निर्णय नं. १६३२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६३२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: असार अंक: ३ फैसला मिति :२०४०/०३/३१ २२०५ निर्णय नं. १६३२ ने.का.प. २०४० अङ्क ३ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको रि.फु.नं. ५७ आदेश भएको मिति : २०४०।३।३१।६ मा निवेदक : का.जि.का.न.पं.वडा नं.३१ पुतलीसडक बस्ने हिरण्यप्रसाद श्रेष्ठ समेत विरूद्ध प्रत्यर्थी : का.न.पं.वडा नं.६ बौद्ध टुसाल बस्ने विकुलाल श्रेष्ठ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) उल्टी हुने ठहरी निर्णय भएको प्रस्तुत मुद्दामा पनि सोही विवादास्पद जग्गाको बाली विषयलाई लिएर बागमती अञ्चल अदालतबाट निर्णय भएको देखिएकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्ने गरेको डिभिजनबेञ्चको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. ११) आदेश न्या.त्रिलोकप्रताप राणा १. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३७।१०।१७ को निर्णय उपर परेको विन्तिपत्रमा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम यसबेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्नबमोजिम छ । २. विपक्षीहरू मध्येको हिरण्यप्रसाद समेत जवान ७ ले ०१६ सालदेखि जोताहा मोही भई जोती आएको जग्गा ०२०।८।२५ मा मलाई नै भोगबन्धकी दिई जग्गा हकसमेत मेरो भए जग्गा जुन नापीमा का.जि.बौद्ध गा.पं.वडा नं.४ को कि.नं.४ मा रोपनी १०–११–३ को कित्ता १ र ऐ.ऐ.४ (ग) कि.नं.५ मा ०–१०–४ को कित्ता १ ऐ.कि.नं.६ को १–८–० को कित्ता ऐ.कि.नं.७ को ०–१३–० को कित्ता १ समेत जम्मा ४ कित्ता भई कि.नं.४ मा रैकर र अरू कित्ता गुठीको जग्गा हो । सो सबै कित्ताको जोताहा निस्सा भई मैले दश कर्म गरी जोती आएको जग्गाको बाली ०३२।७।२२ मा लुटपिट गरे भन्ने समेत व्यहोराको मेरो विपक्ष मध्येको का.जि.अ.मा फिराद परेको थियो । त्यसमा वादी दावीको जग्गा मध्ये ४ खण्डको १ खण्ड निमा लामाले राजीनामा गरी लिई मेरो हक हुनआएको भूमिसुधारबाट विपक्षीको मोहियानी हक समाप्त भई आÇना निस्सा भई आफैंंले जोती आएको र त्यसको बाली खाएकोमा सावित भई प्रतिवाद गरेको भन्ने समेत व्यहोराको प्रतिवाद परेको थियो । त्यसमा शुरू का.जि.अ.ले वादीको बिगो रू.८१६२।५० दावी गरेको मिल्दोजुल्दो नदेखिँदा रू.१८१७। सम्म बिगो कायम गरी प्र.मध्येको निमा लामा, टासी लामा, हिरण्यप्रसादले लुटी लगेको ठहर्छ भन्ने समेत ठहर गरी फैसला भएकोमा म निवेदकको र विपक्षीहरूको पुनरावेदन परी विपक्षी मध्येको बा.अं.अ.मा मुद्दा दायर (साविक पेज नं. ८८) भएकोमा बा.अं.अ.बाट धरौट रही निखन्न पाउने गरी ०३२।८।८ मा प्र.जि.अ.बाट अन्तिम फैसला भएको देखिएको समेतबाट वादीको दशकर्मको भन्न नमिल्ने हुँदा वादीको बिगो रू.१८१७। प्रतिवादीबाट भराउने गरेको जिल्ला अदालतको इन्साफ गल्ती ठहर्छ विकुलालको पुनरावेदन जिकिर पुग्न सक्दैन भनी ०३५।६।१६ मा अन्तिम गरी फैसला भएको रहेछ । ३. यसरी कानुन प्रतिकूलमा गई फैसला निर्णय गरी नेपालको संविधानको धारा १०, धारा ११ (२) (ङ) तथा धारा १५ द्वारा प्रदत्त हकमा आघात परेकोले उक्त फैसलाहरू उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत निवेदन जिकिर । ४. विपक्षीद्वारा लिखितजवाफ मगाई आएपछि पेशगर्नु भन्ने सिड्डल बे.को मिति ०३७।३।२३।१ को आदेश । ५. अदालतले कानुन नियम बमोजिम गरेको फैसलालाई कानुनी मन प्रयोग नगरी मनोमानी इन्साफ गरेको भन्न