निर्णय नं. ८६०० - अंश दपोट हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६०० - अंश दपोट हक कायम भाग: ५३ साल: २०६८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६८/०१/२८ ४५८७ ने.का.प. २०६८, अङ्क-०४, निर्णय नं. ८६०० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती सम्वत् २०६४ सालको दे.पु.नं. ०६४–CI– ०९१२ फैसला मितिः २०६८।१।२८।४ मुद्दाः– अंश दपोट हक कायम । पुनरावेदक वादीः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा न..१ बस्ने राजेन्द्रध्वज खड्का विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. बस्ने बुनुमैया खड्कासमेत शुरु फैसला गर्ने :– मा.जि.न्या.श्री तेजबहादुर कार्की पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री भीमेन्द्रबहादुर कार्की मा.न्या.श्री दीपककुमार कार्की § कागज गर्नु भन्नुको तात्पर्य कुनै घोषणा गर्नु हो, अर्को शब्दमा कुनै कुरामा आफ्नो प्रतिवद्धता जाहेर गर्नु हो । कुनै पक्षले अर्को पक्ष समक्ष कुनै कवुल गर्दछ र त्यो कवुल कानूनसम्मत छ भने त्यसले कागज गर्ने र गराउने दुवै पक्षलाई करारीय हक र दायित्व पनि सिर्जना गर्दछ । अंशबण्डाको २७ नं. को प्रयोजनार्थ दवाए छपाएको छैन भनी गरिने कागजलाई केवल अंशबण्डाको २१ नं. सँग मात्र आवद्ध छ भनी अर्थाउनु कानूनसंगत नहुने । § तायदातीमा कुनै सम्पत्ति लुकाउनु अंश दपोटको विषय बन्दछ । तर, पारित बण्डापत्रमा पनि सम्पत्ति नलुकाएको नदबाएको घटी बढी नपारेको र यसो गरेको ठहरे नदवाउने नलुकाउनेले एकलौटी खानु भन्ने बाक्य उल्लेख हुन्छ भने यसलाई अंशबण्डाको २७ नं. को परिधिभित्र पर्दै पर्दैन भन्ने अर्थ गर्नु कानून र न्यायसंगत नहुने । (प्रकरण नं.४) § अंशबण्डाको २७ नं. देवानी विषय भएर पनि कसूर र दण्डको व्यवस्था गर्ने कानून हो । अंशबण्डा गर्दा अंश लाग्ने सबै सम्पत्ति अंशियारहरू सबैका समक्ष प्रस्तुत हुन कसैले नदबाओस्, कसैले नछुपाओस् यदि कसैले यो दायित्व पूरा नगरी कसूर गर्छ भने यसो गर्नेले त्यो सम्पत्तिबाट आफ्नो भाग गुमाउने दण्ड पाउँछ भन्ने आशय अंशबण्डाको २७ नं. को हो । पारीवारिक व्यवहारमा शुद्धता र पारदर्शिता कायम नहुने र छल कपट हुने दुष्कृतिलाई नियन्त्रण गर्न विधिकर्ताले ल्याएको यो प्रावधानलाई केवल अंशबण्डाको २१ नं. मा पनि “कागज” भन्ने शब्द परेको छ र २७ नं. मा पनि “कागज” शब्द परेको छ भन्ने कारणले संकुचित अर्थमा ग्रहण गर्न नमिल्ने । § अंशबण्डाको २७ नं. अनुसार कागजका रूपमा व्यक्त गर्नुपर्ने लिखित प्रतिवद्धता कुनै पक्षले व्यक्त गरेको छ भने त्यसले यस कानूनको प्रयोजन पूरा गर्ने हुँदा त्यो कार्य दपोट हो होइन भन्ने प्रामाणिक परीक्षणको विषय बन्दछ । दवाए छपाएको छैन, दवाए छपाएको भए नदवाउनेले खानु भन्ने बोली नपरेको बण्डापत्र भने अंश दपोटको परिधिमा पर्न नसक्ने । (प्रकरण नं.५) § सम्पत्ति देखाउने कर्तव्य जसको नाममा सम्पत्ति छ त्यसको हुने हुँदा सम्पत्ति अर्थात् धनमाल दबाउनेको अन्य अंशियारलाई सो सम्पत्तिबाट वञ्चित गराउने दुराशय छ भने मात्र यो दपोटको विषय बन्ने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता अर्जुनकुमार बास्कोटा प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौला अवलम्बित नजीरः नेकाप २०५६ नि.नं. ६६८२ पृष्ठ १८५ सम्बद्ध कानूनः § अंशबण्डाको २१, २७ नं. फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत विराटनगरको मिति २०६४।८।२६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदक वादीको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य