निर्णय नं. १६२८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६२८ - कर्तव्य ज्यान भाग: २५ साल: २०४० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४०/०२/०८ २४४७ निर्णय नं. १६२८ ने.का.प. २०४० अङ्क २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३७ सालको फौ.सा.नं. १०३ फैसला भएको मिति : ०४०।२।८।१ मा वादी : राजु गंगाईको जाहेरीले वादी श्री ५ को सरकार विरूद्ध प्रतिवादी : जि.मोरङ मधुमल्ला गा.पं.वडा नं.५ बस्ने नहकुल भन्ने रेवन्तबहादुर कार्की मुद्दा : कर्तव्य ज्यान (१) सरजमीनको भनाई र बकपत्र समेत परस्पर बाझिएकोले यस्तो बकाइको आधारमा दोषी ठहराउन नमिल्ने । (प्रकरण नं. १९) फैसला न्या.त्रिलोकप्रताप राणा १. शुरू मोरङ जि.अ.ले प्र.नहकुल भन्ने रेवन्तबहादुर कार्कीलाई सफाई दिने ठहराई जाहेरी फैसला गरेकोमा पू.क्षे.अ.ले शुरू इन्साफ गल्ती ठहराई प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद गरी साधक सदरको निमित्त सर्वोच्च अदालतमा जाहेर गरेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार छ । २. ०३२।१।१ का दिन गोविन्दपुर गा.पं.वडा नं.२ सुनवासी भन्ने ठाउँमा लोग्ने मेला हेर्नगएको सो मेलामा होहल्ला भएपछि भानिज विपतलाल गंगाई निजको आमा रेसो गंगाई र निजको पत्नी घतामति गंगाइनी केही अगाडि हिँडेका र म र मेरा परिवारहरू गोरुगाडीमा चढी केही पछि आएकोमा सो मेला देखि पश्चिम डेढ माइल जति फरक खयर घारी छेउ बाटो पुगेपछि नचिनेका ६ जना मानिस खयर घारीबाट निस्की भानिज विपतलाललाई घेरी १ जनाले भानिजको छातीमा जोडले छुरी प्रहार गर्दा निज घाइते भई लडी रहेको निजको आमा र पत्नी रोइरहेको देखी विपत लाललाई गोरुगाडीमा राखी घरतर्फ ल्याउँदा बाटोमम सोही चोटबाट विपतलालको मृत्यु भएकोले कर्तव्यवाला पत्ता लगाई कानुन बमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त। ३. मर्ने विपतलाल गंगाईको लासप्रकृति मुचुल्का पोष्टमार्टम भएको र देवीबहादुुर कार्की मेलामा घाइते भएको रिसले निजको भाइ नहकुल भन्ने रेवन्तबहादुर कार्कीले विपतलाललाई काटी मारेको भन्ने पत्ता लाग्न नआएकोले प्रतिवेदन गरेको छु भन्ने ०३२।४।२ को प्रहरी जवानको प्रतिवेदन । ४. मेरो भाइ नहकुल समेतका परिवार मेला हेर्न आएका दिन अन्दाजी ३ बजेको समयमा परिवारहरू घर लिई जान भनी घरतर्फ पठाई म मेलामै बसेकोमा मेलामा गन्जागोल भई मलाई समेत लाठ्ठीले लागी चोट परेकोले उपचार गर्न रंगेली ल्याएको हुँदा विपतलालई कसले मार्यो म भन्न सक्दिन नहकुलले काटी मारेकोे होइन (साविक पेज नं. ७१) भन्ने समेत देवीबहादुरको प्रहरीमा बयान । ५. नहकुल भन्ने रेवन्तबहादुर कार्कीलाई पक्राउ गरी ०३२।४।२३।६ मा दाखिल गरेको । ६. ०३२।१।१ मा मेलाबाट फिर्ता खयर घारीबाट निस्की मेरो लोग्ने विपतलाललाई खुकुरी प्रहारी गरी काटने मानिस यही देखाइएको हो त्यस अवस्था नाउँ गाउँ थाहा थिएन हाल सनाखत गराउँदा देखेँ चिनेँ यिनै मानिसले लोग्ने विपतलाललाई मारेको हो कानुन बमोजिम गरिपाउँ भन्ने विपतलालको पत्नी घटामती भन्ने शान्ति गंगाईले प्रहरीमा गरेको सनाखत कागज । ७. मेलाबाट फर्किदा खयर घारीबाट ५।६ जना मानिस निस्की १ जनाले विपतलाललाई खुकुरी प्रहार गरेको देखेको हुँ त्यस अवस्था नाउँ गाउँ थाहा थिएन तापनि हाल देखाइएका यिनै नहकुल भन्ने रेवन्तबहादुर हुन् हेरी चिन्हे निजले नै विपतलाललाई काटी मारेका हुन् भन्ने मौकामा देख्ने तेजनारायण सिंहले प्रहरीमा गरेको सनाखत कागज । ८. ०३२।१।१ मा म पनि मेलामा आएको थिएँ । दाजु देवीबहादुरले भाउजू र नानीहरूलाई लिई घर जा भनेकोले ३ बजे नै मेलाब