निर्णय नं. १६४५ - जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६४५ - जग्गा भाग: २५ साल: २०४० महिना: श्रावण अंक: ४ फैसला मिति :२०४०/०४/३० २३४२ निर्णय नं. १६४५ ने.का.प. २०४० अङ्क ४ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको दे.फु.नं. ४६९ फैसला भएको मिति : २०४०।४।३०।२ मा पुनरावेदक/वादी : जि.डडेलधुरा छगर्खा राई गा.पं.बुडाली गाउँ बस्ने सर्वजित ऐर विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने धनबहादुर लिटीरी खड्कासमेत मुद्दा : जग्गा (१) राजीनामाको आधारमा दाखिल खारेज गरी तिरोभरो समेत गरी आएको कुरा प्रतिवादीहरूले स्वीकार गरेको स्थितिमा वादीलाई नालिस गर्न अ.बं.८२ नं.ले हकदैया प्राप्त भएकै देखिने । (प्रकरण नं. ११) फैसला प्र.न्या.नयनबहादुर खत्री १. तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३८।८।१५ को निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ । २. १९९५ सालको नापीमा मु.जगन्नाथ भट्टको नाम दर्ता भएको भैरवस्थान देखि पूर्व समेतका ४ किल्ला भित्रको कि.नं.३६४ को पा.वि.।५ तिरो रू.४।४० को ऐरी गाउँ गडी मध्ये जगन्नाथको जग्गा देखि पूर्व, लिटीरीका धुरा जाने बाटो पश्चिम धारडाँडा उत्तर, खोल्सा दक्षिणको पा.वि.।२।४ तिरो रू.२।२० को ऐरी गाउँ गडो रू.९०।– मा ०२६।१।२८ मा मैले राजीनामा लिई भोगचलन गरेको ०३२।५।१६ मा दा.खा.समेत भएको जग्गामा विपक्षीहरूले मिति ०३२।१०।१५ गतेका दिन दक्षिणपट्टी धनबहादुरले, उत्तरपट्टि कल्से र पूर्वपट्टि धनी साउदले राजीनामाको साँध च्यापी जोत खन गरी मेरो हटकखिचोला गरेमा सजाय गरी राजीनामा बमोजिमको जग्गा थामीपाउँ भन्ने फिरादपत्र । ३. फिरादीको ऐरी गाउँ गडौ जग्गामा चलन भोग नभई सो जग्गा वनपाला सनदका ४ किल्ला भित्रको हुँदा वनपाली आएको गौचर सरकारी जग्गा हो वादीहरूको पायक पर्ने र बखत बखत खिचोला गर्ने गरेबाट सरकारी (साविक पेज नं. १३२) जंगल आवाद गर्न नपाउने ठहरी प्रधान न्यायालयबाट समेत फैसला भएको सो जंगल हाल आवाद गर्न रोक्का गर्न भनी डडेलधुरा उत्तर रेन्ज कार्यालयबाट ०३२।२।२३ मा निर्णय भएकोले नापी दर्ता गराउने उद्देश्यले हाल आवाद गर्न शुरू गरी मैले उजूर दिने हुँदा वास्तविक कुरा गुम राखी झुठ्ठा उजूर गरेको हो । प्र.पं.भोजराज भट्ट समेतलाई मिलाई ०२६ सालको जालसाजी राजीनामा दा.खा.गरी जग्गा आवाद गर्ने उद्देश्यले झुठ्ठा उजूर गरेको हो राजीनामा दा.खा.सक्कल देख्न पाएमा कीर्ते जालसाजी तर्फ उजूर गर्नेछु भन्ने कल्से लिटीरी र हाम्रो कि.नं.१२६,११५,११२ को जग्गा दर्ताको नाताबाट राजीनामाबाट हक भएको भनी झुठ्ठा दावी गरेको हो भन्ने धनी साउद र धनबहादुर लिटीरी समेतको प्रतिउत्तरपत्र । ४. वादी दावीको कि.नं.३६४ को ऐरी गाउँ जग्गा नभई अर्कै जग्गा अन्यत्र छ भनी वादीले जिकिर लिन सकेको पाइँदैन यसरी ऐरी गाउँ जग्गा आवाद गर्न प्रतिबन्ध भएको सो समेत वनजंगल आवाद गर्ने छैन भनी यी वादी तथा भोजराज भट्टसमेतले ०३२।६।१६ मा कागज गरी आफूले वनजंगल भनेको सोही जग्गामा दावी लिई भोगचलन गर्न नदिई खिचोला गर्यो भनी वादीले फिराद गर्न हकदैया नै पुग्न नसक्ने अवस्था देखिँदा प्रस्तुत मुद्दामा खिचोला गरेको हो, होइन र जालसाजी के हो भन्ने तर्फ विचार गरी रहनु नपरी मुद्दा खारेज हुन्छ भन्ने ०३५।८।३० को डडेलधुरा जि.अ.को फैसला । ५. वादी दावीबमोजिमको ऐरी गाउँ गडो जग्गा वनजंगल गौचर कायम राख्ने र फिराद दावी खारेज गर्ने डडेलधुरा जि.अ.बाट गर्नेगरेको इन्साफ