटी मणीग्रामको ज.वि.२४ शान्ति विद्यालय हाइस्कूमा परिणत हुँदा र हाल समेत सोही स्कूलको हकमा रहेको हाल सर्भे नापीमा ज.वि.१२–१५–० ठहर भएको छ र हाल सर्भे नापीको आनन्द वन गा.पं.वार्ड नं.१(क) को कि.नं.९८, ९९, १०१ कित्ता तीनैका जम्मा ज.वि. ७–९–५ खेमराम गेरै ऐ.को कि.नं.