निर्णय नं. १६३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: असार अंक: ३ फैसला मिति :२०४०/०३/३१ २५८१ निर्णय नं. १६३१ ने.का.प. २०४० अङ्क ३ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको रि.फु.नं. ५८ आदेश भएको मिति : २०४०।३।३१।६ मा निवेदक : का.जि.का.न.पं.वडा नं.७ बौद्ध बस्ने टासी लामा समेत विरूद्ध विपक्षी : का.जि.का.न.पं.वडा नं.६ बौद्ध बस्ने विकुलाल श्रेष्ठ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) निर्णयबाट मोही कायम नभई ऋण रकम निश्चित भएको सम्म देखिनाले रहेको मोहीको लगत कानुन बमोजिम कट्टा हुनुपर्छ भन्ने स्थित नरहने । (प्रकरण नं. १७) (२) आसामीले थैली फिर्ता बुझाएपछि बन्धकी सम्पत्तिमा कुनै अधिकार नै कायम नरहने बन्धकी साहुले सो बमोजिम थैली फिर्ता भइसकेपछि पनि कायम रहने गरी अरूलाई मोहियानी हक प्रदान हुन सक्छ भन्ने सम्झन नमिल्ने । (प्रकरण नं. १८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उपे्रती विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त उल्लिखित मुद्दा : सम्वत् २०४० सालको रि.फु.नं. ४० निवेदक अजिमुल्ला मुसलमान विरूद्ध भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय कपिलवस्तु समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा २०३०।१२।१३ मा सिद्धान्त प्रतिपादित । आदेश न्या.त्रिलोकप्रताप राणा १. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३७।१०।१७।६ को निर्णय दोहर्‍याई पाउँ भन्ने निवेदकहरूको निवेदनमा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्‍याई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ । २. विकुलाल श्रेष्ठले सेर्पा लामाबाट ०२१।८।१ र ०२०।८।१५ मा भोगबन्धकी लिएको बौद्ध गा.पं.वडा नं.४ कि.नं.४ को १०–११–३ गुठीतर्फ ऐ.कि.नं.५६,७ को २–१२–० जग्गा विपक्षी विकुलालको बन्धकी थैली धरौट राखी जग्गा हामी ३ जनाले ०३०।५।१४ मा राजीनामा पास गरी लिएको राखेको धरौटी रकम विपक्षले बझी लिनुपर्ने ठहर भई यस कार्यालय र प्र.जि.अ.बाट फैसला भई विपक्षीले सेर्पा लामाबाट भोगबन्धक खाएपछि ०२१ सालको नापीमा मोहियानीमा आफ्नो नाउँ लेखाए तापनि भोगबन्धकीको नाता समाप्त भएपछि जग्गा साविककै रूपमा फिर्ता गर्नुपर्नेमा नगरी जोत्दै आएकोमा अब जोताहाको रूपमा हात हाल्न पाउँदैनौ भन्दा ममा उक्त जग्गा जोत्ने अधिकार छ भनी मोहीमा खिचोला गरेकाले विपक्षीको जोताहा कट्टा गरिपाउँ भन्ने समेत विपक्षी टासी लामा समेतको संयुक्त उजूरी परेकोमा, विपक्षी समेतले लिएको राजीनामाको गा.पं.बौद्ध वडा नं.४(ग) कि.नं.४ को १०–११–३ राजीनामाबाट देखिने राजीनामा भन्दा बढी जग्गा (साविक पेज नं. ८२) विपक्षीहरूको हक नै हुन नआउने दावी लिएका, विपक्षीकै दातासँग उजूर पर्दा स.अ.बाट ०३१।७।१८ मा भू.प्र.का.बाट गरेको मिति ०३०।२।२८ को फैसलाले जोत बदर गरेकोमा स.अ.को उक्त मिति ०३१।७।१८ को फैसलाले मिति ०३०।२।२८ को फैसला बदर भई मैले मोहियानी हकको प्रमाणपत्र समेत पाइसकेको जग्गामा विपक्षीले जोत कायम गरिपाउँ भनी दिएको उजूरी नै लाग्न नसक्ने हुँदा झुठ्ठा भई खारेज गरिपाउँ भन्ने समेत निवेदक विकुलालको प्रतिउत्तर परेकोमा उक्त कित्ताहरू भोगबन्धकीमा लिएको भन्ने फिल्डबुक उतारबाट देखियो यस कार