निर्णय नं. १६२६ - उत्प्रेषण लगायत आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६२६ - उत्प्रेषण लगायत आज्ञा, आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४०/०२/०६ २६५४ निर्णय नं. १६२६ ने.का.प. २०४० अङ्क २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३९ सालको रिट नं. ७९४ आदेश भएको मिति : २०४०।२।६ मा निवेदिका : जिल्ला सप्तरी मधुवापुर गा.पं.वा.नं.८ मा गोइठी बस्ने अहिल्यादेवी वैश्य विरूद्ध विपक्षी : सप्तरी जिल्ला भूमिसुधार कार्यालयका भूमिसुधार अधिकारी समेत विषय : उत्प्रेषण लगायत आज्ञा, आदेश जारी गरिपाउँ (१) कानुनले अनिवार्य गरेको कबुलीयतको अभावमा भू.सु.अधिकारीले मोही दर्ता गरी प्रमाण–पत्र तयार गरी दिने ठहराई गरेको निर्णय कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल (साविक पेज नं. ६४) विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास र विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.धनेन्द्रबहादुर सिंह १. प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३९।४।२६ मा दर्ता भई पेश हुनआएको छ । २. तथ्य यस प्रकार छ : विपक्षी नथुघर झारघोसेन यादवले मेरो कि.नं.३१ को ०–१०–० जग्गा ०३० सालदेखि कमाई ०३५ साल सम्मको कूत बुझाई भरपाई लिएको गा.पं.ले सिफारिश गरेको हुँदा मेरो नाममा मोही दर्ता गरी प्रमाणपूर्जा पाउँ भन्ने समेत विपक्षी कार्यालयमा निवेदन दिँदा हाम्रो जग्गा विपक्षीले कमाएको छैन, मोही होइन भन्ने प्रतिवाद भएपछि ०३० सालदेखि ०३५ साल सम्म बाली बुझाई भरपाई पेश गरेको सरजमीनले निवेदकले जोतेको भनेको ०३५ सालको फा.नं.५९२ नि.नं.५५ को मुद्दामा वादी मोही कायम राखी ०३७।१२।११ मा फैसला भएको ज.ध.प्र.पू.मा अर्को व्यक्ति मोही कायम भएको नदेखिएको हुँदा मोही दर्ता गरी प्रमाण–पत्र तयारी गरी दिने ठहर्छ भनी ०३९।३।२८ मा विपक्षी भू.सु.का.सप्तरीबाट निर्णय पर्चा गरेको रहेछ । ३. रिट निवेदन जिकिर यस प्रकार छ : भूमिसम्बन्धी ऐन आगमन पश्चात मोही हक प्राप्त गर्न कबुलीयत हुनुपर्ने अनिवार्य छ । कबुलीयत गराएको छैन भनी विपक्षीले बयान गर्नुभएको हुँदा कबुलीयत नभएकोमा मोही दर्ता गरी दिने भनी गरेको निर्णय कानुनी त्रुटि छ । विपक्षीको भनाई कानुनसंगत छैन, स्थायी प्रमाणपत्र दिन ४ नं.जो.अ.नि.वा कबुलीयत भई मोही दर्ता भइसकेको अवस्थामा मात्र मिल्ने कुरा हो । कबुलीयत नभएको मोही हक नलाग्ने भनी स.अ.बाट सिद्धान्त प्रतिपादित भइरहेको हुँदा समेत विपक्षीलाई मोही कायम गरी प्रमाणपूर्जा दिने गरेको कानुनी त्रुटि छ । अ.बं.७८ नं.को अवलम्बन नगरी भरपाइलाई आधार लिएको त्रुटि छ । सरजमीन र पञ्चायतको सिफारिशको आधारमा ठहराएको न्यायिक अप्रयोग भन्ने पुष्टि हुन्छ । अतः उत्प्रेषण लगायत आज्ञा, आदेश जारी गरी उक्त निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर । ४. विपक्षीसँग लिखितजवाफ लिने भन्ने समेत स.अ.सिंगलबञ्चको ०३९।४।३२ को आदेश । ५. यस कार्यालयबाट मोही कायम हुने ठहर भएको निर्णय कानुनसंगत हुँदा रिट निवेदन खारेज हुन अनुरोध छ भन्ने समेत भू.सु.कार्यालय सप्तरीको जवाफ । ६. निवदकले म माथि बाली लुटपिट मुद्दा दिनु हुँदा सप्तरी जि.अ.बाट ०३७।१२।११ का दिन मोही भई जोत्न निम्ति दिएको जग्गामा मोहीले लगाएको बाली काटी लगेकोले वादी दावी खारेज हुने ठहरी फैसला भएको अन्तिम छ । अदालतबाट मोही भनी ठहर भइसकेको हुँदा रिट खारेज हुनुपर्छ । अदनालतको फैसला सरजमीन समेतले मोही भ