निर्णय नं. १६२४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६२४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४०/०२/३१ २५७२ निर्णय नं. १६२४ ने.का.प. २०४० अङ्क २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको रि.नं. १४१५ आदेश भएको मिति : २०४०।२।३१।३ मा निवेदक : जि.रौतहट ओरैया गा.पं.वडा नं.५ बस्ने सीतारामप्रसाद गुप्ता विरूद्ध विपक्षी : श्री विद्यालय सञ्चालकसमिति जनता माध्यामिक विद्यालय औरैया जि.रौतहट समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) सजायको आदेश उपर पुनरावेदन गर्न पाउने अन्य उपचार भएकै देखिँदा रिटको माग बमोजिमको आदेश जारी गर्नु नपर्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रिबहादुर कार्की आदेश न्या.बासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी विद्यालय सञ्चालक समितिको ०३८।८।२ को गैरकानुनी र अनियमित सजाय बदर गरिपाउँ भनी मिति ०३८।९।२०।६ मा दर्ता हुनआएको रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ । २. म निवेदक जनता माध्यमिक विद्यालय औरैयाको स्थायी खरीदार (प्र.स.) र लेखापाल समेत भई काम गरेको अवधि मध्ये आ.ब.०३६।३७ को कारोवार मध्ये साविक प्र.अ.शेषमन्जुरले पेश्की फछ्र्यौट गर्दा पेश गरेको बनावटी भरपाईको रकम रू.३०००। र ०३६ सालमा जिल्ला शिक्षा अधिकारीको स्वागत सत्कार बापत निवेदकतर्फबाट खर्च भएको रू.२०५। र बाँकी रू.९७८।७५ को साविक प्र.अ.ले विभिन्न बील भरपाई अनुसार दिइएको भुक्तानी समेत कूल रू.४१७८।७५ मासी भ्रष्टाचार गरेको भन्ने आरोप निवेदक उपर लगाई सो बापत धरौट दाखिल नगरेसम्म थुनामा राख्ने भनी जबरजस्ती डरत्रास देखाई जरिवाना बापत रू.५०००। को लागि आमाको नाउँको जग्गा २–१–१० बिगाहा रोक्का राखी बिगो बापत रू.४१७८।७५ समेत जि.का.रौतहटले धरौटी लिई निवेदकलाई कार्यालयमा वापस जाने आदेश भएपछि जि.का.शिक्षा शाखाबाट निवेदकलाई भ्रष्टाचार मुद्दामा अनुसन्धान कार्यको लागि शिक्षा नियमावली, ०२८ को नियम ४७ (ख) को (साविक पेज नं. ५८) उपनियम (२) बमोजिम निलम्बन गरिएको सूचना प्राप्त भएको आधारमा उक्त निर्णयको जानकारी पाउँ भनी माग गर्दा विभागीय कारवाहीको टुंगो नलागेसम्म निर्णयको जानकारी दिन मिल्दैन भनी मौखिक जवाफ भएको र तत्कालिन प्र.अ.शेषमञ्जूर आलम र प्र.स.स.एकाउन्टेण्ट सीताराम प्रसाद गुप्ता समेत मिली रू.४०००। सम्मको गलत बील भरपाई बनाई रूपैयाँ झिकी खाई भ्रष्टाचार गरेकोले भ्र.नि.ऐन अनुसार कारवाही गरी ०३७।४।१० को निर्णय अनुसार मासी खाएको रू.४१७८।७५ दामासाहीले रू.२०८९।३७.५ प्रतिव्यक्तिबाट असूल गर्ने भएकोले निर्णय अनुसारको रू.२०८९।३७.५ विद्यालयको खातामा जम्मा गरी बाँकी धरौटीवालालाई फिर्ता गरी दिनु र निजलाई विभागीय सजाय गर्न शिक्षा नियमावली, २०२८ को छैठौं संशोधन सहितको मूल नियमावली ०२८ को उपनियम (२) खण्ड (क) बमोजिम कारवाही गर्ने र निवेदनलाई उक्त बमोजिम विद्यालय खातामा रकम राखेको संकलन भौचर पेश गर्ने जानकारी भएको तर ०३८।६।१ सम्ममा पनि विपक्षीहरूले कुनै विभागीय कारवाही नगरेको हुँदा प्र.जि.अ.रौतहट समेतलाई विपक्षी बनाई यस अदालतमा विपक्षीको गैरकानुनी बदनियतपूर्ण तथा कानुनी एवं न्यायिक सिद्धान्त विपरीतको काम कारवाई बदर गर्न संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी पाउन रिट निवेदकले निवेदन गरेको रहेछ साथै जनता मा.वि.औरैयाको विद्यालय सञ्चालक समितिको मिति ०३८।८।२ को नसिहत स्वरूप मलाई