निर्णय नं. १६३४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६३४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: असार अंक: ३ फैसला मिति :२०४०/०२/०५ २३७४ निर्णय नं. १६३४ ने.का.प. २०४० अङ्क ३ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३८ सालको रिट नम्बर १३८८ आदेश भएको मिति : २०४०।२।५।६ मा निवेदक : जिल्ला दाड्ड उरहरी गा.पं.वडा नं.७ हाल ५ बस्ने भक्तबहादुर डाड्डी विरूद्ध विपक्षी : अञ्चलाधिशको कार्यालय राप्ती अञ्चल दाड्ड तुल्सीपुर समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) मिल्न नचाहने व्यक्तिलाई कार्यालयमा उपस्थित गराई मिलापत्र गराउने कानुनले अधिकार दिएको नपाइने । (प्रकरण नं. ९) आदेश प्र.न्या.नयनबहादुर खत्री १. प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य यस प्रकार छ : मेरो साविक दर्ताको जि.दाड्ड देउखुरी उरहरी गा.पं.वडा नं.७ को हाल ५ मा नापी भई कि.नं.९(झ) को ०–१५–११ मेरो नाममा दर्ता भई मैले तिरोभरो गरी भोगी आएको जग्गा हो सो मध्ये २ कठ्ठा ७½ धुर दक्षिणतर्फबाट ११(२) ङ ले सम्पत्ति आफूखुशी गरी भोगचलन बेच विखन गर्न पाउने अधिकार दिएको र ऐ.धारा १५ ले कानुन बमोजिम बाहेक सो सम्पत्ति अपहरण हुन नसक्ने विपक्षी मध्ये तुलाराज रावत समेतले उक्त जग्गालाई बिगारी नोक्सान पारी मेरो जग्गाबाट विपक्षीहरूको जग्गामा कुलो लैजान विपक्षी गा.पं.कार्यालयमा निवेदन दिनु भएछ । गा.पं.कार्यालयले मलाई र मेरो २ छोरालाई बोलाएकोले गा.पं.कार्यालयमा गई आफ्नो भएको व्यहोरा लेखाई मेरो जग्गा बिग्रने भएकोले कुलो दिन मञ्जूर छैन भनी मैले भन्दा गा.पं.कार्यालयले मिलापत्र गर्न मञ्जूर नगरेकोले सो सम्बन्धमा निर्णय गर्नु भनी राप्ती अञ्चलाधिश कार्यालयमा मिसिल पठाई म र मेरा छोरा समेतलई पक्राउ गरियो । त्यहाँ पनि जग्गा छोड्न मञ्जूर नहुँदा प्रहरीले थुनामा राखी अनेक डर धम्की त्रास देखाई मिलापत्र भनेको कागजमा म र मेरा छोराहरूलाई सही गर्न लगायो । गाउँ पञ्चायतले अञ्चलाधिश कार्यालयलाई लेखेको पत्र समेतको नक्कल माग्दा अफिसियल पत्र भएकोले नक्कल दिन नमिल्ने भनी मेरो निवेदनमा मिति ०३८।७।१० मा दरपीठ गरियो । अञ्चलाधिश कार्यालयमा नक्कल लिन निवेदन दिँदा निवेदन सम्म दर्ता गरिएन ।(साविक पेज नं. ९४) ३. मेरो जग्गामा कुनै किसिमको कुलो थिएन र छैन पनि आफ्नो जग्गा बिगारी अरूलाई कुलो लैजान दिन मञ्जूर नभएको यस्तो अवस्थामा विपक्षी गाउँ पञ्चायतले निर्णय गर्नु कुनै कानुनले अधिकार नदिएकोले निर्णय गर्न नसकी अञ्चलाधिश कार्यालयमा पठाएको तर अञ्चलाधिश कार्यालयलाई यस्तो कुलो सम्बन्धमा हेर्न निर्णय गर्न मिलापत्र गर्ने कुनै अधिकार दिएको छैन । यस्तो आफूलाई अधिकारै नदिएको नभएको विषयमा अञ्चलाधिश कार्यालयले अधिकारक्षेत्र ग्रहण गरी बलजफत गराएको मिलापत्र अ.बं.३५ नं.ले स्वतः बदरभागी छ । मेरो जग्गा आफूखुशी भोगचलन गर्न पाउने गरी नेपालको संविधानको धारा ११(२)(ङ) द्वारा प्रदत्त हकमा आघात परेकोले र सो निर्णय मिलापत्र बदर गराई माग्न आएको छु । संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने मिति ०३८।८।२९।२ को सिड्डलबेञ्चको आदेश । ५. साविक देखि चलिआएको कुलो अनाधिकार तवरले भाँची दिएकोमा गा.पं.ले सम्झाउँदा पनि नमानी कानुनको अवहेलना गरेकोले गा.पं.ले सम्झाई बुझाई मिलापत्र गराई द