निर्णय नं. १६२७ - गर्भपतन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६२७ - गर्भपतन भाग: २५ साल: २०४० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३९/११/२६ ३१३५ निर्णय नं. १६२७ ने.का.प. २०४० अङ्क २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३९ सालको फौ.पु.नं. २९४ फैसला भएको मिति : ०३९।११।२६।५ मा पुनरावेदक/प्रतिवादी : जि.तेह्रथुम घर भई हाल तेह्रथुम कारागारमा थुनामा बस्ने गोमादेवी प्याकुरेल विरूद्ध विपक्षी/वादी : हेमबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : गर्भपतन (१) अन्यथा प्रमाणित नभएसम्म जन्मेको बच्चा मरेकै अनुमान गर्नुपर्ने । (प्रकरण नं. १८) फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १४ अ.बं.१८६ नं.बमोजिम अन्तिम साधक निर्णयको निमित्त र पू.क्षे.अ.को इन्साफ उपर चित्त बुझेन भनी प्रतिवादीको यस अदालतमा पर्नआएको पुनरावेदन अनुसार प्रस्तुत मुद्दाको तथ्य निम्न प्रकारको रहेछ । २. ०३६।१२।२ गते म मेरो खेतमा धानको व्याड राख्नलाई खन्न गएको थिएँ सो खेतको गराको छेउमा कसले बालक गाडेको रहेछ, बच्चाको एउटा खुट्टा नपुरिएकोले बाहिर देखिएकोले गाउँमा र प्रहरीमा खबर गरी जाहेर गर्न आएको छु । श्रीप्रसाद गौतमको छोरीले देवरको पेट बोकी बच्चा फाली भन्ने हल्ला भएकोले निजले हो वा अरू कसले फालेको हो शंका निजै प्रति लाग्छ के भई फालेको हुन भन्ने समेत व्यहोरा भएको हेमबहादुर चुहानको जाहेरी दरखास्त । मेरा एकासगोलका देवर घनश्याम प्याकुरेलको बीचमा ०३६ साल जेठ महीना देखि करणी गर्ने गराउने गर्दागर्दै असार देखि मैले गर्भधारण गरेको थिएँ । ०३६।५।८ गते देवरले अब गर्भ फाल्ने उपाय गर्नु भनी आसाम गएकोले मैले औषधी गर्दा नलागी ०३६।११।६ गते राति अं.३ बजे म उभिएको अवस्थामा बालक जन्मिएकोले खसी (खसेर–संपादक) टाउको ठोक्की एकपटक रोयो । मैले आगो बाली थाड्डनामा बेरी कुनामा राखेर ५ बजे हेर्दा मरी सकेकोले लासप्रकृति मुचुल्कामा उल्लेख भएबमोजिम लगी गाडेको हुँ । बच्चा ९ महीनाको जीउँदै जन्मिएकोले बच्चा रुँदा अरूले थाहा पाउँछन कि भनी थाड्डनाले घाँटीमा अलिसारो कसेकोले मृत्यु भएको हो । घरमा म बाहेक कोही पनि थिएन । बच्चा आफ्नै घरमा जन्मिएको हो भन्ने समेत गोमादेवी प्याकुरेलले प्रहरीमा गरेको कागज । ३. गोमादेवी एकाघर सगोलकी भाउजू हुन्, (साविक पेज नं. ६७) भाउजू र मेरो बीच ०३६ साल जेष्ठ महीना देखि करणी गर्ने गराउने भएकोले ०३६ साल भाद्र महीनामा भाउजूको गर्भ रहेकोले औषधी पाए गर्भ फाल्नु भनी म दाजु लिन ०३६।५।८ गते आसाम गई ०३६।११।२९ गते दाइलाई लिई आएँ । भाउजूलाई सोद्धा नौ महीनामा जिउँदै बच्चा जन्मियो । इज्जत बचाउन मारी हेमबहादुरको खेतमा गाडी दिएँ भनिन, मैले पनि छुपाउने प्रयास गरेको हुँ । भाउजूसित म अनुचित व्यवहार गर्दा कानुनको विपरीत हुन्छ भन्ने कुरा जानी–जानी भाउजूलाई करणी गरेको हँु भन्ने प्र.घनश्याम प्याकुरेलले ०३६।१२।७।५ मा प्रहरीमा गरेको कागज । ४. गोमादेवी मेरी श्रीमती हो, घनश्याम सहोदर भाइ हो । देवर भाउजूले हाडनाता करणी गर्ने गराउने कहिलेदेखि गर्थे मलाई थाहा छैन । म आसाममा बसेको थिएँ, ०३६।११।२९ गते घर आई ०३६।१२।६ गते मेरो श्रीमतीलाई प्रहरीले पक्राउ गरी लग्दा देवरको गर्भ बोकी नौ महीनाको जन्मिएको बच्चा मारी फालेको निजहरू पक्राउ परिसकेपछि मात्र थाहा पाएकोले उजूर नगरेको हुँ। म, भाइ घनश्याम र आमा घरमा नभएकाले घनश्याम र गोमादेवीले हाडनाता करणी गर्नु गराउनु गरी गर्भपतन गरेकोमा कारवाही गरिपाउँ भन्ने तोयानाथ प्याकुरेलले प्रह