निर्णय नं. १६३९ - लिखतपास जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६३९ - लिखतपास जालसाजी भाग: २५ साल: २०४० महिना: असार अंक: ३ फैसला मिति :२०३९/०९/२५ २२६९ निर्णय नं. १६३९ ने.का.प. २०४० अङ्क ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३८ सालको दे.पु.नं. ४२३ फैसला भएको मिति : २०३९।९।२५।१ मा पुनरावेदक/प्रतिवादी : जि.झापा चन्द्रगढी गा.पं.वार्ड नं.६ बस्ने भीमप्रसाद न्यौपाने विरूद्ध विपक्ष वादी : ऐ.हल्दिवारी गा.पं.वार्ड नं.१ बस्ने माझन मुर्मु सतार्नीसमेत मुद्दा : लिखतपास जालसाजी (१) लिखतको व्यहोरा अन्य अंक अक्षर अर्को फरक गरी भिन्न–भिन्न अवस्था र समयमा भिन्न–भिन्न मसीले भिन्न–भिन्न लिपि टाँकामा लेखिएको देखिन्छ । वादी दावी बमोजिम सद्दे व्यवहारबाट लेखिएको भए उक्त लिखतको रूप, प्रकृति र अवस्था त्यस किसिमको देखिन नआउने। (प्रकरण नं. १३) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३६।१२।६ को निर्णयमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा दिएको निवेदनमा २०३८।१०।६ को डिभिजनबेञ्चको आदेशले अनुमति पाई यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको संक्षिप्त तथ्य तथा पुनरावेदन जिकिर : विपक्षले मबाट रू.१७,०००। लिई निज दर्ताको हल्दीवारी गा.पं.वा.नं.१ को कि.नं.४३८ को ज.वि.४–६–१५ जग्गा ०३१।१०।८ गते राजीनामा गरिदिएकोले सो लिखत म्यादमा पास गरी नदिएकोले पास गराई पाउँ भन्ने ०३५।५।६ को पद्मराज उप्रेतीको फिराद । ३. वादीलाई नचिनेको हुनाले लेनदेन गरेको छैन उक्त जग्गा मैले राजीनामा गरी दिएको छैन। राजीखुशीसँग राजीनामा गरी दिएको भए रजिष्ट्रेशनको १७ नं.बमोजिम जग्गाको सक्कलै रसीद लिनुदिनु पर्ने थियो सो नभएकाले र मेरो जग्गा गङ्गाप्रसाद उप्रेतीले जबरजस्ती कमाएको हो जग्गाको ०३०।०३१ सालको ठेक्का मलाई ३ पटक गरी बुझाउँदा लेख्ने मान्छे छैन भरपाई चाहिन्छ भनी पटकै पिच्छे २।२ थानका दरले ६ थान मेरो लिफा सही र साक्षीमा लेख्नेको समेत सहिछाप गराई लिएको थियो । त्यसै मध्येको कागजबाट कल्पित थैलो हाली वादीलाई साहू बनाई यो लिखत खडा गरेका हुन्, सक्कल लिखत देख्न पाए खुलाउने छु भन्ने समेत माझन मुर्मु सतार्नीको प्रतिउत्तर । ४. वादीबाट पेस भएको दुई प्रति राजीनामा देखाउँदा देखेँ हेरेँ सो लिखतमा लागेको ल्याप्चे सही मलाई (साविक पेज नं. १०९) वारेस दिने माझन सतार्नीकै हो, साक्षी मध्ये सोमाई सतारको नाउँमा लागेको ल्याप्चे सहिछाप पनि सोमाइकै हो, तर प्रतिउत्तरमा लेखिए बमोजिम गङ्गाप्रसादले ३ पटक ठेक्का धान बुझाउँदा भरपाई भनी तिनैपटक खाली कागजमा सही गराई लिएको लिफाबाट निज गङ्गाप्रसाद वादी पद्मराज उप्रेती मिली जालसाज लिखत खडा गरेका हुन् भन्ने समेत प्र.वा.भेषराजको बयान । ५. प्रतिवादी र निजको लोग्नेलाई साक्षीको रोहवरमा रूपैयाँ गनी बुझाई दिएपछि सद्दे व्यवहारले राजीनामा लिखत भए गरेको हो दावा अनुसार लिफामा जालसाजबाट लिखत खडा गरे गराएको होइन, गङ्गाप्रसाद उप्रेती भन्ने को हुन् वादीले चिने जानेको छैन भन्ने वादी विष्णुप्रसादको बयान । ६. माझन सतार्नी मेरो एकाघरको स्वास्नी हो, फिरादमा उल्लिखित जग्गा स्वास्नीले पद्मराजलाई राजीनामा गरिदिएको छैन । निजलाई चिनेको छैन, राजीनामाको सही मेरो नाउँमा लागेको ल्याप्चे सहिछाप हेर्दा मेरै हो, तर राजीनामा लिखत गरी सही गराएको होइन । गङ्गाप्रसादले हामीलाई भरपाई भनी सही गराएको थियो त्यही कागज हो भन्ने सोमा