निर्णय नं. १६२५ - उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६२५ - उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४०/०२/०५ २५६६ निर्णय नं. १६२५ ने.का.प. २०४० अङ्क २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३८ सालको रिट नं. १५५० आदेश भएको मिति : २०४०।२।५।५ मा निवेदक : ल.पु.जि.ल.पु.न.पं.वडा नं.२१ श्री बहाल बस्ने बुद्धाचार्य शाक्य विरूद्ध विपक्षी : श्री मालपोत अधिकृत, मालपोत कार्यालय ललितपुर समेत विषय : उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) पहिले परेको निवेदनमा निर्णय गर्न बाँकी राखी पछि परेको निवेदनबाट जग्गाधनी प्रमाणपूर्जा दिने गरेको भूमिप्रशासनको निणर्य त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.धनेन्द्रबहादुर सिंह १. प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति २०३८।११।१४ मा दर्ता भई पेश हुनआएको छ । २. तथ्य र रिट निवेदन जिकिर यस प्रकार छ : बाबु तिर्थराज साफेवंश परलोक हुनुभएकोले ल.पु.न.पं.४ घ कि.नं.२९५ को क्षेत्रफल १–५–१ र ऐ.वार्ड नं.४ क.कि.नं.७८ क्षेत्रफल १–५–० समेत २ कित्ता जग्गा मेरा नाममा नामसारी गरी ज.ध.द.प्र.पू.पाउँ भनी ०३६।२।२ मा मालपोत कार्यालय ललितपुरमा निवेदन दिई कारवाई चलेकोमा कि.नं.७८ को मोही रामहरीले जग्गाधनी मनिराज शाक्य वंशका नाउँमा (साविक पेज नं. ६१) पा.गावाहालका पोता नं.३८९ नं.का लगतमा दर्ता भएको नापी हुँदा ल.पु.न.पं.वार्ड ४(क) कि.नं.७८ कायम भएको कि.फो.भई हाल कि.नं.१६९ को क्षेत्रफल ०–१२–० भएको घर जग्गा विर्तावालाले रै.प.नगरेकाले मेरा नाउँमा रै.प.गरिपाउँ भनी ०३६।८।१६ मा उजूरी दावी गरेको र कि.नं.२९५ को हकमा कसैको उजूरी दावी नपरेकोमा विपक्षी मालपोत कार्यालयले कारवाई गरी नदिएकोले कि.नं.२९५ को ज.ध.प्र.पू.पाउँ भनी निवेदन गरेकोमा ज.ध.प्र.पू.दिएको छैन । म निवेदकको अनुपस्थितिमा ०३८।१२।१९ का दिन विपक्षी मालपोत कार्यालयका मालपोत अधिकृतले कि.नं.७८ नाप जाँच हुँदा निवेदक रामहरि मोही देखिएको र पञ्चराज समेत ज.ध.देखिएकोमा ०३६।१०।२२ को नापीको पत्रले सो कित्ता बदर भई १६८ र १६९ भएको १६९ को क्षे.फ.०–१२–० रामहरिको दावी भए पनि पञ्चराज निजको जग्गाधनीले ०–८–० आफ्नो भएको र मोहीको नाउँमा रै.प.गर्न ०३७।५।२२ मा सनाखत निवेदन गरेको मनिराज शाक्य क्षेत्रीय पुस्तकमा लेखिएको ज.ध.को स्वर्गीय बाबुको नाउँमा सा.हा.समेत भिडी रै.प.भएको नदेखिँदा मोहीको भाग बमोजिम वि.उ.ऐन, २०१६ को दफा ७, ४ अनुसार ४ (क) १६९ को क्षेत्रफल ०–१२–० बाट निवेदकको माग बमोजिम उत्तर पूर्वबाट ०–८–० कि.का.गरी मोही रामहरि शर्मालाई ज.ध.प्र.पू.दिन मनासिव हुँदा निजको ०३७।१२।१९ को निवेदन संलग्न गरी पेश गरेको छु भन्ने टिप्पणीं सदर गरेको कुरा बाली माग्दा जग्गा मेरो नाउँमा दर्ता भइसकेको भनेकोले ०३८।९।२२ का दिन नक्कल सारी थाहा पाएँ । ३. ०३६।२।२ मा ज.ध.प्र.पू.पाउँ भनी दिएको निवेदकको निवेदनमा कुनै निर्णय नगरी त्यसमा असर पर्ने गरी अर्को कारवाई गरी मोहीको भाग बमोजिम ०–८–० कि.का.गरी मोहीलाई ज.ध.प्र.पू.दिने निर्णयले २०३७ ने.का.प.पृष्ठ १४५ मा सम्मानित अदालतले प्रतिपादित गरेको नजीरको बर्खिलाप छ । म निवेदकलाई प्रतिवाद गर्ने मौका नदिएकोबाट प्राकृतिक न्याय सिद्धान्तको उल्लंघन हुनगएको छ । म निवेदकको बाबु तिर्थराजको नाममा दर