निर्णय नं. १६४७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६४७ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: श्रावण अंक: ४ फैसला मिति :२०४०/०४/१३ २३९४ निर्णय नं. १६४७ ने.का.प. २०४० अङ्क ४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको रिट नं. १७८५ आदेश भएको मिति : २०४०।४।१३।६ मा निवेदक : भक्तपुर जिल्ला भ.पु.न.पं.वडा नं.१२ वोलाछे टोल बस्ने नानीबेटी कासुला १ विरूद्ध विपक्षी : ऐ.ऐ.बस्ने नारानभक्त सुजखु १ समेत विषय : उत्प्रेषण (१) निज सो सँधियार नभई म हुँ भनी रिट निवेदिकाले उजूर गरेकोमा सँधियार को हो भनी यकिन गर्ने अधिकार नगरपञ्चायतलाई नभएको । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानांग विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर आदेश न्या.धनेन्द्रबहादुर सिंह १. विपक्षी नगरपञ्चायतको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउने नेपालको संधिानको धारा ७१ अन्तर्गतको प्रस्तुत रिट निवेदन पर्नआएको । २. संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : घर बनाउन पेश भएको नक्सा मध्येको उत्तर साँधमा एक हातपेटी आफ्नै भन्ने वादी र विपक्षको कुनै पेटी छैन म समेतका सगोलको घर र चोक भनी प्र.गोविन्दमानको उजूर परी सो पेटीमा वादी र गोविनदमानको तेरो मेरो परी हक बेहक देखिएकोले सम्बन्धित अदालतबाट हक कायम गर्न जानु भन्ने र दक्षिण साँधमा कृष्णभक्त कासुलाको घर किलाश भनी साँध दिएकोमा २०१६।७।२६ गते भक्तपुर जिल्ला अदालतको बण्डा बमोजिमको मेरो अचल सम्पत्तिमा आघात पर्ने हुँदा नक्सा पास नहोस भन्ने प्र.नानी बेटीको उजूरी सम्बन्धमा कस्को कुन तर्फ के कति भाग छ सो बमोजिम हक कायम गर्नु भनी प्र.नानी बेटीलाई सुनाउने नक्सा भित्र उजूर नपरेको हुँदा पेश भएको नक्सा बमोजिम घर बनाउन पाउने गरी वादीलाई नक्सा पास गरिदिने भन्ने समेत भक्तपुर नगरपञ्चायतको फैसला रहेछ । ३. मेरो उजूरी परेपछि नक्सा सरजमीन गर्नुपर्नेमा सो केही भएको छैन । म बसी आएको घर एकपटक अदालतबाटै बण्डा छुट्याई दिएको हुँदा बारम्बार अदालतमा जानु भनी भनेपछि अन्तिम टुंगो नलागेसम्म नक्सा पास गर्न मिल्ने होइन । नगर सभामा पुनरावेदन (साविक पेज नं. १४०) गर्दा पनि पुनरावेदन लिइएन । कानुनी बुँदा समेत उल्लेख नगरी गरेको उक्त निर्णयमा कानुनी त्रुटि हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिड्डलबेञ्चको ०३९।२।२८ को आदेश । ५. नक्सावालाले बनाइने भनेको घरको उत्तर तर्पmको पेटीमा विवाद परेकोले हक बेहक गर्न जानु भनी सुनाइएकै थियो । त्यस्तै दक्षिणतर्फको पेटीमा निवेदकको उजूर परेकोमा तेरो मेरो छुट्याउने अधिकार न.पं.लाई नभएकोले हक बेहकमा अदालतमा जानु भनी सुनाइएको विलकूल कानुन बमोजिम छ । बनाइने घर भित्रको उजूर नभएकोले नक्सा पास गरी दिएको हो । तसर्थ रिटनिवेदन खारेज हुनुपर्दछ भन्ने समेत भक्तपुर नगरपञ्चायतको लिखितजवाफ । ६. मैले नक्सा पास गरिपाउँ भन्ने दरखास्त दिँदा दक्षिणतर्फ कृष्णभक्त कासुलाले भोगचलन गरेको घर भएकोले साँध सम्म देखाएको हो । सो दक्षिणतर्फको साँधमा निवेदकको उजूर पर्दा हक कायम गर्न अदालतमा जानु भनी नगरपञ्चायतबाट सुनाइएको कानुन सगंत हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत नारानभक्त सुजखुको लिखितजवाफ । ७. निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानांगले एकपटक अदालतबाट निर्णय भई बण्डा छुट्याइसकेको कुराला