निर्णय नं. ४६७७ - परमादेशयुक्त उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६७७ - परमादेशयुक्त उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४९/१२/१० २५३९ निर्णय नं. ४६७७ ने.का.प. २०४९ (ग) अङ्क १२ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०४९ सालको रिट नम्बर ३१२० आदेश भएको मिति: २०४९।१२।१०।३ मा निवेदक : बुटवल नगरपालिका वार्ड नं. १३ बस्ने ठे. मोहनलाल पाण्डे विरुद्ध विपक्षी : जिल्ला विकास समिति, रुपन्देहीसमेत विषय : परमादेशयुक्त उत्प्रेषण (१) साधारण उपचारको मार्ग अवलम्बन गरी अदालतको विचाराधीन रहेको निषेधाज्ञा मुद्दालाई प्रतिकूल असर पर्ने गरी यस अदालतको असाधारण अधिकार क्षेत्र गुहार्न आएको देखियो । यस अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोग अन्य कुनै उपचार नभएको अवस्थामा मात्र प्रयोग हुने हुँदा प्रस्तुत निवेदकको माग बमोजिमको लिखितजवाफ मगाइरहन उपयुक्त नदेखिँदा रिटनिवेदन खारेज हुने । (प्रकरण नं. ५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री उपेन्द्रकेशरी न्यौपाने आदेश न्या.हरिप्रसाद शर्मा १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३(२) तथा ८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ :– २. जिल्ला विकास समितिले निकालेको २०४९।०५० को ढुड्डा बालुवा गिट्टी छरी मिस्कटको रोयल्टी उठाउने कार्य ठेक्का दिने सम्बन्धी मैले भरेको टेण्डर फाराम स्वीकृति भई मिति २०४९।५।५ गते सो अवधिको लागि सो कार्य मैले रु. ५५,३५,४५१।२५ पैसा विभिन्न किस्तामा बुझाउने गरी विभिन्न शर्तहरु राखी कबूलियतनामा कागज गरे अनुसार जिल्ला विकास समिति रुपन्देहीले मिति ०४९।५।५ गते दिएको पट्टापत्र समेतबाट म तथा विपक्षी जिल्ला कार्यालय समिति, रुपन्देही बीच मिति २०४९।०५० सालको रुपन्देही जिल्लाका सम्पूर्ण नदी नालाबाट निष्कासन हुने ढुड्डा, बालुवा, गिट्टी छरी मिस्कटको रोयल्टी मैले ठेक्कामा उठाउने कुरामा दुवै थर बीच भएको मन्जूरी अनुसार एक करार भएको थियो । जसको आधारमा मैले प्रथम किस्ता बापतको ५०% प्रतिशत रकम रु. २७,६७,७२५।२५ पैसा समयमै बुझाई कार्य रोक्का नगरी काम संचालन गरी आएको थिएँ । करारमा उल्लेखित शर्तको अधीनमा रही करार पूरा गराउन मैले काम गर्दा करारको दोस्रो पक्ष जिल्ला विकास समितिले (क) पट्टापत्रमा रोयल्टी छूट हुन सक्ने भनी उल्लेख नभएको ढुड्डाको रोयल्टी छूट दिएको (ख) ठेकेदारको सिफारिसबाट ढुड्डा, बालुवा, गिट्टी छरी मिस्कट देश बाहिर निकासी हुने उल्लेख भएकोमा ठेकेदारको सिफारिश बेगर सबै सामान देश बाहिर निकासी हुने उल्लेख भएकोमा ठेकेदारको सिफारिश बेगर सबै सामान देश बाहिर निकासी हुँदा मैले रकम उठाउन सकिन (ग) मिति २०४९।४।१ गते देखि मिति २०४९।४।८ गतेसम्मको रोयल्टी रकम बुटवल नगरपालिकाले उठाएको छ सो रकम हिसाब गरी पाउँ (घ) भारत निकासी हुने मिस्कटको महसूल रु. १००।– बाट रु. २००।– भएकोले निकासी बन्द हुँदा सो तर्फ मिनाहा पाउँ (ङ) पर्रोहा लगायतका विभिन्न गा.वि.स. बाट रोयल्टी असूल गरिएकोले त्यसको समेत रकम हिसाब गराई पाउँ भनी समय समयमा पत्राचार गर्दा पनि करारको एक पक्ष जि.वि.स. रुपन्देहीले करार ऐन, २०२३ को दफा ११ विपरीत सुविधा सहयोग सहुलियत नदिएको कारणले रकम असूल हुन नसके तापनि शर्त करारमा उल्लेखित काम मैले गरी रहेकै उपरोक्त कारणले तोकिएको समयमा रकम दाखिल गर्न नसकी केही रकम मिनाहा मागसम्म गरेको अवस्थामा सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२० को दफा २७ को अनुसार रकम मिनाहा दिन सक्ने पनि स्थिति हुँदा हुँदै करारको एक पक्ष मलाई करार नतोड्ने विषयको प्रतिवादसम्म गर्न