निर्णय नं. ६२३० - उत्पे्रषण मिश्रीत परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरी पाउं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२३० - उत्पे्रषण मिश्रीत परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरी पाउं । भाग: ३८ साल: २०५३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५३/०७/२२ २८८६ निर्णय नं. ६२३० ने.का.प. ०५३ अङ्क ७ विशेष इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री उदय राज उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा संवत् २०५२ सालको रिट नं. ... २७४५ आदेश मिति : २०५३।७।२२।५ विषयः उत्पे्रषण मिश्रीत परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरी पाउं । निवेदकः जि. रौतहट विक्रामपुर गा.वि.स. वडा नं. ८ घर भै हाल तथ्याङ्क शाखा कार्यालय पर्साको सुपरिवेक्षक पदमा कार्यरत वर्ष ३८ को सुरेश मोहन भण्डारी । जि. मोरङ विराटनगर न.पा. वडा नं. ३ घर भई हाल केन्द्रिय तथ्याङ्क विभागमा सहायक पदमा कार्यरत वर्ष ३६ को सुनिल कुमार श्रेष्ठ । का.जि. का.म.न.पा. वडा नं. २८ घर भई हाल ऐ.मा तथ्याङ्क पदमा कार्यरत वर्ष ४८ को रामभक्त मास्के । का.जि. का.म.न.पा. वडा नं. ७ घर भई हाल तथ्याङ्क निमित्त अधिकृत पदमा कार्यरत वर्ष ३८ को शरद राज नेपाल । का.जि. थानकोट गा.वि.स. वडा नं. ७ घर भई हाल ऐ. मा तथ्याङ्क सहायक पदमा कार्यरत वर्ष ४१ को शिवराज शर्मा । जि. महोत्तरी पराल गा.वि.स.वडा नं. ६ घर भई हाल तथ्याङ्क शाखा कार्यालय पर्साको तथ्याङ्क अधिकृत पदमा कार्यरत वर्ष ५० को रामजीवन शरण यादव । जि. सप्तरी गा.वि.स. वेरीया वडा नं. ५ घर भई हाल शाखा तथ्याङ्क कार्यालय उदयपूरको नि. तथ्याङ्क अधिकृत पदमा कार्यरत वर्ष ४७ को श्यामानन्द झा । जि.सिन्धुली मकुवा गा.वि.स. वडा नं. ५ घर भई हाल शाखा तथ्याङ्क कार्यालय काभ्रेमा नि. तथ्याङ्क अधिकृत पदमा कार्यरत वर्ष ४२ को केशव वहादुर कार्की । जि. सुनसरी मधेशा गा.वि.स. वडा नं. ५ घर भई हाल शाखा तथ्याङ्क कार्यालय सुनसरीको सुपरिवेक्षक पदमा कार्यरत वर्ष ४० को वोध प्रसाद आचार्य । जि. तनहुं केशवटार गा.वि.स. वडा नं. १ घर भई हाल केन्द्रिय तथ्याङ्क विभागमा तथ्याङ्क सहायक पदमा कार्यरत वर्ष ३३ को सरोज भट्टराई । बिरुद्ध विपक्षी : लोक सेवा आयोग केन्द्रिय कार्यालय कमलपोखरी । श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालय, सिंहदरवार । श्री ५ को सरकार सामान्य प्रशासन मन्त्रालय, हरिहरभवन । श्री ५ को सरकार तथ्याङ्क विभाग थापाथली । § निजामती सेवा ऐन, २०४९ को दफा ७५ मा यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि श्री ५ को सरकारले सवै निजामती सेवाहरुमा सामान्य रुपले लागु हुने नियमहरु बनाउन सक्नेछ भन्ने उल्लेख भए वमोजिमको अधिकार प्रयोग गरी श्री ५ को सरकारले नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा (गठन समुह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु २०५१ मिति ०५१।५।१३ देखि लागु हुने गरी बनाइएको र सो बमोजिम निर्धारीत गरीएको शैक्षिक योग्यताको शर्त वन्देज लागु हुने भनी लोक सेवा आयोगले उपयुक्त सूचना प्रकाशित गरेको देखिन्छ । विना कानूनी आधार स्वेच्छाले सूचना प्रकाशित गरेको देखिंदैन । कानूनले निर्दिष्ट गरेको मार्ग अवलम्वन गरी कानूनी प्रकृया पुरा गरी गरिएको काम कारवाही अमान्य हुंदैन । कानूनद्वारा शैक्षिक योग्यता तोकीएको भेदभावपुर्ण देखिन आउदैंन । समान परीस्थितिमा समान व्यवहार गरिने भन्ने संविधानको मनसाय शैक्षिक योग्यता भएका र नभएकालाई समान तहमा राख्ने भन्ने होईन एकपटक कुनै पदका लागि शैक्षिक योग्यता निर्धारण भएकोमा सदा सोही कायम रहनू पर्छ आवश्यक भएपनि त्यस्मा परिवर्तन ल्याउन हुंदैन भन्नेकुरा तर्क एवं विवेक सम्मत नदेखिंने । (प्र.नं.