निर्णय नं. १६४८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६४८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: श्रावण अंक: ४ फैसला मिति :२०४०/०४/१२ २३८१ निर्णय नं. १६४८ ने.का.प. २०४० अङ्क ४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रि.नं. ९३२ आदेश भएको मिति : २०४०।४।१२।५ मा निवेदक : जुम्ला जिल्ला तातोपानी गाउँ पञ्चायत वार्ड नं.८ बस्ने रमाभक्त अधिकारी विरूद्ध विपक्षी : श्री अञ्चलाधिश कर्णाली अञ्चलाधिशको कार्यालय जुम्ला समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) बढुवाको प्रतिशत कायम हुनुभन्दा अघिबाट सरुवा भई आफ्नो पदमा रहिरहेको बढुवा त्रुटिपूर्ण छ भन्ने निवेदन जिकिर साररहित देखिएकोले निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.धनेन्द्रबहादुर सिंह १. ०३९।३।१७ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको रहेछ । २. संक्षिप्त तथ्य र निवेदन जिकिर यस प्रकार छ : सहकारी विभागको ०३६।११।१९ को निर्णयानुसार सहकारी शाखा जुम्लामा स.स.ई.पदमा सरुवा भई वर्तमान पदमा ०३२।७।५ देखि अविच्छिन्न सेवा गरी आएकोमा सहकारी शाखा जुम्लाको सहकारी इनिस्पेक्टर पदमा ०३८।९।१५ मा प्रतिशत छुट्याई ०३८।१०।९ को सूचनाको म्यादभित्र बढुवाको लागि सम्भाव्य उम्मेद्वारको हैसियतले फाराम भरेको थिएँ । सम्भाव्य उम्मेद्वार हुन नपाउने विपक्षी का.मु.स.इ.सोमनाथलाई सिफारिश गरियो । सो व्यहोरा ०३९।३।२८ मा थाहा पाई अञ्चलाधिशज्यू समक्ष पुनरावेदन गर्दा अघिकै निर्णय सदर गरी निर्णय भएको कुरा ०३९।३।२८ मा थाहा भयो । नक्कल माग्दा नक्कल दिइएन । (साविक पेज नं. १४३) ३. विपक्षी सोमनाथको साविक दरबन्दी जि.का.सहकारी शाखा रूपन्देहीमा भएकोमा सहकारी विभागको ०३८।७।२५ को निर्णयले सोही मिति देखि लागू हुने गरी जुम्लाका स.ई.ज्ञानबहादुर कार्कीलाई रूपन्देहीमा र निजको रिक्त स्थानमा सोमनाथलाई जुम्लामा सरुवा गरिए उपर लोकसेवा आयोगमा मेरो उजूरी पर्दा लोकसेवा आयोग केन्द्रीय कार्यालयको ०३८।११।२७ को पत्रद्वारा उक्त सरुवालाई अवैध ठहराइएकोमा ०३८।७।२५ देखि नै लागू हुने गरी जुम्लामा नै पठाइयो यसले गर्दा निजको स्थानमा सरुवा भएका सोमनाथको सरुवा स्वतः अवैध भयो । अवैध पदाधिकार ग्रहण गरिरहेको समयावधिमा सम्भाव्य उम्मेद्वार हुनपाउने होइन भनी मेरो बढुवा समिति समक्ष परेको निवेदनमा ध्यानै दिइएन । लोकसेवा आयोग स्तर निर्धारण शाखाको ०३५।१२।१० को परिपत्रमा बढुवाको प्रतिशत निर्धारण भइसकेपछि नयाँ कर्मचारीले सम्भाव्य उम्मेद्वार बन्न पाउँदैनन् भन्ने उल्लेख छ । विपक्षी सोमनाथ देवकोटा निजामती सेवा नियमावलीको नियम ३४(४) अन्तर्गत सम्भाव्य उम्मेद्वार बन्नपाउने होइन नि.से.नि.को नियम ४.१ अन्तर्गत एक पदमा दुई वा दुई भन्दा बढी व्यक्ति स्थायी बहाली हुन नसक्ने कानुनी प्रावधानको विपरीत ०३८।१२।२० को निर्णयले ०३८।७।२५ देखि नै लागू हुने गरी सरुवा भएको ज्ञानबहादुरको सरुवा अवैध ठहरिए पछि सोही मितिदेखि विपक्षी सोमनाथको साविक रूपन्देहीको पदमा रहेको भन्ने स्वतः सिद्ध छ । तसर्थ कानुन विपरीत कार्य गरी विपक्षीलाई बढुवा गरिएको हुँदा उत्प्रेषणको आदेशद्वारा अञ्चलाधिशज्यू र बढुवा समितिको निर्णय र कारवाही बदर गरी मेरो बढुवा हुनपाउने हक सुरक्षित गरिपा