निर्णय नं. ९११९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९११९ - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/०३/२० ४४३८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ फैसला मिति : २०७१।३।२०।६ ०७०-RC-००७० मुद्दा : कर्तव्य ज्यान । वादी : जिल्ला कारागार कार्यालय, धनकुटाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : जिल्ला धनकुटा, बुढीमोरङ गाउँ विकास समिति वडा नं. ७ बस्ने भुपाल लिम्बु § मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम कम सजायको राय व्यक्त गर्दा विभिन्न कारणहरूमध्ये के कस्ता कारणहरूको विद्यमानता छ भन्ने कुराहरू खुलाई न्यायकर्ताले सजाय घटाउने राय व्यक्त गरेको हुनुपर्दछ । मिसिलबाट देखिएको तथ्यलाई एकातर्फ पन्छाएर न्यायकर्तालाई चित्तमा लागेको भन्ने मात्र आधारमा सजाय कम गर्न मिल्दैन । साथै न्यायकर्तालाई चित्तमा लाग्ने भन्ने कुरा निरपेक्षरूपमा मनोगत हुन सक्तैन । न्यायकर्ताले कानूनबमोजिम निर्धारण भएको सजायलाई कम गर्दा सजाय कम हुनुपर्ने आधार र कारणहरूको विश्लेषण गरी निष्कर्षमा पुगेको हुनुपर्ने । (प्रकरण नं. १६) § पुनरावेदन अदालत, धनकुटाले प्रतिवादी भुपाल लिम्बुलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याई मुलुकी ऐन, अ.ब.१८८ नं. बमोजिम ५ वर्ष मात्र कैद हुन भनी जाहेर गरेको साधक रायको सम्बन्धमा अ.बं. १८८ नं. को कानूनी व्यवस्था र सो को प्रयोगका सम्बन्धमा यस अदालतबाट विभिन्न मुद्दामा निर्धारण भएका आधार र कारणहरूको विवेचना नै नगरी प्रतिवादीले विगतमा गरेको आपराधिक कार्य र हाल प्रस्तुत वारदातमा गरेको कार्यबाट हुन गएको आपराधिक कार्यको अवस्था, प्रस्तुत घटनाको परिस्थिति र वारदातको अवस्था हेर्दा भवितव्य हो कि जस्तो नदेखिएकाले यस्तो पटक पटक ज्यान मार्ने जस्तो कार्य गर्ने व्यक्तिलाई कानूनले हुने सजाय भन्दा घटी सजाय गर्दा न्याय, कानून एवम् पीडित र निजको परिवारप्रति न्याय नहुने हुँदा अन्य लगाउ मुद्दामा व्यक्त भएको आधार उल्लेख गरी पुनरावेदन अदालत, धनकुटाले प्रतिवादी भुपाल लिम्बुको हकमा व्यक्त गरेको रायसँग सहमत हुन नसकिने । (प्रकरण नं. २१) वादीको तर्फबाट : प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : § नेकाप २०६१, अङ्क ६, नि.नं.७३९९, पृष्ठ ७६९ § नेकाप २०६४, अङ्क ८, नि.नं.७८७१, पृष्ठ १०२४ § नेकाप २०६५, अङ्क १०, नि.नं.८०२९, पृष्ठ १२७९ § नेकाप २०६९, अङ्क ६, नि.नं.८८५३, पृष्ठ १०१३ सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(१) नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री रामचन्द्र राई पुनरावेदन तहमा फैसला गर्ने :- मा.न्या.श्री शम्भुबहादुर खड्का मा.न्या.श्री बिदुरबिक्रम थापा फैसला न्या.देवेन्द्रगोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई साधक जाँचका लागि दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छ : जिल्ला धनकुटा, धनकुटा नगरपालिका वडा नं. ६ स्थित पूर्वमा निशान भगवती मन्दिर, पश्चिममा पक्की सडक, उत्तरमा कोष तथा लेखा नियन्त्रण कार्यालयको भवन, दक्षिणमा जिल्ला प्रशासन कार्यालयको भवन यति चार किल्लाभित्र रहेको जिल्ला कारागार कार्यालय, धनकुटाको पुस्तकालय कोठामा भुपाल लिम्बुले सार्वजनिक अपराध मुद्दामा थुनामा रहेका क्षितिज थेवेलाई सब्जी काट्ने फलामको टुप्पो नभएको सात इन्च लामो छुरी प्रहार गरी घाइते बनाएको घटन