निर्णय नं. ४६७६ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६७६ - उत्प्रेषणयुक्त परमादेश भाग: ३४ साल: २०४९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४९/१२/१० २६२० निर्णय नं. ४६७६ ने.का.प.२०४९ (ग) अङ्क १२ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०४९ सालको रिट नं. ३१२१ आदेश भएको मिति: २०४९।१२।१०।३ मा निवेदक : नेपाल बैंक लि.चिकंमुगल उपशाखाको तत्कालिन प्रबन्धक सुनिलरत्न बज्राचार्य विरुद्ध विपक्षी : पुनरावेदन अदालत, ललितपुरसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निवेदकले नेपाल बैंकको पदाधिकारीको हैसियतले गरेको काम कारवाहीबाट भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२), १३ तथा २९(२) बमोजिम सजायँ हुन माग गरी पुनरावेदन अदालत पाटनमा मुद्दा दायर भएको देखियो । यसरी कानुन बमोजिम अपराधको अनुसन्धान गरी मुद्दा दायर गर्ने र कारवाही किनारा गर्ने निकायबाट प्रचलित कानुन बमोजिम कारवाही भई अदालत समक्ष विचाराधीन रहेको अवस्थामा यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गतको आज्ञा, आदेशको माग गरी निवेदक यस अदालतमा प्रवेश गरेको देखियो । यसरी साधारण अधिकार क्षेत्र अन्तर्गत कानुनी काम कर्तव्य तोकिएको अड्डा अदालतको कार्यमा असर पर्ने गरी असाधारण अधिकार क्षेत्रबाट यस अदालतले हस्तक्षेप हुने गरी लिखितजवाफ मागी रहन उपयुक्त नहुँदा निवेदन खारेज हुने । (प्रकरण नं. ५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्का आदेश न्या.हरिप्रसाद शर्मा १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ :– २. निवेदकले मिति २०२६।६।८ गते देखि नेपाल बैंक लि.मा सहायक तह ४ मा नियुक्ति पाई सेवा आरम्भ गरी २०३० सालमा कार्यालय सहायकमा र २०३९ सालमा सुपरीवेक्षक पदमा २०४८ सालमा सहायक प्रबन्धक पदमा पदोन्नति भई सेवा गर्दै रहेको अवस्थामा मिति २०४८।१२।२५ गते देखि लागू हुने गरी ने.बैं.लि. सेवाबाट स्वेच्छिक अवकाश लिएको थिएँ । ने.बैं.लि. प्रधान कार्यालयको पत्रबाट निवेदकलाई विशेष प्रहरी विभाग हाजिर हुनको लागि सूचित गरियो उक्त वि.प्र.वि. बाट बयान लिंदा प्रो.शरदबहादुर श्रेष्ठको एभरेष्ट ह्याण्डी क्राफ्टस् र गणेश इन्टरनेशनल फर्मलाई कुनै कर्जा प्रवाह गरेको छैन निजहरुलाई उपशाखा प्रबन्धक श्री लक्ष्मण श्रेष्ठबाट गरेको हो भन्ने बयान दिएको थिएँ । म भन्दा अगाडिका उपप्रबन्धक लक्ष्मण श्रेष्ठ खजान्ची सहायक खजान्ची समेतलाई झिकाई वि.प्र.वि.बाट बयान लिई यस विभागको कार्यक्षेत्र भित्र नपरी आयोगको क्षेत्राधिकारभित्र पर्ने देखिँदा आवश्यक कारवाहीका लागि आयोग समक्ष पठाई दिने मिति २०४०।१०।७ गतेमा निर्णय भएकोले रा.बा.बैंकका बुद्धिसागर उपाध्याय लगायत नेपाल बैंकका निवेदक सुनिलरत्न बज्राचार्य समेतलाई मिति २०४८।१०।२९ गतेमा प्रत्यर्थी अख्तियार दुरुपयोग अनुसन्धान समक्ष हाजिर हुन पठाइयो । विपक्षी अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष बयान गर्दा म भन्दा अगाडिका उपशाखा प्रबन्धक लक्ष्मण श्रेष्ठले एभरेष्ट ह्याण्डी क्राफ्टसलाई लगानी गरेको रकम असूल उपर हुन नसकेको म्याद नाघेका कर्जाहरु भुक्तानीको लागि ताकिता पत्रहरु पठाएको थिएँ । मैले एभरेष्ट ह्याण्डीक्राफ्टसलाई कर्जाहरु दिएको छैन म भन्दा अगाडिको उपप्रवन्धकबाट सो फर्मलाई कर्जा प्रवाह भएको हो भन्ने बयान दिएको थिएँ । म निवेदक सुनिलरत्न बज्राचार्य, नारायणसुन्दर श्रेष्ठ, विराजमान राजवंशी, केदारलाल प्रधान तत्काल पार्टीलाई कर्जा लगानी गर्ने उपशाखा प्रमुख लक्ष्मण श्