निर्णय नं. १६३५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६३५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: असार अंक: ३ फैसला मिति :२०४०/०३/०९ २४३८ निर्णय नं. १६३५ ने.का.प. २०४० अङ्क ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३८ सालको रिट नम्बर १३०६ आदेश भएको मिति : २०४०।३।९।५ मा निवेदक : बर्दिया जिल्ला गुलरिया गा.पं.वार्ड नं.१ सिर्जनाटोल बस्ने वेनुप्रसाद घिमिरे विरूद्ध विपक्षी : का.मु.जिल्ला शिक्षा अधिकारी, जिल्ला कार्यालय शिक्षा शाखा वर्दियासमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जिल्ला शिक्षा अधिकारीलाई अवकास दिने अधिकार नहुने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या.बासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी जिल्ला कार्यालय शिक्षा शाखाले गरेको ०३८।११।१७ को निर्णय र तत्सम्बन्धी सम्पूर्ण कारवाही बदर गरिपाउँ भनी रिट निवेदन मिति २०३८।७।९।१ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : जिल्ला कार्यालय शिक्षा शाखा वर्दियाको मिति २०३८।१।१७ को निर्णयानुसार शिक्षा नियम, २०२८ को परिच्छेद २५ को धारा ७६ अनुसार शिक्षक आचारसंहिता पालन नगरेको र आफ्नो पद अनुसारको आचरण नगरेको अभियोगमा शिक्षा ऐन, २०२८ को दफा १७ र शिक्षा नियमावली, २०२८ को परिच्छेद १० को धारा ७२८ को उप–धारा (२)(क) को अधिकार प्रयोग गरी निवेदकलाई निवेदकको (साविक पेज नं. ९६) उक्त शिक्षक पदबाट अवकास दिइएको छ । नियमानुसार आफू जिम्मा भएको विद्यालय सम्बन्धी नगदी जिन्सी तथा सम्पूर्ण सामानहरू सम्बन्धित विद्यालयमा बुझाउन हुन समेत अनुरोध छ भन्ने समेत निवेदकलाई मिति २०३८।१।१९ मा पत्र दिइएको रहेछ । ३. शिक्षा नियमावली, २०२८ को परिच्छेद १० को नियम २८ को उपनियम (२)(क) को अधिकार प्रयोग गरी विपक्षी जिल्ला कार्यालय शिक्षा शाखाको २०३८।१।१७ को निर्णयानुसार अवकास दिइएको छ भनिएको छ विपक्षीले प्रयोग गरेको उक्त नियम २०३७।१२।१३ गते संशोधन भई विद्यालयका शिक्षक वा कर्मचारीलाई सजाय गर्ने सम्बन्धमा नसिहत दिने र तलव वृद्धि रोक्का गर्ने सजायको लागि विद्यालयका प्रधान अध्यापक अन्य सजायको लागि सञ्चालक समिति र प्रधान अध्यापकलाई सजाय गर्ने सम्बन्धमा विद्यालय सञ्चालक समितिलाई अधिकार दिइएको छ भन्ने उक्त मितिमा राजपत्रमा प्रकाशित छ । मलाई मेरो शिक्षक पदबाट अवकास दिने गरी निर्णय गर्न पाउने कानुनी अधिकार विपक्षी शिक्षा शाखा लाई नहुँदा क्षेत्राधिकार नाघी गरेको निर्णय मुलूकी ऐन अ.बं.३५ नम्बरले बदरभागी छ । ४. मैले शिक्षा नियमावली, २०२८ को नियम ७६ मा उल्लेख भए अनुसारको आचारसंहिताहरू कुनैको पनि उल्लंघन गरेको छैन आफ्नो कर्तव्य प्रति सजग रही अनुशासित ढङ्गबाट अध्यापन कार्य गर्दै आएको छु । मैले पालना गर्नुपर्ने आचारसंहिता मध्ये यो आचारसंहिता उल्लंघन भयो गरियो भन्ने अभियोग लगाउन स्वयं विपक्षीले सक्नुभएको छैन । ५. प्रथमतः मेरो शिक्षक पदबाट बरखास्त गर्ने कानुनी अधिकार विपक्षी शिक्षा शाखालाई छँदै छैन विभागीय सजाय गरी अवकास दिन पाउने अधिकार प्राप्त अधिकारीले पनि सो कार्य गर्नुभन्दा अगावै मलाई आफ्नो सफाइको सबूत पेश दाखिल गरी बयान प्रतिवाद गर्ने प्रष्टिकरण दिनपाउने मौका शिक्षा नियमावली, २०२८ को नियम ४७(ख) को उपनियम (१) बमोजिम दिनुपर्ने हुन्छ । यदि मौका दिएन भने प्राकृतिक न्याय