निर्णय नं. ९११८ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९११८ - परमादेश भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/०३/३२ ५९८८ सर्वोच्च अदालत, संयुक्त इजलास स.प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल आदेश मिति : २०७१।३।३२।४ ०६८–WO–०९२२ विषय : परमादेश । निवेदक : मोरङ जिल्ला, अमाही बरियाती गा.वि.स.वडा नं.७ खैरबोना टोल बस्ने वर्ष ३६ को श्यामसुन्दर सुतिहार विरूद्ध विपक्षी : नेपाल सरकार, शिक्षा मन्त्रालय, केशरमहल, काठमाडौंसमेत § निवेदकले एसएलसी परीक्षा पास गरी प्राथमिक तहको शिक्षक पदमा कार्यरत रहेको अवस्थामा शैक्षिक जनशक्ति विकास केन्द्र, सानोठिमी, भक्तपुरबाट सञ्चालित प्राथमिक शिक्षक तालिमका विभिन्न चरणमा सहभागी भई २०६३ सालमा १० महिने सेवाकालीन तालिम पूरा गरेको मिसिल संलग्न प्रमाणपत्रको प्रतिलिपिबाट देखिन्छ । विद्यालयमा कार्यरत शिक्षकहरूलाई दिइने यस्तो सेवाकालीन तालिमबाट प्राथमिक तहमा कार्यरत शिक्षकहरूको आधारभूत क्षमता अभिवृद्धि गर्नलाई मद्दत पुर्याउने । § तालिममा राखिएको विषय एवम् पूर्णाङ्क जे जस्तो राखिएको भए तापनि तालिमको उद्देश्य भनेको कार्यरत संस्थामा आबद्ध जनशक्तिको क्षमता अभिवृद्धि गर्नुको साथै निजहरूको काम, कारवाहीलाई नयाँ सिद्धान्त, प्रणाली एवम् सिपको विकास हुने गरी दिइने व्यवहारिक ज्ञान हो । यसले कुनै पनि संस्थामा कार्यरत जनशक्तिलाई पुनर्ताजगी प्रदान गर्दछ । तर उच्च माध्यमिक शिक्षा परिषद्बाट सञ्चालित दशजोड दुई (१०+२) एवम् त्रिभुवन विश्वविद्यालयबाट सञ्चालित प्रमाणपत्र तहको अध्ययन गरिने प्राज्ञिक कोर्षबाट विद्यार्थीहरूलाई मुख्य गरेर सैद्धान्तिक ज्ञान प्रदान गर्ने गरिन्छ । त्यसैले सेवाकालीन तालिमलाई प्राज्ञिक कोर्ष सरह समानस्तरमा राखी समकक्षता निर्धारण गर्न नमिल्ने । (प्रकरण नं. ३) निवेदकको तर्फबाट : विपक्षीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता चन्द्रकान्त खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : उच्च माध्यमिक शिक्षा परिषद् ऐन, २०४६ आदेश न्या.जगदीश शर्मा पौडेल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२/१०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् आदेश यस प्रकार रहेको छ : म निवेदकले एसएलसी परीक्षा उत्तीर्ण गरिसकेपश्चात शैक्षिक जनशक्ति विकास केन्द्रबाट सम्बन्धन लिई सञ्चालन भएको तालिम केन्द्रबाट १० महिने पूर्वसेवाकालीन प्राथमिक शिक्षक तालिममा सहभागी भई तालिम उत्तीर्ण गरी उक्त तालिम केन्द्रबाट चारित्रिक प्रमाणपत्र र विपक्षी शैक्षिक जनशक्ति विकास केन्द्रबाट प्राथमिक शिक्षक तालिमको लब्धाङ्कपत्र एवम् प्राथमिक शिक्षक तालिम प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छु । उच्च माध्यमिक शिक्षा ऐन, २०४६ अन्तर्गत गठन भएको विपक्षी उच्च माध्यमिक शिक्षा परिषद्ले स्थापनाकालदेखि प्रवीणता प्रमाणपत्र तहको कक्षा ११ र १२ को परीक्षा सञ्चालन गरी प्रमाणपत्र दिँदै आएकोमा विपक्षी परिषद् र विपक्षी शैक्षिक जनशक्ति विकास केन्द्रबाट १० महिने तालिम प्राप्त जनशक्तिका लागि मात्र भनेर २०६५ सालमा उच्च माध्यमिक विद्यालय विशेष पाठ्यक्रमको तर्जुमा गरेको थियो । विपक्षी परिषद्अन्तर्गतको पाठ्यक्रम तथा प्रशिक्षण महाशाखाले उक्त पाठ्यक्रमसमेत प्रकाशन गरेको छ । उक्त पाठ्यक्रममा शैक्षिक जनशक्ति विकास केन्द्र तथा उक्त केन्द्रबाट सम्बन्धन प्राप्त निकायबाट १० महिने प्राथमिक शिक्षक तालिम प्राप्त जनशक्तिहरू उच्च शिक्षा हासिल गर्नबाट वञ्चित रहे