निर्णय नं. १६३३ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६३३ - ज्यान भाग: २५ साल: २०४० महिना: असार अंक: ३ फैसला मिति :२०४०/०३/३१ २४१६ निर्णय नं. १६३३ ने.का.प. २०४० अङ्क ३ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४० सालको फौ.सा.नं. १३४ फैसला भएको मिति : २०४०।३।३१।६ मा वादी : श्री ५ को सरकार विरूद्ध प्रतिवादी : अलि खाँ मुसलमान मुद्दा : ज्यान (१) वारदातको दिन प्रतिवादीले आफू अन्यत्र छु भनी करणी गरेको र मारेको होइन भनी अदालतमा इन्कारी भए तापनि वारदातको दिन अन्यत्र भएको कुरा प्रमाणित हुनआएको छैन । यस्तो अवस्थामा प्र.लाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याएको मनासिव ठहर्ने । (प्रकरण नं. १७) फैसला प्र.न्या.नयनबहादुर खत्री १. सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ साधक जाँचको लागि पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. यही २०३४ साल मंसीर ११ गते बिहान खाना खाई अन्दाजी १२ बजे तिर दाउरा खोज्न भनी मोहना पार झोडीयामा गएकी मेरो सहोदर छोरी बर्ष १४ कि सर्केनी तामाड्ड समयमा घर नआउँदा कहाँ गई भनी १३ गते बिहान मेरो श्रीमती र म समेत मोहनादेखि (साविक पेज नं. ९०) उत्तर बडरा गाउँदेखि पश्चिम खोज्दै जाँदा सो ठाउँमा उक्त छोरी भएको मेरो श्रीमती लालमाया तामाड्डले देखी निज रोएको आवाज सुनी म त्यसतर्फ गई हेर्दा कर्तव्य गरी मारेको शंका लागी लास कुरुवा राखी जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । ३. मृतक सर्मेनी तामाड्डले लगाएको ब्लाउज केही तल खुस्किएको पेटीकोट च्यातिई योनीको माथि सरेको, धोती लास अन्दाजी एकबित्ता जति पर रहेको, लास उत्तर दक्षिण उत्तानो भइरहेको एक हात माथि अर्को हात खापी पेटमाथि रहेको, दुवै खुट्टा बसे झैं गरी पछाडि फर्केको, बायाँ खुट्टा जराको मुनी च्यापिएको हातका औंला केही मात्रामा खुम्चिएको, मुखबाट जिव्रो केही बाहिर निस्के जस्तो देखिएको, योनीबाट प्रसस्त मात्रमा रगत निस्केको तथा योनी च्यातिए जस्तो देखिएको, गुद्वारबाट मल ननिस्केको, सो ठाउँमा योनीबाट निस्केको रगत बगेको, मृतकले लगाएको पेटीकोट र निजले ओड्ने गरेको पछ्यौरा निजको मलद्वारले च्यापिएको, सो कपडाहरूमा रगत बगेको, निजको बायाँ आँखा केही चिजले खाई नभएको, दुवै खुट्टा घुँडा मुनी पनि कुनै चिजले खाएको घाउ भएको, घाँटी निर च्यापे जस्तो देखिएको, बायाँ हातको नाडीमा छाला केही मात्रामा खुल्सिए जस्तो देखिएको, मृतक सर्किनी तामाड्डको लासको नाकमा बुलाकी कानमा रिड्ड दुवै हातमा हरियो र रातो रवरको चुरा लगाएको, कपालको रौं खुला भई केही मात्रामा मुख छोपिएको भन्ने समेत व्यहोराको कृष्णबहादुर समेत १३ जनाले गरी दिएको लासप्रकृति मुचुल्का । ४. २०३४।९।११ गतेको दिन जाहेरवालाकी छोरी सर्केनी तामाड्डनीको मृत्यु भएको हो । बुझिएसम्म मृतकलाई कर्तव्यबाट मारेकोमा पूर्ण विश्वास लाग्छ तर कहाँ बस्ने के नाउँ जात गरेको व्यक्तिहरूले मारेका हुन् आजसम्म खुल्न नआएबाट भन्न सक्दिन भन्ने समेत व्यहोराको जवान १३ को सरजमीन मुचुल्का । ५. २०३४ साल चैत्र ३१ गतेका दिन भन्सार बटान बस्ने तुलसीदेवी मगरनीको मोहनापार दाउरा खोज्न गएको बखत नाउँ नजानेको व्यक्तिले पैसाको लालचा देखाई करणी गर्ने उद्देश्य गरिरहेको छ निजलाई पक्री कारवाही गरिपाउँ भनी मौखिक प्रतिवेदन गरेकीले पत्ता लगाउँदा भारत बरेली घर भई ढुंगा फोड्ने काम गर्ने अली खाँलाई फेला परी दाखिला गराएको छु सर्केनी तामाड्