निर्णय नं. १६३८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६३८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: असार अंक: ३ फैसला मिति :२०४०/०३/०९ २४०६ निर्णय नं. १६३८ ने.का.प. २०४० अङ्क ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव २०३९ सालको रिट नं. १८०६ आदेश भएको मिति : २०४०।३।९।५ मा निवेदक : जिल्ला रूपन्देही आनन्द वन गा.पं.वार्ड नं.३ शड्ढर नगर बस्ने प्रेमराज गुरुड्ड विरूद्ध विपक्षी : लुम्बिनी अञ्चलाधिश कार्यालय, बुटवल जिल्ला रूपन्देही बुटवल खस्यौली गा.पं.वार्ड नं.६ बस्ने देवनारायण गुरुड्ड विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ (१) जसले जबरजस्ती अनधिकृत रूपमा कागज गरायो भन्ने निवेदकको दावी छ उसैले सो कुरामा इन्कार रही लिखितजवाफ दिन्छ भने सो कागजको अस्तित्व छ भन्न मिल्ने कुरा नदेखिने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या.धनेन्द्रबहादुर सिंह १. विपक्षी कार्यालयले गराएको ०३९।२।१३ को लिखत उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउन नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत निवेदन पर्नआएको छ । (साविक पेज नं. १०६) २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : विपक्षी देवनारायणले मेरो दिदी लक्ष्मीदेवीसँग विवाह गर्नुभएकोमा सम्बन्ध बिच्छेद गरी पाउन दिदीको फिराद परेको थियो । सोही रिसले देवनारायणले सुन र नगद सासूकहाँ नासो राखेको लगभग रू.१,२२,०००। नदिएकोले दिलाई पाउँ भनी २०३८ कार्तिक तिर ठाडो उजूरी दिई प्रहरीबाट मेरो आमा र अन्य परिवार समेतलाई बोलाई विपक्षी कार्यालयमा लगी अवैध रूपमा आमाबाट अन्दाजी ७२ हजार रूपैयाँ ०३८ पौष मसान्त सम्ममा बुझाउने गरी कागज गराइयो । मलाई रोहवरमा राखिएको भए पनि मैले त्यति महत्व दिइन । आमालाई ०३९।१।३ मा पक्राउ गरी प्रहरी कार्यालयमा थुनामा राखेकोले लुम्बिनी अञ्चल अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएको थिएँ । सो निवेदन यही जेठ १३ गते पेशी भएकोमा सोही दिन बिहानै मलाई पक्री प्रहरीले अञ्चलाधिश कार्यालयमा लगी रू.४०,०००। जेठ २० गते सम्म बुझाउनेछु भनी लेखिएको कागजमा सही गरायो निवेदन अञ्चल अदालतबाट खारेज गरिएछ । सोही दिन दिदी लक्ष्मीदेवीलाई पक्राउ गरी थुनामा राखिएको छ । ३. नासो धरौट लेनदेन सम्बन्धी मुद्दा मामिला हेर्ने अधिकार विपक्षी कार्यालयलाई छैन । उक्त २०३९।२।१३ गते जबरजस्ती गराएको कागज अ.बं.३५ नं.ले स्वतः बदरभागी छ । उक्त लिखतको नक्कल समेत नदिएकोले पेश गर्न सकिन । मैले तिर्न नपर्ने रूपैयाँ तिर्नुपर्ने गरी मलाई कागज गराएकोले र सो कागज बदर गराउन कानुनमा अन्य उपचार समेत नभएकोले निवेदन गर्नआएको छु । उत्प्रेषणको आदेश जारी गरी उक्त ०३९।२।१३ गते गराएको लिखत बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्को ०३९।२।३१ को आदेश । ५. सासू रणकुमारी, श्रीमती लक्ष्मीदेवी, निवेदक प्रेमलाल र निजको भाइ (जो नेपाल प्रहरी फोर्समा नोकरी गर्दछ) उदयराज समेत ४ जना मिली मैले ब्रिटिश फौजमा काम गर्दा बचाई ल्याएको सवा उनानब्बे तोला जति सुनको गहना तथा रू.२३,०५०। जतिको नगद र अन्य धनमाल समेत गरी जम्मा पौने दुइलाख जतिको धनमाल पटक–पटक गरी हात पारे मध्ये मैले नै सासू रणकुमारीलाई राख्नदिएको एक कलम तोला २०।।। जतिको सुनको गहना