निर्णय नं. ४६७२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६७२ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४९/१०/१८ २५४६ निर्णय नं. ४६७२ ने.का.प. २०४९ (ग) अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४६ सालको रिट नं. ८४० निवेदक : का.न.पं.वडा नं.२ बस्ने प्र.ना.नि.पदबाट गैरकानुनी रुपबाट हटाइएका शम्भुराज गिरी विरुद्ध विपक्षी : त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी गार्ड कार्यालय,काठमाडौंसमेत विषय : उत्प्रेषण (१) अधिकार प्राप्त अधिकारी महानिरीक्षकबाट कारवाही गर्न लागिएको सजायँ समेत खुलाई सम्बन्धित निवेदकलाई सफाई पेश गर्न मौका दिई सो बमोजिम निवेदकसंग स्पष्टीकरण माग गरिएकोमा निजले सफाई पाउनु पर्ने भनी लिएको जिकिर समेतको मूल्याड्ढन गरी अधिकार प्राप्त अधिकारी महानिरीक्षकबाट भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी नोकरीबाट हटाएकोले त्यस्तो कारवाहीलाई कानुन विपरीत छ भन्ने स्थिति देखिँदैन । (प्रकरण नं. १९) (२) को कस्ले विदेशी मुद्रा निकासी गर्छन सो को रेखदेख चेक गर्ने डिउटी निवेदकको भएकोमा विवाद देखिन्न । निज निवेदकबाट जाँचबुझ भई कुनै विदेशी मुद्रा फेला नपरी पास भई गएका पुनः जाँच हुँदा विदेशी मुद्रा बरामद भएको र निजलाई वागमती विशेष अदालतबाट समेत अभियोग ठहर भई सजायँ भएकोमा विवाद देखिन्न । यस्तो अवस्थामा निवेदकले आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेकोमा उचित र पर्याप्त कारण थिएन भन्न मिल्दैन । (प्रकरण नं. २१) (३) बढी सजायँ अर्थात् नोकरीबाट बर्खास्त किन नगर्ने भनी सजायँ प्रस्तावित गरेकोमा घटी सजायँ अर्थात् सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी नोकरीबाट हटाएको मिल्दैन सो कानुनी त्रुटि हुन्छ भन्ने निवेदक तर्फका विद्वान अधिवक्ताको बहस भएकोमा बढी सजायँ प्रस्तावित भएकोमा घटी सजायँ गर्न मिल्छ भन्ने कुरा निवेदक विश्वम्भर पाण्डे विरुद्ध अञ्चलाधीश कार्यालय समेत भएको उत्प्रेषण मुद्दामा पूर्णइजलासबाट मिति २०४९।७।६ मा सिद्धान्त प्रतिपादित भएकोले निवेदकलाई नोकरीबाट हटाएको मिल्दैन कानुनी त्रुटि भयो भन्ने विद्वान अधिवक्ताको भनाईसंग सहमत हुने स्थिति छैन । (प्रकरण नं. २२) (४) अधिकार प्राप्त अधिकारी प्रहरी महानिरीक्षकबाट कानुन बमोजिम स्पष्टीकरण लिई सोही स्पष्टीकरणको आधारमा प्रहरी महानिरीक्षकले भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी भएको निर्णयलाई त्रुटिपूर्ण भन्न मिलेन । (प्रकरण नं. २२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने विपक्षीतर्फबाट : विद्वान का.मु. उप सरकारी न्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. म २०१६।७।३० देखि प्रहरी रिक्रुट पदमा नियुक्ति भई प्र.ना.नि.पद सम्म बढुवा भई अन्त्यमा त्रिभुवन विमानस्थल प्रहरी सुरक्षा गार्डमा काम गर्दै आएको थिएँ । ३. मिति २०४४।१२।२९ का दिन विदेशी मुद्रा सहित पक्राउ पर्ने राजु मानन्धरको पक्राउ पश्चात विपक्षीहरुबाट ३।३ पटक स्पष्टीकरण मागिनुका साथै विपक्षी रा.अ.म. शाखाबाट बयान समेत लिइयो । तत्पश्चात मलाई नोकरीबाट हटाउने काम भयो । त्यसपछि गृह मन्त्रालयमा परेको मेरो पुनरावेदन मिति ०४६।७।१ मा अस्विकार गरेको जानकारी मिति ०४६।७।६ मा प्राप्त गरेको छु । ४. मलाई नोकरीबाट हटाउने विपक्षीको शुरु एवं पुनरावेदकीय कारवाही र निर्णय निम्न अनुस