निर्णय नं. ९२०० - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२०० - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/०१/२५ ४०१९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल फैसला मिति : २०७१।१।२५।५ ०६९-CI-१२८० मुद्दा :– उत्प्रेषण/परमादेश । पुनरावेदक/विपक्षी : राजस्व अनुसन्धान विभाग हरिहरभवन, पुल्चोक, ललितपुरका तर्फबाट ऐ.का महानिर्देशक खुमराज पुञ्जाली विरूद्ध प्रत्यर्थी/निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ स्थित काष्ठमण्डप डेभलपमेन्ट बैङ्क, केन्द्रीय कार्यालय, पाको न्युरोड § कानूनी व्यवस्थामा प्रयोग भएको “प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि” भन्ने शब्दावलीको शाब्दिक व्याख्या गर्दा यसले आयकर ऐन, २०५८ को माथि उल्लिखित व्यवस्थालाई प्रस्तुत सन्दर्भमा निष्प्रभावी गराएको देखिने । § गाडीलाई धितो राखी कर्जा लिएका ऋणीले बैङ्कलाई बुझाउनुपर्ने पूरै किस्ता रकम नबुझाएपछि बैङ्कले लिलामी प्रक्रिया अपनाई सो सवारी साधन बैङ्कले नै सकार गरेको देखिन्छ । यसरी धितो राखिएको सो सवारी साधन ऋणीको स्वामित्वमा रहेको नभई बैङ्ककै स्वामित्वमा रहेको परिस्थितिमा उक्त सवारी साधनको माध्यमबाट राजस्व अनुसन्धान विभागले राजस्व असुली गर्न सक्ने अवस्थासमेतको विद्यमानता नदेखिने । (प्रकरण नं.५) पुनरावेदक/विपक्षीका तर्फबाट : विद्वान्‍ उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल प्रत्यर्थी/निवेदकका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § आयकर ऐन, २०५८ § बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ५७(१) पुनरावेदन अदालतमा आदेश गर्नेः मा.मु.न्या.श्री केशरीराज पण्डित । मा.न्या.श्री यज्ञप्रसाद बस्याल । आदेश न्या.कल्याण श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन अदालत, पाटनको मिति २०६९।११।१६ को आदेशउपर पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‍ ठहर यसप्रकार रहेको छ : मिति २०६७।११।११ मा यस बैङ्कका ऋणी भोलाकिशोर डंगोलले सवारी साधन खरिद गर्ने कर्जा माग गर्नुभएबमोजिम सोही सवारी साधन धितो सुरक्षण लिएर सवारी साधनमा कर्जा उपलब्ध गराइएको थियो । सो धितोलाई बैङ्कले फुकुबापत्र नदिँदासम्म यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुरमा यस बैङ्कको नाममा रोक्का राखिएको थियो । ऋणीले मिति २०६८।९।२४ सम्म नियमित कर्जा तथा कर्जामा लागेको व्याजसमेत बैङ्कले तोकिदिएको समयमा तिर्दै आएकोमा त्यसपछि नियमित किस्ता बुझाउन छाडेको हुँदा लिलाम गर्दा कसैले सकार नगरेकाले उक्त धितोलाई गैर बैङ्किङ सम्पत्तिको रूपमा दिएको कर्जा असुल गर्न यातायात व्यवस्था कार्यालय, वीरगन्जमा सरूवा दर्ता माग गर्दा यातायात व्यवस्था कार्यालय, ललितपुरले राजस्व अनुसन्धान विभागको पत्रले सो सवारी साधन रोक्का रहेको जानकारी दिएकाले उक्त पत्रलगायत निवेदकको हितविपरीत हुने गरी विपक्षीहरूबाट भए गरेका सो सम्बन्धी सम्पूर्ण कार्यहरू उत्प्रेषणको आदेशद्वारा बदर गरी उक्त सवारीलाई पुनः दोहोरो रोक्का नराख्नु फुकुवा गरी दिई निवेदक बैङ्कको मागबमोजिम बैङ्कको नाउँमा नामसारी तोकिएको ठाउँमा ठाउँसारी गरिदिनु भनी विपक्षीहरूका नाउँमा परमादेशलगायत उपयुक्त आदेश जारी गरिपाउँ भन्ने पुनरावेदन अदालत, पाटनमा पेस भएको निवेदन । निवेदन मागबमोजिम आदेश जारी हुन नपर्ने कारण भए सबुद प्रमाणसहित बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षीबाट लिखित जवाफ मगाउनु भन्ने उक्त अदालतक