निर्णय नं. १६४३ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६४३ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: श्रावण अंक: ४ फैसला मिति :२०३९/१२/१८ २४३० निर्णय नं. १६४३ ने.का.प. २०४० अङ्क ४ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नं. ४४ आदेश भएको मिति : २०३९।१२।१८।६ मा निवेदक : हाल जिल्ला कार्यालय कारागार शाखा भैरहवामा थुनामा रहेको निररत्न शाक्य भिक्षुको हकमा ऐ.ऐ.एकाघरको श्रीमती ऐ.बस्ने भुवनलक्ष्मी शाक्य विरूद्ध विपक्षी : लुम्बिनी अञ्चल अदालत समेत विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ (१) अ.बं.११८(१८) आकृष्ट हुनको लागि अभियुक्त आफू उपर लागेको कसूरमा सावित हुनुपर्ने । प्रहरी तथा अदालत दुवै ठाउँमा इन्कारी बयान दिएको देखिएकोले अ.बं.११८(१८) नं.को आधारमा निज अभियुक्तसँग जरिवाना कैद वा बिगो बापत धरौट माग्ने स्थिति देखा नपर्ने । अदालतले त्रुटिपूर्ण रूपमा अ.बं.११८(१८) प्रयोग गरी धरौट माग गरेको र सो धरौट राख्न नसकेको कारणबाट अ.बं.११८ को (१९) नं.बमोजिम थुनामा राख्ने गरेको सम्पूर्ण आदेश नै गैरकानुनी देखिँदा निज अभियुक्तलाई थुनामा राखी कारवाही गर्न नमिल्ने । (प्रकरण नं. १८) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : का.मु.वरिष्ठ सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या.धनेन्द्रबहादुर सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चका माननीय न्यायाधीशहरू बीच राय नमिलेकोले सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम फुलबेञ्च समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. पाल्पा भैरहवा स्थानको पुजारी लोकनाथ योगी (साविक पेज नं. ११९) समेतको जाहेरीले श्री ५ को सरकार वादी भएको मूर्ति चोरी मुद्दामा ५०।६० बर्ष भन्दा अगाडि स्थापित भगवान प्राणेश्वरको मूर्ति ०३९।६।६ गते राति चोरी भएको भन्ने समेत व्यहोराको जाहेरी दर्खास्तबाट कारवाही चली जि.प्रहरी कार्यालय काठमाडौंको मिति ०३९।६।१९ को पत्र साथ उक्त मूर्ति विषेशज्ञबाट जाँच गराउनको लागि पुरातत्व विभागमा पठाउँदा उक्त मूर्ति १०० बर्ष ननाघेको भनी ०३९।६।१९ मा उक्त विभागले प्रतिवेदन पठाएकोमा सरजमीन र अन्य संकलन हुनआएको कागजबाट यो मूर्ति १८७१ वि.सं.भन्दा अगाडिको देखिएकोले पुनः जाँच गराउन पुरातत्व विभागलाई पठाइदा पुरातत्व विभागले पहिले कै प्रतिवेदनलाई सदर गरी पठाएकोले उक्त प्रतिवेदन आधा तथा हचुवा भएकोले प्रस्तुत मुद्दा प्राचीन स्मारक संरक्षण ऐन, ०१३ अनुसारकै कसूर भित्र पर्नआएकोले प्रतिवादी मध्येका अभियुक्त खेमबहादुर थापा, निररत्न शाक्य यमबहादुर लामा समेतले उक्त प्राणेश्वरको मूर्ति भैरवस्थानबाट हटाई काठमाडौंसम्म ल्याउन लगाई मूर्ति राखिएको ठाउँ बेरूप पार्नको साथै आर्थिक लाभको निमित्त खरीद बिक्री गर्न खोजिएको देखिएकोले निजहरूले पनि प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा १२ को कसूर गरेको देखिएकोले निजहरूलाई सोही ऐनको दफा १२ तथा ऐ.को दफा १३(५) अनुसार कैद र जरिवाना दुवै गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन विपक्षी लुम्बिनी अञ्चल अदालतमा परेको रहेछ । ३. प्राचीन स्मारक संरक्षण ऐन अन्तर्गतको कसूरमा माग दावी पर्नआएको प्रहरी प्रतिवेदनबाट प्राचीन स्मारक ऐन, २०२३ को दफा १९ अन्तर्गत शुरू कारवाही गर्न यस अदालतको अधिकारक्षेत्र अन्तर्गत पर्न आउने देखिएकोले हाल यो मुद्दा फौज्दारी ठाडो दाय