निर्णय नं. ६२२९ - मूद्दाः अंश चलन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२२९ - मूद्दाः अंश चलन । भाग: ३८ साल: २०५३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५२/११/०९ ४५५९ निर्णय नं. ६२२९ ने.का.प. २०५३ अङ्क ७ पुर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश हरि प्रसाद शर्मा संवत् २०५३ सालको स.अ.दे.पु.इ.नं. ... ९३ फैसला मितिः २०५२।१९।५ मूद्दाः अंश चलन । निवेदक वादीः का.जि.का.न.पा. वार्ड नं. २२ जुद्ध सडक घर भै हाल ऐ वार्ड नं. २३ झोछें वस्ने सानी तण्डुकार । विरुद्ध विपक्षी प्रतिवादीः आफ्नो हकमा र आमा हेरिमाया मरी मु.स. गर्ने ऐ.ऐ. वस्ने माणिक लाल तण्डुकार । ऐ.ऐ. वस्ने कान्छी तण्डुकार । ऐ.ऐ. लक्ष्मीलाल ऐ.ऐ. ऐ.ऐ. केदारलाल तण्डुकार । ऐ.ऐ. रामेश्वर ऐ.ऐ. । ऐ.ऐ. व्दारिका ऐ.ऐ. ऐ.ऐ. कृष्णलाल ऐ.ऐ. ऐ.ऐ. माहिली ऐ.ऐ. ऐ.ऐ. पशूपतिलाल ऐ.ऐ. ऐ.ऐ. धू्रवलाल ऐ.ऐ. ऐ.ऐ. उत्तमलाल ऐ.ऐ. ऐ.ऐ. कृष्णमाया ऐ.ऐ. ऐ.ऐ. वस्ने गणेशलाल ऐ.ऐ. ऐ.ऐ. इश्वरलाल ऐ.ऐ. ऐ.ऐ. वार्ड नं.३० वस्ने जनकमाया ऐ.ऐ. ऐ.ऐ. कमला ऐ.ऐ. ऐ.ऐ. सुवर्णलाल ऐ.ऐ. ऐ.ऐ. राजुलाल ऐ.ऐ. § विधिकर्ताले नयां सारवान कानून बनाउंदा त्यस्तो कानूनमा संशोधन गर्दा तथा त्यस्तो कानूनको खारेजी गर्दा कसैको कुनै हक अधिकारमा असर पर्ने हुन्छ नै । संवैधानिक सीमा बन्देजभित्र रही विधिकर्ताले सारवान विधिको नयां घोषणा सो विधिमा संशोधन तथा सो को खारेज गर्दा श्रृजना भएको हक अधिकार र कर्तव्यलाई अन्यथा भनी पुरानो विधि अनुरुप नै हुनुपर्छ भनी मान्ने हो भने समय सापेक्ष कानून बनाई सो कानून अनुरुपको व्यवस्था हुनुको सट्टा असमान्जस्यताको श्रृजना हुन सक्ने हुंदा कानून वमोजिम अधिकार प्राप्त अधिकारी समक्ष आफ्नो हकको प्रचलन गराई माग्न जाने व्यक्तिको हकको प्रचलन सो हकको खोजी गर्न गएका वखत लागु रहेको कानून बमोजिम गराई दिनुपर्छ अर्थात मुद्दाको निर्णय मुद्दा पर्दाका बखत विद्यमान रहेको कानूनको आधारमा गरी दिनु पर्ने हुन्छ । (प्र.नं. २४) § वादीले नालेश गर्नुभन्दा अगाडी नै मूलूकी ऐनमा मिति २०३४।९।२७ मा सातौं संशोधन भै अंशवण्डाको १६ नं. मा पैंतिस वर्ष उमेर पूगेकी विवाह नभएकी छोरीले छोरा सरह अंश पाउंछ भन्ने व्यवस्था भएको पाईन्छ । यस्तो अवस्थामा यी वादीले छोरा सरह अंश पाउने नभै खण्डे अंश पाउनु पर्छ भन्ने विद्वान अधिवक्ताको वहस जिकिरसंग सहमत हुन नसक्ने । (प्र.नं. २४) § अदालतले व्यक्तिले हक प्रचलन गराउंदा सरल र सुगम बाटो छ भने अनावश्यक दु:ख र अप्ठेरो बाटो रोज्नु उपयुक्त नहुने । (प्र.नं. २५) § सबै अंशियारले समेत तत्काल पाएको अंश समेत मिलाई बण्डा गर्दा धेरै अघि भैसकेको बण्डा र त्यस अनुसार गरिएको व्यवहारमा खलबली पर्ने हुंदा सो बमोजिम नगरी तत्काल ०१६।५।८ मा अंश बण्डा हुंदा सम्पूर्ण अंशको ७ भागको १ भाग अवंण्डा गोश्वारा रहेको घर वादीले अंश वापत पाउंदा फरक पर्ने देखिन नआएकोले वादी सानी तण्डुकारले अंश वापत का.जि. का.न.पा. वार्ड नं. २२ को कि.नं. ५९४ को ०-०-१-१ मा बनेको पितृ कार्यको लागि भनी बण्डा पत्रमा बण्डा नगरी राखेको उक्त अबण्डामा रहेको घर सम्पुर्ण अंशको ७ भागको १ भाग देखिंदा सो घर नै वादीले अंश वापत पाउने । (प्र.नं. २५) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तूलाधर । प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री तीर्थ बसौला । अवलम्वित नजीरः फैसला न्या. लक्ष्मण प्रसाद अर्याल : यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २