निर्णय नं. १६३७ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६३७ - अंश भाग: २५ साल: २०४० महिना: असार अंक: ३ फैसला मिति :२०४०/०२/१५ २९१७ निर्णय नं. १६३७ ने.का.प. २०४० अङ्क ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको दे.पु.नं. ३७८ फैसला भएको मिति : २०४०।२।१५।१ मा पुनरावेदक/प्रतिवादी : जि.रूपन्देही ढर्का गा.पं.वार्ड नं.८ बस्ने लखापत यादवको मु.स.गर्ने कोमल यादव विरूद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने लालसा यादवसमेत (साविक पेज नं. १००) मुद्दा : अंश (१) अघि नै आफ्नो अंश लिई भिन्न भएकाहरूले अंश पाउँ भन्न मिल्ने नदेखिँदा अंश पाउँ भन्ने दावी पुग्न नसक्ने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल फैसला न्या.धनेन्द्रबहादुर सिंह १. निवेदक पुनरावेदकले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका हजूरमा चढाएको निवेदन बमोजिम न्यायिक समितिको सिफारिशमा मुद्दा दोहोर्‍याई हेरी दिनु भन्ने बक्स भई आएका हुकुम प्रमाङ्गी बमोजिम गर्न सम्माननीय प्रधान न्यायाधीशज्यूको आदेशबाट फुलबेञ्चको लगतमा दर्ता भई फुलबेञ्चबाट पुनरावेदन गर्ने अनुमति प्रदान भई डिभिजनबेञ्चको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य निम्नानुसार छ : २. पुर्खा शिवनन्दनका २ छोरा जेठा गुरूप्रसाद कान्छा कुमार भएका गुरूप्रसादका ५ छोरा क्रमशः जेठो छेवर (मृत), माहिलो खलपत, साहिँलो दुलारे (मृत) काँइलो हरिहर र कान्छो दशरथ हुन् । छेवरको २ छोरा क्रमशः जेठा चिनकान (मृत) कान्छो गुहु (मृत) भई चिनकानका छोरा जेठा शान्तराम र कान्छा लाल्सा हुन् । कान्छा बुगारेतर्फ ३ छोरा जेठा भगेते माइला परमनाथ र कान्छा ओधु हुन् । म भगौतिको पत्नी हुँ । गुरूप्रसादका सन्तान र कुमारका सन्तान बीच २०२३ सालदेखि मानोसम्म छुट्टिई बसेका हुन् रीतपूर्वक अंश भएको छैन । २०२५ सालमा भारतमा बस्ने भागिरथले मूल पुरुष शिवनन्दनका ३ छोरा गुरूप्रसाद लक्ष्मणकुमार भनी लक्ष्मणको छोरा भगिरथी भनी मेरो लोग्ने भगौती उपर अंश मुद्दा दर्ता गर्दा मेरो लोग्नेबाट अंश पाउने गरी श्री प.क्षे.अ.बाट फैसला भएको । यसैबीच मेरा लोग्नेको मृत्यु भएकोले मेरो भागबाट भागीरथीले अंश लिन पाउने निश्चित हुँदा गैर अंशियारले हामीसँग अंश लिने भएको रीतपूर्वक अंशबण्डा नगरेमा सम्पत्ति हिनामिना भई मनपरी हुने हुँदा विपक्षीहरूलाई जम्मा गराई अंश दिनुहोस् भन्दा इन्कार गरेकोले तायदाती लिई गुरूप्रसाद र कुमारेको २ भाग छुट्याई कुमारेको ३ छोरा हुँदा ३ भाग गरी भगौतीको एक भाग अंश दिलाई पाउँ भन्ने समेत फिराद दावी । ३. वादी दावी अनुसार हामीले अंश दिनुपर्ने होइन । वादीले वंशावली नै गलत दिएको छ । किनभने प.क्षे.अ.को ०३२।३।३१ को फैसलाबाट भागीरथी पनि वादीका लोग्ने भगौतीको अंशियार ठहरी अन्तिम फैसला भएको छ । त्यसमा भागीरथी शिवनन्दनका माहिला छोरा लक्ष्मणको छोरा ठहरी कुमारेको सन्तानसँग मानो अंश जोडी बसेको आधारमा अभिन्न अंशियार ठहरी अंश पाउने भन्ने उल्लेख भएको छ । उक्त मुद्दामा हामी हरिहर समेतलाई पेटबोलीबाट बुझी तायदाती लिएको वादीको कथनबाट हामीसँग त्यसबेला दावी नै नगरेकोले तायदाती पेश भए तापनि अंश लाग्दैन भन्ने फैसला छ वादीको लोग्ने भगौतिले सो अंश मुद्दाको प्रतिवाद गर्दा हामी हरिहर लगायतका व्यक्ति निज सगोलमा बसी अंशबण्डा नभई सगोलमा बसेका छैन भन्ने लेख्नसकेको छैन । शिवनन्दनका मृत्युपछि गुरूप्रसाद अंश भिन्न गरी अलग बसेका लक्ष्मण र कुमार मात्र संग बसेको तथ्य वादीको लोग्ने भगौतीले २०२३ सा