निर्णय नं. १६४६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६४६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: श्रावण अंक: ४ फैसला मिति :२०४०/०४/१५ २६९४ निर्णय नं. १६४६ ने.का.प. २०४० अङ्क ४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३९ सालको रिट नम्बर १९०३ आदेश भएको मिति : २०४०।४।१५।१ मा निवेदक : का.जि.न.पं.वडा नं.१ नक्साल डेरा गरी बस्ने तोमप्रसाद विमली विरूद्ध विपक्षी : केन्द्रीय प्रहरी विशेष अदालत मुकाम गृह मन्त्रालय समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अदालती बन्दोबस्तको ३५ नम्बर बमोजिम मुद्दा हेर्ने तथा निर्णय गर्ने निकाय नै अनधिकृत ठहरेकोमा परमादेशको आदेश जारी गर्ने अवस्था नदेखिने । (प्रकरण नं. १९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या.बासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी विपक्षी अञ्चल प्रहरी विशेष अदालतको मिति ०३८।५।११ को र केन्द्रीय प्रहरी विशेष अदालतको मिति ०३८।११।२७ को फैसला बदर गरिपाउँ भनी रिट निवेदन मिति ०३९।५।२५ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : जिल्ला प्रहरी कार्यालय काठमाडौंको प्रतिवेदन भनी म उपर रोग र शरीरको निर्वलताको झुठ्ठा बहाना गरी उर्दि नमानी कर्तव्य गर्न छाडेको भन्ने मुद्दा चलाई अञ्चल प्रहरी विशेष अदालतबाट मिति ०३८।५।११ मा ३ वर्ष ३ महीना कैदको सजाय उपर मेरो केन्द्रीय प्रहरी विशेष अदालत समक्ष पुनरावेदन पर्दा उक्त अदालतबाट मिति ०३८।११।२७ गते फैसला गरिँदा ८ महीना सजाय गरियो । तर मैले बयान दिँदा र पुनरावेदन दिँदाका जिकिरतर्फ कुनै तथ्ययुक्त खण्डन र कानुनी फैसला नगरिएको हुँदा उक्त विशेष अदालतहरूबाट भएको फैसला बदर गर्न अन्य उपाय नभएकोले नेपालको संविधानको धारा ७१ अन्तर्गत यस सम्मानित अदालतको असाधारण अधिकारक्षेत्रको शरण लिन आएको छु । थुनाबाट छुटकारा भएपछि आफ्नो घर तेह्रथुममा जाँदा धेरै ज्वरो आई विरामी परी विछ्यौनामा (साविक पेज नं. १३५) ३ महीना रहनु परेको र काठमाडौंमा औषधी गर्न आएको हाल मलाई केही सन्चो भएको हुँदा यस सम्मानित अदालतको शरण लिन आउँदा केही कागजातको संकलन गर्नु परेको र संकलन गर्दा केही समय व्यतीत भएको हुँदा समयमा नै यो निवेदन दिन आएको छु । ३. सर्वप्रथम विपक्षी विशेष अदालतले हदम्याद नाघी दायर भएको मुद्दा हेरी सजाय गर्न अधिकार छैन । प्रस्तुत मुद्दा प्रहरी ऐन, २०१२ को दफा ३६(ग)(२) को हदम्यादभित्रको छैन मलाई त्रिचन्द्र मिलटरी अस्पतालमा जचाउँदा कुनै रोग लागेको छैन भनी मिति ०३७।४।७ मा प्रतिवेदन प्राप्त भएपछि मिति ०३७।३।१८ र मिति ०३७।४।२५ देखि विदा लिएको भनी अञ्चल प्रहरी विशेष अदालतमा मिति ०३८।४।२५ मा प्रस्तुत भएकोबाट हदम्याद नघाई उजूरी गरेको प्रष्ट हुँदाहुँदै विपक्षी विशेष अदालतहरूबाट सजाय गरेको उक्त कानुनी व्यवस्थाको देखादेखी त्रुटि गरी फैसला गरेको छ । ४. यस्तो महत्वपूर्ण कुरा जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई प्रतिवेदन दिई मुद्दा चलाउने अधिकार प्रदान छैन । अ.बं.८२ नं.ले हकदैया भएको व्यक्तिलाई मुद्दा दिने अधिकार भएको र उक्त मुद्दा श्री ५ सरकार वादी भई चल्ने मुद्दा नभएपछि जिल्ला प्रहरी कार्यालय काठमाडौं अन्तर्गतको कर्मचारी म नभई जिल्ला प्रहरी कार्यालय बाजुराको कर्मचारी भएकोले जिल्ला प्रहरी कार्यालय काठमाडौंले चलाएको मुद्दा अ.बं.८२ नम्बरको