निर्णय नं. १६२३ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६२३ - डाँका भाग: २५ साल: २०४० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४०/०२/२३ २५६० निर्णय नं. १६२३ ने.का.प. २०४० अङ्क २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको फौ.पु.नं. ४०८,४०९,४१० र ४११ फैसला भएको मिति : ०४०।२।२३।२ मा पुनरावेदक/प्रतिवादी : विदेश भारत मूल घर भई हाल जिल्ला कार्यालय कारागार शाखा भद्रगोलमा बन्दी रहेको शेष जैनुल समेत विरूद्ध विपक्षी/वादी : श्री ५ को सरकार मुद्दा : डाँका (१) जाहेरी दरखास्त र पहिलो प्रहरी प्रतिवेदनमा समेत प्रतिवादीहरूको नाम उल्लेख गर्न नसकेकोले सफाई पाउने ठहर्छ । (प्रकरण नं. ३०) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता राधेश्याम अधिकारी विपक्षी/वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कामानन्द देव (साविक पेज नं. ५०) फैसला न्या.बासुदेव शर्मा १. मध्यमाञ्चल क्षेत्रीय अदालतले ०३४।१२।१०।५ मा गरेको फैसला उपर चित्त नबुझी पुनरावेदक प्रतिवादीको पर्नआएको पुनरावेदनमा डिभिजनबेञ्चबाट ०३८।११।१० मा अनुमति प्राप्त भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मुद्दाको संक्षिप्त तथ्य २०२९।१।१८ गतेका दिन हामीहरू बेलुकाको भात खाई निदाई रहेका अवस्थामा जम्मा बिगो रू.३४,५४७।८९ तथा बन्दुक सुनचाँदीका गहना समेत लुगा, कपडा, भाँडा बर्तन चिनेका र नचिनेका मानिसहरूले डाँका गरी लगेको उक्त धनमाल दामासाहीको दरले बिगो भराई सजाय समेत गरिपाउँ भन्ने समेत व्यहोराको २०२९।१।२४ को घरिछन महत कोईरीको जाहेरी दरखास्त । ३. २०२९।१।१८ गते सवेरै गौर बजारमा गई ऐ.२० गते घर गएको हो मैले डाँका गरेको होइन भन्ने व्यहोराको प्रहरीमा ठाडो कागज । हरकठुबा बजारमा कपडा समेत खरीद गरी हसुवा खुर्पी गर्न बसेको बेला झिंगुर भन्ने रामनस समेतले सस्तो दिएन भनी झगडा गरेर गएको हुँदा सोही इवीबाट झुठ्ठा पोलेका हुन भन्ने समेत व्यहोरोको अदालतमा रामबहादुर लोहारको बयान । ४. वारदातका दिन म आफ्नै घरमा छु जाहेरवालाको घरमा नमी महतो कोइरी समेतले डकैती गरे भन्ने सुनेँ । अकलु महतो र रामबहादुरलाई चिनेँ निजहरूले डाँका गर्न गए नगएको मलाई थाहा छैन भन्ने समेतको प्रहरीमा ठाडो कागज । उक्त दिन रात म गाउँको तुलसी रायको घरमा पूजामा गएको थिएँ नैमी बाहेक अरूलाई चिनेको छैन मैले डाँका गरेको होइन । प्याज बिक्री गर्न भाउ नमिलेकोले म उपर झुठ्ठा उजूर गरेको हो भन्ने अदालतमा चनुराय यादवको बयान । ५. वारदातको राति जाहेरवालाको घरमा डाँका परेको होहल्ला सुनी आउँदा डाँकुहरू भागी गाउँतर्फ गएपछि घटनास्थलमा आउँदा डाँकुहरूले फायर गरेको छर्रा लागी म बेहोस भएकोले अरू थाहा भएन, होस आएपछि रामचन्द्र वारदातका दिन जाहेरवालाको घरमा गफ गरेको थिएँ अरू मानिसहरू पनि थिए म र गाउँको रामचन्द्र महतो लछुमन महतो डाँकुको डरले भागी गयौं डाकु मध्ये नियमी पतलु, रामबहादुर आँगनमा भएकोले लालटिनको उज्यालोबाट देखेँ अरूलाई चिनिन भन्ने लगत महतो, वारदातका दिन रात जाहेरवालाको घरमा थिएँ डाँकुहरू आएर अन्य गाउँले र चन्द्रिका सिं समेत भाग्यौं नैमी महतोले बन्दुक, रामबहादुरले भाला लिएको देखेँ अरूलाई चिन्दिन भन्ने रामनन्द महतो, वारदातको राति जाहेरवालाको घरमा डाँकुहरू मध्ये मुनी सहनी, चनुराय मुनीलालले गडासा लिई, चनुले लाठी लिई उत्तर तर्फ कुनामा उभिएको निजले बोलेको लाइटको उज्यालोबाट चिनेको हँु अरूलाई चिन्दिन भन्ने लछुमन महतो, वारदातको रात म आफ्नो घरमा छु २०।२५ जना कोही बन्दुक फायर गरी गएको देखे क