निर्णय नं. ९११५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९११५ - उत्प्रेषण भाग: ५६ साल: २०७१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७०/११/२७ ४००४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री तर्कराज भट्ट आदेश मिति M २०७०।११।२७।३ ०७० –WO–०२१८ विषय M– उत्प्रेषण । निवेदक M जि.झापा, भद्रपुर न.पा. वडा नं. ४ स्थित हडिँया रियल टी इस्टेट प्रा.लि. को अधिकार प्राप्त ऐ. का अध्यक्ष भक्तप्रसाद अधिकारीसमेत विरूद्ध विपक्षी M नेपाल सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारसमेत चिया बगानमा कार्यरत् मजदूरहरूले पारिश्रमिक वृद्विलगायतका विभिन्न माग राखी सो मागलाई सम्वोधन गर्न नेपाल सरकारका प्रतिनिधि, निवेदक व्यवस्थापक तथा मजदूरसमेत भई पटकपटक छलफल भएको तथ्यलाई निवेदकले निवेदनमा नै स्वीकार गरेको, पटकपटकको छलफलबाट पनि श्रम ऐन, २०४८ को दफा २१(२) बमोजिम पारिश्रमिक निर्धारण समिति गठन हुन नसकेको अवस्थामा सोही ऐनको दफा २१(५) बमोजिम पारिश्रमिक निर्धारण गर्न श्रम विभागको माहानिर्देशकको संयोजकत्वमा कार्यदलसमेत गठन गरी सोही कार्यदलको सिफारिशको आधारमा चिया बगानमा कार्यरत् मजदूर कर्मचारीहरूको न्यूनतम् पारिश्रमिकको निर्धारण नेपाल सरकारले गर्न नसक्ने भनी भन्न नमिल्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट M वरिष्ठ विद्वान अधिवक्ताद्वय राधेश्याम अधिकारी र बद्रीबहादुर कार्की तथा विद्वान अधिवक्ता माघवकुमार बस्नेत विपक्षीका तर्फबाट M विद्वान सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी अवलम्बित नजीर M सम्बद्ध कानून M श्रम ऐन, २०४८ को दफा २१(२) २१(४) २१(५) आदेश न्या.तर्कराज भट्ट M नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) अन्तर्गत दायर भई यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर आदेश यस प्रकार छ । रिट निवेदकहरूमध्येको हडिँया रियल टि. इस्टेट प्रा.लि. प्रचलित नेपाल कानूनबमोजिम २०५३।३।२४ कम्पनीको रजिष्ट्रारको कार्यालयमा दर्ता (प्रा.) लि. नं. ५१३५।०५२।०५३ भई अनवरतरूपले चिया उत्पादन कार्यसँग सम्बन्धित सेवामा प्रत्यक्ष अप्रत्यक्षरूपमा ६४ जना कामदार, कर्मचारीलाई रोजगार उपलब्ध गराउँदै आएको कम्पनी हो । त्यस्तै गरी, गिरी बन्धु टि स्टेट प्रा. लि. मिति २०२०।४।२७।१ मा उद्योग वाणिज्य मन्त्रालय, उद्योग विभागमा (प्रा.लि) नं. १३६।२००७।२००२० दर्ता भई विगत लामो समयदेखि चिया उत्पादन कार्यमा संलग्न रही प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा ३२५ जना भन्दा बढी कामदार, कर्मचारीलाई रोजगार दिँदै आएको छ । त्यसैगरी, जि. झापा, महेशपुर गा.वि.स. वडा नं. ७ स्थित बुधकरण एण्ड सन्स टी कम्पनी प्रा.लि. मिति २०२९।७।२५ मा उद्योग वाणिज्य मन्त्रालय, उद्योग विभागमा (प्रा.लि.) नं. २००।२००७।०२१ दर्ता भई चिया उत्पादन कार्यमा प्रत्यक्ष अप्रत्यक्षरूपमा ३५८ जना भन्दा बढी कामदार तथा कर्मचारीलाई रोजगार उपलब्ध गराउँदै आएको छ । मिति २०४९।१०।२९ मा प.लि.नं. ३९–०४९।५० कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई जि. झापा, चन्द्रगढी गा.वि.स. वडा नं. ८ स्थित डाँफे टी प्रोसेसिङ कम्पनी प्रा.लि. ले चिया उत्पादन कार्यमा २०५० भन्दा बढी कामदार कर्मचारीहरूलाई प्रत्यक्ष अप्रत्यक्षरूपमा रोजगार उपलब्ध गराउँदै आएको छ । त्यसैगरी जिल्ला झापा, महेशपुर गा.वि.स. वडा नं. ६ स्थित स्टार टी इण्डष्ट्रिज प्रा.लि. मिति २०६५।८।२९ मा दर्ता (५८३९१।०६५।०६६) विधिवत् दर्ता भई चिया उत्पादन कार्यका ४०० भन्दा बढी कामदार कर्मचारीलाई रोजगार उपलब्ध गरा