निर्णय नं. १६३० - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६३० - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: असार अंक: ३ फैसला मिति :२०४०/०३/२१ २५१० निर्णय नं. १६३० ने.का.प. २०४० अङ्क ३ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३८ सालको रि.फु.नं. ५० आदेश भएको मिति : २०४०।३।२१।३ मा निवेदक : जिल्ला बाँके नेपालगञ्ज नगरपञ्चायत वडा नं.१४ बस्ने कृष्ण ट्रेडिड्ड कन्सर्नका मालिक ऐ.ऐ.बस्ने जोगराज अग्रवाल विरूद्ध विपक्षी : कर कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत समेत विषय : उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ (१) निवेदकले आय विवरण दाखिल पनि नगरेको, कर अधिकृत समक्ष आय व्ययको लेखा पेश गरे भएको पनि देखिन नआएको, फुलबेञ्चबाट इन्साफ जाँच गरिपाउँ भनी श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्रमा मेरो लेखालाई अमान्य घोषित गर्न निमित्त कुनै पर्चा खडा भएको छैन । लेखालाई अमान्य घोषित गरी न्यायोचित अनुमानद्वारा कर निर्धारण गर्न मिल्ने होइन भनी लेखिएको शुरू अवस्थामा पेश नगरी पछि त्यस्तो भने पनि कानुनी दायित्व निजले पूरा गरेको भन्न नसकिने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल ओदश न्या.बासुदेव शर्मा १. डिभिजनबेञ्चबाट २०३६।१२।१४।५ मा निर्णय भएको उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आदेश पाउँ भन्ने रिट निवेदनको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्ने विशेष जाहेरी विभागबाट मिति ०३८।१०।१९।२ मा लेखी आएबमोजिम फुलबेञ्चको लगतमा दर्ता भई पेश हुनआएको रहेछ । २. तथ्य संक्षिप्तमा यस प्रकार छ : व्यापारबाट ०२८।२९ दिपावलीमा वार्षिक प्राप्त हुनआएको कूल रकम देखाई सो मा खर्च कट्टा गरी खूद मुनाफा रू.७६२६।६८ मा पार्टनर कृष्णगोपालको हिस्सामा रू.३८१३।३४ र जोगराजको हिस्सामा रू.३८१३।३४ मुनाफा भएको भन्ने समेत व्यहोराको ०३०।१।४ मा पेश गरेको आय विवरण जम्मा रू.१,०७,०००। खूद आय प्राप्त भएको हुनुपर्ने भन्ने समेतको कर निरीक्षकको गोप्य प्रतिवेदन भएकोमा कूल आम्दानी रू.१,०७,०००। ठहरेकोले अग्रिम दाखिल भएको रू.३७,१००। ने.रा.बैंकमा दाखिल गर्नु होला भन्ने समेत व्यहोराको ०३२।२।२१ को कर निर्धारण आदेश भएकोले सो आदेश बदर गरिपाउँ भन्ने समेत व्यहोराको पुनरावेदनमा कर कार्यालय भेरी अञ्चलले कर निर्धारण गरेको आदेश सदर ठहर्छ भन्ने समेत व्यहोराको राजस्व न्यायाधीकरण नेपालगञ्जको फैसला भई सो उपर पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन पर्दा अनुमति (साविक पेज नं. ७९) प्रदान गर्न मिलेन कानुन बमोजिम गर्नु भन्ने सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत सिड्डलबेञ्चको मिति ०३५।११।११ को आदेश । ३. रिट निवेदन जिकिर : हामीले पेश गरेको लेखालाई अकारण एकातिर पन्छाई गरिएको आय निर्धारणले आयकर ऐन, २०३१ को दफा ३२(२) र ने.आ.नि.२०२० को नियम ३ को प्रत्यक्ष त्रुटि हुनगएको छ । मलाई कर निर्धारण गर्नुभन्दा पहिले सफाइको मौका प्रदान नै नगरी कर निर्धारण गरिएकोबाट आयकर ऐन, २०३१ को दफा ३३(५) को प्रत्यक्ष उल्लंघन गर्नुको साथै प्राकृतिक न्याय सिद्धान्तको विपरीत समेत हुनगएको छ, कर निरीक्षकको प्रतिवेदन आयकर ऐन, २०३१ को दफा ३३(४)(क) अन्तर्गत तथ्ययुक्त प्रतिवदेन नभएकोले त्यसको आधारमा गरेको कर निर्धारणले सो ऐनको दफा ३३(२) को प्रत्यक्ष त्रुटि हुनगएको छ । कर निरीक्षकको व्यक्तिगत आधारहिन अवधारण