निर्णय नं. १६४० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६४० - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: असार अंक: ३ फैसला मिति :२०३९/१२/२४ २५१६ निर्णय नं. १६४० ने.का.प. २०४० अङ्क ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको रिट नं. ११५५ आदेश भएको मिति : २०३९।१२।२४।५ मा निवेदक : जिल्ला सिराहा इनरुवा गा.पं.वडा नं.३ बस्ने हनुमानप्रसाद शारदा विरूद्ध विपक्षी : कर कार्यालय लाहान समेत विषय : उत्प्रेषण (१) कर कार्यालयको निर्णय पूर्णतया हचुवा भई राजस्व न्यायाधीकरणबाट अन्तिम निर्णय भएको विपरीत कुनै निर्णय गर्ने अधिकार कर कार्यालयलाई नहुने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. विपक्षी कर कार्यालय लाहानको २०३६।२।१४ र ०३८।२।१३ को कर निर्धारण आदेश र राजस्व न्यायाधीकरण धरानको (साविक पेज नं. १११) २०३७।१२।१७ को फैसला समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी निवेदकको संविधानको धारा १६ तथा धारा ७१ बमोजिम प्रस्तुत निवेदन पर्नआएको रहेछ । २. मुद्दाको संक्षिप्त तथ्य यस प्रकारको छ : कर कार्यालय लाहानले मेरा नाममा आ.ब. २०३१।३२ को एकमुष्ट खूद आए रू.११,४१,८६५।६२ कायम गरी कर रू.६,१५,१४८।२० र जरिवाना रू.२००। लगाई २०३६।२।१४ मा गैरकानुनी आयकर निर्धारण गरी आर्थिक दायित्व बढाउन भएको उपर राजस्व न्यायाधीकरण धरानमा मेरो पुनरावेदन परेको र राजस्व न्यायाधीकरणले मूलभूत कानुनी प्रश्नको निर्णय नै नगरी ०३७।१२।१७ मा कर कार्यालयको निर्णयलाई सदर ठहराउनुभएका उपर यस सर्वोच्च अदालतमा रिट दायर गर्न विरामी परी ढिलो हुन गएकोमा यसै बीच विपक्षी कर कार्यालयले ०३८।२।१३ मा सोही आ.ब.२०३१।३२ को थप आयकर लाग्ने गरी पुनः आयकर निर्धारण आदेश गरी खूद आय रू.१२,४९, ८६०।३७ कायम गरी कर रू.६,७०,१४८। निर्धारण गरी साविक बमोजिम रू.२००। जरिवाना समेत गरी आयकर निर्धारण आदेश पठाउनुभएको २०३८।२।१७ मा प्राप्त भयो । ३. राजस्व न्यायाधीकरण ऐन, २०३१ को दफा ६(२)(क) ले राजस्व न्यायाधीकरणबाट उक्त अन्तिम फैसला भएको विपरीत कुनै निर्णय गर्ने अधिकार कर फछ््र्यौट आयोगलाई मात्र छ र दफा ५५ बमोजिम निर्देशकको स्वीकृति लिनुपर्ने र मलाई पनि मनासिव मौका दिनुपर्नेमा सो गरिएको छैन । कानुन बमोजिम बाहेक कर लगाइने छैन भनी संविधानको धारा ५८ मा व्यवस्था भएको साथै कानुन छाडी काम गर्न कसैलाई छूट छैन भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भइसकेको छ । आयकर ऐन, २०३१ को दफा ६ ले विदेशमा आर्जन गरेको रकममा कानुन बमोजिमको खर्च कटाई आयकर लाग्ने व्यवस्था गरेको छ । निवेदकले भारतमा आर्जन गरेको रकमभन्दा बढी खर्च लाग्न गएको नेपालमा कुनै रकम नै प्राप्त नगरेकोमा कुनै प्रमाण नै नबुझी हचुवा तवरले कल्पित खूद आय कायम गरेको सम्बन्धमा राजस्व न्यायाधीकरणले खण्डन नै नगरी कानुन र तथ्य त्रुटि गरी कर कार्यालयको आदेश सदर गरेको कानुन तथा सर्वोच्च अदालतको सिद्धान्त विपरीत छ । विपक्षी कर कार्यालयले नोक्सानी र कारोवारमा हुँदै नभएको खूद आयको रकम रू.१२,४९,८६०।३७ कायम गर्नुभएको छ जुन नेपाल अधिराज्यमा प्राप्त नै भएको छैन । आयकर निर्धारण आदेशमा मूल खूद आय कसरी कायम गर्नुभएको हो सो खुलाउनुभएको छैन । साथै तत्काल आफ्नो मन्तव्य व्यक्त गर्ने मौका समेत मलाई दिइएन । उक्त खूद आयमा पारिवारिक खर्च रू.६,०००। कटाउनु पर्ने सो पनि नकटाइएको हुँदा कानुन तथा सर्वोच