निर्णय नं. १६४४ - अंश दपोट दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६४४ - अंश दपोट दर्ता बदर भाग: २५ साल: २०४० महिना: श्रावण अंक: ४ फैसला मिति :२०४०/०३/१० ३००१ निर्णय नं. १६४४ ने.का.प. २०४० अङ्क ४ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहदुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह सम्वत् २०३८ सालको दे.पु.नं. १३८ फैसला भएको मिति : २०४०।३।१०।६ मा निवेदिका/वादी : गण्डकी अञ्चल तनहुँ जिल्ला किहुं गा.पं.वार्ड नं.३ बस्ने केशरी पाध्यानी विरूद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने टिकानिधी पाध्या समेत मुद्दा : अंश दपोट दर्ता बदर (१) मानो छुट्टिएको मितिभन्दा पछि राजीनामाबाट आर्जन गरेको सम्पत्तिमा अंश हक लाग्नसक्ने कानुनी व्यवस्था नदेखिएबाट दपोट नठहर्याएको इन्साफ मनासिव हुने । (प्रकरण नं. १२) फैसला प्र.न्या.नयनबहादुर खत्री १. पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलाको इन्साफ जाँच गरी दिनु भन्ने श्री सर्वोच्च अदालतका नाउँमा हुकुम प्रमांगी बक्स पाउँ भनी निवेदिका केशरी पाध्यानीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाउनुभएको विन्तिपत्रमा यसमा व्यहोरा साँचो भए यसमा लेखिएको पश्मिाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको अंश दपोट दर्ता बदर मुद्दाको मिसिल झिकाई त्यस अदालतबाट इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेबमोजिम यस अदालतको विविध लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. विपक्षहरू मेरा देवर, जेठाजु, जेठानीहरू हुन् र निजले मलाई खान लाउन समेत नदिई कुटपिट लुटपिट गरेकाले अंश दपोटमा मेरो उजूर परेपछि निजहरूले तायदाती फाँटवारी दिँदा तनहुँ डुम्रे बेंसी मौजाको भगवत जिम्माको धिरीङ गजरकोट मध्ये डुम्रे बेंसी बस्ने तारानाथ पाध्याबाट राजीनामा गरी लिएको पूर्व सातबिसे खोला समेतका ४ किल्ला भित्रको पुरन्डी भन्ने खेत मुरी ४६–१७–४ जग्गा तायदातीमा नदेखाई आफूले मात्र खानपाउने सल्लाहा गरेछन सो दबाएको सम्पत्ति टंकनाथले तायदातीमा चढाई पाउँ भनी उजूर गरेछन र अरू अंशियारहरूले ०९ सालमा मानु छुट्टिए पछि ०१३ सालमा किनेको निजको जग्गा हुँदा बण्डा नहुने व्यहोराको प्रतिउत्तर दिई आखिरी मलाई नदिई टंकनाथ समेतका अंशियारहरूले खाने बन्दोवस्त गरेछन र टंकनाथले तारेख छाडी मुद्दा डिसमिस गराएछन सो जग्गा तायदातीमा नदेखाई दबाउने विपक्षहरूले नपाई मैले एकलौटी खान पाउने कुरा अंशबण्डाको २७ नं.मा प्रष्ट व्यवस्था भइरहेको हुनाले सो जग्गा सबै मेरो कायम गराई सर्भे जाँचका दर्ता श्रेस्ता गराई दिनुपर्ने कलम १ निज विपक्षको तायदातीमा लेखिएको छ । (साविक पेज नं. १२८) ६ बण्डाको १ बण्डा मैले पाउने बण्डा छुट्टाई जि.मु.भगवत जिम्मा उमानिधीका नाउँमा दर्ता भएमध्ये पूर्व कुलो समेतका ४ किल्ला भित्रको खेत मुरी ।२।१७।५।२ को पुरेन्डी भन्ने खेत कित्ता १ ऐ.जिम्मा ऐ.का नाउँमा दर्ता भएको पूर्व सदारको खेत समेतका ४ किल्ला भित्रको खेत मुरी ।१।९।५ को लामा खेत भन्ने कित्ता १ जि.मु.डोलराज जिम्माको पूर्व सालगडी कुलो समेतका ४ किल्ला भित्रको सालगडी भन्ने पाखो कित्ता १ ऐ.जिम्मा पूर्व दिनानाथ समेतको खेत समेतका ४ किल्ला भित्रको पाखो बारी भन्ने कित्ता १ समेत उक्त ६–७–८ दफामा लेखिएका मेरा अंश भागमा परेका जग्गाहरू सर्भे जाँचमा मेरा नाउँमा दर्ता गरी दिनु विपक्षहरूले आÇना नाउँमा दर्ता गराएको बदर गरी विन्तिपत्रवालाका नाउँमा दर्ता गराउनु भनी हुकुम प्रमांगी बक्स पाउँ भन्ने केशरी पाध्यानीका निवेदन पेश हुँदा व्यहोरा साँचो भए त्यस अञ्चल अदालतबाट ठाडै बुझी