निर्णय नं. १६२९ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६२९ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४०/०२/०२ २२५६ निर्णय नं. १६२९ ने.का.प. २०४० अङ्क २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३९ सालको रिट नं. १४५९ आदेश भएको मिति : ०४०।२।२।२ मा निवेदक : पाल्पा जि.तानसेन न.पं.वडा नं.८ घर भई जिल्ला कारागार शाखा पाल्पामा नजरबन्द भएका योगप्रसाद बैद्यज्यूका हकमा निजकी पत्नी रामकुमारी वैद्यज्यू विरूद्ध विपक्षी : जिल्ला कार्यालय पाल्पासमेत (साविक पेज नं. ७४) विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ (१) भइसकेको, गरिसकेको कुरामा सार्वजनिक सुरक्षा ऐन, ०१८ को प्रयोग हुनसक्ने नदेखिने। (प्रकरण नं. ११) आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत बन्दीप्रत्यक्षीकरण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जी जारी गरिपाउँ भन्ने विषयको रिट निवेदन मिति ०३९।१२।१० मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ : वादी मेरा पति र प्रतिवादी गणेशबहादुर सेन ठकुरीको बीचमा ०३५।२।३ मा जग्गा खिचोला मुद्दा परी खाली वन गा.पं.वार्ड नं.२ कि.नं.११७,११८,११५ र ११६ को कित्ताकाटबाट कायम हुनआएको किनं.२७७ समेतको रोपनी १९–७–३–२ श्री वीरेन्द्र प्रा.वि.ले पाउने र सो जग्गामा भएको बुटा घाँस वादीले उपभोग गर्न पाउने गरी मिलापत्र भई तदनुरूप रोपनी १९–७–३–२ जग्गा विद्यालयले र कि.नं.११६ को कित्ताकाट भएको मध्ये बाँकी कि.नं.२७९ को जग्गा वादी मेरा पतिले भोगचलन गरी आउनुभएको जग्गामा खीनारायण श्रेष्ठ गणेशबहादुर सेन ठकुरी मोहनबहादुर समेतले गाई बाख्रा छाडी दिने, भैंसी गोरु फूकाई दिने, बुटा घाँस समेत काटी लगी दिनु घरमा ढुंगाले हान्ने आदी अभद्र व्यवहार गरी दुःख दिएकोले छोरी उषाले मिति ०३९।११।६।२ र मिति ०३९।१०।२।१ मा समेत जि.प्र.का.मा पटक–पटक निवेदन दिँदा शान्ति सुरक्षा पाइएन पछि मेरा पतिलाई प्र.जि.अ.ले वीरेन्द्र प्रा.वि.स्कूलमा कागज प्रमाण लिई उपस्थित हुनु तिम्रो झगडा र शान्ति सुरक्षा हेरी दिन्छौ भनी मौखिक आदेश दिनुभएकोले उक्त मिति ०३९।११।१० का दिन पतिदेव उक्त स्कूलमा उपस्थित हुन जाँदा पहिले देखि हाम्रो विपक्षी रहेका विभिन्न वयक्तिहरूका कुरा सुनी प्र.जि.अ.ले प्रतिवेदनलाई गिरÇतार गर्न मौखिक आदेश दिनु भए पछि जि.प्र.का.पाल्पाका ४ जना प्रहरीले पक्राउ गरी तानसेन लगे । जि.प्र.का.को हिरासतमा विना थुनुवा पूर्जी लगातार ७ दिन सम्म राखेकोले छोरा ओमप्रकाशले लुम्बिनी अञ्चल अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन प्रस्तुत गरेपछि प्र.जि.अ.ले मिति ०३९।११।२९ मा सार्वजनिक सुरक्षा ऐन, २०१२ अन्गरगत नजरबन्दमा राख्ने आदेशको सक्कल पूर्जी मलाई हेर्न कारागारका कर्मचारीले नदिएकोले नक्कल सम्म उपलब्ध गरी हेर्दा सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३(१)(घ) को कुरामा विरोध पर्न जाने कामबाट रोक्न भन्ने कुरा उल्लेख गरी पूर्जी दिएका रहेछन । पतिकै हस्ताक्षरबाट रिट निवेदन दर्ता गरी पठाउन कारागारको कर्मचारीले नदिएकाले म निवेदिका यो याचना गर्दै आएकी छु । ३. जिकिर : सार्वनिक सुरक्षा ऐनको दफा ३(१)(घ) को प्रयोग आत्मनिष्ठ तवरबाट हुनसक्दैन। (साविक पेज नं. ७५) वस्तुनिष्ठ आधारको अभावमा उक्त ऐनको प्रयोग भएकोले प्र.जि.अ.ले स्वेच्छाचार गर्नुभएको स्वतः सिद्ध छ, सार्वजनिक सुरक्षा ऐन, २०१८ विशेष परिस्थिति अवस्था, देशको शान्ति र व्यवस्थामा असरपुग्दा मात्र प्रयोग हुने हो साधारण