निर्णय नं. ६२२६ - कर्तव्यज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२२६ - कर्तव्यज्यान । भाग: ३८ साल: २०५३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५१/०८/१५ ३८८९ निर्णय नं. ६२२६ ने.का.प. २०५३ अङ्क ७ पुर्ण इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने संवत् २०५० सालको फौ.पू.इ.नं. ..३० फैसला मितिः२०५१।८।१५।५ मुद्दाः कर्तब्य ज्यान । पुनरावेदक प्रतिवादीः धादिङ जिल्ला दारखा गा.पं. वडा नं. ७ घर भई हाल जिल्ला कारागार शाखा काठमाडौं थुनामा रहेको धनवीर आले मगर । विरुद्ध प्रत्यर्थी वादीःलाल बहादुर थापा मगरको जाहेरीले वादी श्री ५ को सरकार । § प्रतिवादी धनवीर आले मगरले अदालतमा आएर वयान गर्दा आफुले मृतक नन्दीसरा समेतलाई कर्तब्य गरी मारेमा इन्कार भई बयान गरेको देखिन्छ । अदालतमा बयान गर्दा प्रहरीले चाकमा खूर्सानी हाली यातना दिई प्रहरीले आफै लेखि सही गर भनेकोले मैले सही गरेको मैले स्वइच्छाले गरेको होइन भनी वयान गरेको देखिन्छ । चित्रे भन्ज्याङ गा.पं. कार्यालयले उक्त वारदात प्र. धनवीर आले मगरले गरेको शंका देखाई लेखेको पत्रको आधारबाट प्र. धनवीर आले मगर पक्राउ भएको र प्र. धनवीर आले मगर मृतकको घरमा आउने जाने गर्दथ्यो भनी सो आधार देखाई उक्त वारदात प्र. धनवीर आले मगर समेतबाट भएको भन्ने चित्रे भन्ज्याङ गा.पं. कार्यालयको शंका छ । गाउं पंचायतले गरेको शंका कुनै ठोस आधारबाट प्रमाणित हुन सकेको देखिदैन । शंका स्वयमले प्रमाणको स्थान ग्रहण गर्न नसक्ने । (प्र.नं. २४) § कस्तो अवस्थामा प्रतिवादीलाई देखेको भन्ने सम्वन्धमा प्रहरीमा गरेको वयान र अदालतमा भएको बकपत्रमा एकरुपता देखिंदैन । प्रतिवादीलाई डील बहादुरले बाटोमा देख्दैमा निजहरु मृतककै घरमा गए होलान भनी अनुमान गर्न नमिल्ने । (प्र.नं. २६) § वारदात भएको चश्मदित व्यक्तिको अभाव देखिन्छ । केवल शंका र अनुमानको आधारमा व्यक्त गरिएका कुरालाई प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने । (प्र.नं. २८) § प्रतिवादी प्रहरीमा वयान गर्दा साविती भए पनि उक्त साविति अन्य स्वतन्त्र प्रमाणबाट समर्थित समेत हुन सकेको देखिंदैन । शंकाको सुविधा अभियुक्तले पाउने हुंदा आरोपित कसुरबाट सफाई पाउने ठहर्याएको संयुक्त इजलासको माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणाको राय मनासिव ठहर्ने । (प्र.नं. २८) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री पवन भटृराइ तथा अमिता लक्ष्मी श्रेष्ठ प्रत्यर्थी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री कृष्ण राम श्रेष्ठ अवलम्वित नजीरः न्या.नरेन्द्र बहादुर न्यौपानेः संयुक्त इजलासमा मतैक्य हुन नसकी पुर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकास छः २. मिति २०४३।५।९ गते विहान मेरा वहिनीको लाश परेको छ भन्ने थाहा पाई म त्यहां पुगी हेर्दा वहिनीको कानमा लगाएको सुनको माडवारी नभएको र अरु धन संपत्ति के कति चोरी भयो । निजको श्रीमान विदेश (भारत) बाट फर्केपछि खुलाउने हुंदा कुन अपराधीले मेरो वहिनी र भान्जीलाई मारे अपराधी सूराक पत्ता लगाई कानून वमोजिम गरी पाउं भन्ने समेत व्यहोराको २०४३।५।१० को जाहेरी दरखास्त । ३. पिंडीमा रहेको खाटमा गुन्द्री, डसना, तन्ना समेतमा रगत लागी सुकेको दक्षिण मोहडा, उत्तर गोटा भई उत्तानो अवस्थामा दुवै आंखा चिम्लिएको नाकको प्वालबाट रगत वगेको घांटी गलामा कालो छाताको खोलले वांधी वलियो गांठो २ वटा पारेको भन्ने समेत आमा नन्दीसंग मगरनीको र दुवै हात दायां वायां जमीनतर्फ पछारिएको र नाकको प्वा