निर्णय नं. ६२३१ - परमादेश लगायत उपयूक्त आदेश जारी गरी पाउं ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२३१ - परमादेश लगायत उपयूक्त आदेश जारी गरी पाउं । भाग: ३८ साल: २०५३ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५२/०७/२१ ३३२३ निर्णय नं. ६२३१ ने.का.प. ०५३ अङ्क ७ संयूक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी संवत् २०५२ सालको रिट नं. ... २७७९ आदेश मिति : २०५२।७।२१।४ विषयः परमादेश लगायत उपयूक्त आदेश जारी गरी पाउं । निवेदकः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ वस्ने काशी दाहाल । बिरुद्ध प्रत्यर्थीः श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय । यूवा तथा खेलकूद संस्कृति मन्त्रालय । पुरातत्व विभाग । लुम्विनी विकास कोष । लुम्विनी विकास परीयोजना । § मायादेवी मन्दीरको पुनः निर्माण योजना अनुसार उत्खनन् र अन्वेषणवाट मायादेवीको पुरानो वनौट पत्ता लगाई सोही अनुरुप पुनः निर्माण गरिने भन्ने रहेको देखिन्छ । मायादेवी मन्दीर स्थित पिपलको बृक्ष प्राचिन स्मारक रहेको भन्ने कुराको निवेदकले प्रमाण दिन सकेको देखिन्न । त्यस्तै पिपलको बृक्ष मुनी नै भगवान गौतम वुद्धको जन्म भएको हो भन्ने कुराको प्रमाण आउन सकेको पनि छैन । लिखित जवाफवाट निवेदकको भनाईलाई अस्विकार गरी गौतम वुद्धको जन्म सालको बृक्ष अशोक तथा पलासको बृक्ष मुनी भएको ऐतिहासिक तथ्य्हरु छ भनिएको छ । यस अदालतको असाधारण अधिकार क्षेत्रका प्रयोगव्दारा प्रमाण बुझि यस ऐतिहासिक तथ्यको विवादको निपटरा गर्ने अवस्था भएन । (प्र.नं. १७) § प्राचिन स्मारक संरक्षण ऐन, ०१३ वमोजिमको कुरामा सोही ऐनवमोजिम हुने कुरा हो । पुरातात्विक र ऐतिहासिक वस्तुहरुको संरक्षण नष्ट हुन दिएको छैन । र बृक्षकाटी व्यापार गरेको छैन । पुरातात्विक वस्तुहरु समेतको संरक्षण गरी राखेका छौं भन्ने प्रत्यर्थीहरुको कथन छ । योजना अनुसार अन्वेषण तथा निर्माण कार्यका सिलसिलामा माया देवीको मन्दीरका मुर्ति अस्थाई रुपमा अर्को ठाउंमा राखिएको भन्ने कुराले खराव नियतवाट अन्यत्र सारीएको भन्ने पनि देखिन आएन । निवेदकले यो यस्तो पुरातात्विक र ऐतिहासिक वस्तु यसरी नष्ट गरीयो भनी ठोस प्रमाणका आधारमा जिकिर लिन सकेको पाइएन । पत्रिकामा लेखिएको कुराका आधारमा वास्तविकता र यर्थाथता जान्ने तर्फ प्रयास नै नगरी सोही समाचारको आधारमा मात्र यस अदालतको असाधारण अधिकार क्षेत्र अन्र्तगत प्राचिन स्मारकको रुपमा रहेको बृक्ष काटी नासी अवैध रुपमा व्यापार गरेकोले छानविन गरी दोषी उपर आवश्यक कारवाही गर्नु गराउनु भन्ने आदेश पाउं भन्ने निवेदकको जिकिर र पुरातात्विक प्राचिन वस्तुको संरक्षण नभएकोले संरक्षण गर्दै विकास कार्य गर्नु गराउनु भन्ने आदेश पाउं भन्ने समेत निवेदन जिकिर स्विकार योग्य नदेखिने। (प्र.नं. १७) § नेपाल अधिराज्यको संविधान, ०४७ को धारा १६ ले प्रत्येक नागरिकलाई सार्वजनिक महत्वको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भनी मौलिक हकको प्रत्याभुति गरेको छ । महान विभूति गौतम वुद्धको जन्मस्थल लुम्विनीको विकास निर्माणको क्रममा जन्मस्थल स्थित मायादेवीका मन्दीरको पुनः निर्माणको सिलसिलामा भएको उत्खनन् र अन्वेषणको कार्य सार्वजनिक महत्व तथा चासोको विषय रही आएको छ । गौतम वुद्धको जन्मस्थल लुम्विनी ऐतिहासिक सांस्कृतिक तथा पुरातात्विक महत्वको स्थल हूनाको साथै र यसप्रति गहिरो धार्मिक भावनात्मक सम्वन्ध पनि रहि आएको छ । गौतम वुद्धको जन्मस्थल लुम्विनी स्थित मायादेवी मन्दिरमा अवस्थित पिपलको वृक्षले मायादेवी मन्दिरको भौतिक स्थितिमा गांसिएर जन्मस्थलको एक हिस्साको रु