निर्णय नं. ६२३२ - जग्गा श्रेस्ता कायम गरी दाखिल खारेज समेत गरी पाउं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२३२ - जग्गा श्रेस्ता कायम गरी दाखिल खारेज समेत गरी पाउं । भाग: ३८ साल: २०५३ महिना: कार्तिक अंक: ७ फैसला मिति :2053/06/04 ४३७१ निर्णय नं. ६२३२ ने.का.प. ०५३ अङ्क ७ संयूक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ संवत् २०५१ सालको दे.पु.नं. ... २७८० आदेश मितिः २०५३।६।१६।४ मुद्दाः जग्गा श्रेस्ता कायम गरी दाखिल खारेज समेत गरी पाउं । पुनरावेदक वादीः रौतहत जिल्ला सरुअठ्ठा गा.वि.स. वडा नं. ९ वस्ने गौरी शंकर राजपुत । बिरुद्ध विपक्षी प्रतिवादीः ऐ.ऐ. वा.नं. ५ वस्ने सिंगेश्वर राय यादव । § दुई थरीका वीचमा एकै कित्ता जग्गाको सम्वन्धमा स्वामित्वको प्रश्न उठी दर्ता श्रेस्ता बनाई जग्गाधनी प्रमाणपुर्जा पाउन उजुर परेकोमा त्यस्तोमा सवुत प्रमाणको मुल्याकंन गरी जग्गाको स्वामित्वको विवादको टुंगो लगाई एउटा जग्गाधनी र अर्का पक्षलार्ई मोही कायम गर्न अधिकार समेत मालपोत कार्यालयलार्ई कानूनले अधिकार प्रदान गरेको नपाइने । (प्र.नं. १३) § अधिकार क्षेत्रको प्रश्न कानूनी प्रश्न भएमा विवाद देखिन्न । कुनै पक्षले अधिकार क्षेत्रको वारेमा विरोध नगरे पनि अधिकार क्षेत्रको प्रश्न विशुद्ध कानूनी प्रश्न भएको हुनाले त्यस्तो कानूनी प्रश्नको सम्वन्धमा अदालत आफैले पनि जानकारी लिनू पर्दछ । यस्तो कानूनी प्रश्नको अदालत आफैले जानकारी लिई कानून वमोजिम जो हुनु पर्ने हो यथोचित निर्णय गर्न सक्ने । (प्र.नं. १३) § पक्ष विपक्षका वीचमा एकै कित्ता जग्गाको स्वामित्वलार्ई लिएर विवादको सिर्जना भएपछि त्यस्तो हकको निरोपण गर्न हकवेहकमा अदालत जानु भनी सुनाउनु पर्ने र मोही कायम गर्ने अधिकार समेत मालपोत कार्यालयलार्ई नभएकोमा एउटा पक्षलार्ई जग्गाधनी र अर्का पक्षलार्ई मोही कायम गर्ने गरी भएको मालपोत कार्यालयको मिति २०४९।१।९ को निर्णय अधिकार क्षेत्र विहिन हुंदा र सो निर्णयलार्ई सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको इन्साफ समेत मिलेको नदेखिंदा मालपोत कार्यालय रौतहटको निर्णय र निर्णयलाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला समेत वदर हुने । (प्र.नं. १३) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री राम प्रसाद भट्टराई विपक्षी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारी अवलम्वित नजीरः फैसला न्या. त्रिलोक प्रताप राणाःपुनरावेदन अदालत हेटौंडावाट मिति २०४९।११।१८ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १(क) को आधारमा दोहोर्याउने निस्सा प्रदान भै पुनरावेदनको रुपमा दर्ता हुन आएको प्रस्तूत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ । २. मेरो स्व. वावु कोर्दै सिहंको नाउं दर्तामा रहेको गा.पं. सरुअठ्ठा वडा नं. ५ कि.नं. १६४, १६९, को जम्मा ज.वि. ०-११-११ दर्ता भै भोग चलन गरी आएकोमा मेरो वावु आफ्ना कालगतिले ०३५।८।८ मा परलोक हुनु भएको, ०४८ सालमा वावुको नाउंको जग्गा म छोरा गौरी शंकरले नामसारी दा.खा. गराएर भोग गरी आएकोमा उक्त २ कित्ता जग्गा मेरो ज.ध.प्र.पुर्जामा नपरेवाट उक्त २ कित्ता छुट जग्गाको श्रेस्ता कायम गरी नामसारी दा.खा. समेत गरी पाउं भन्ने समेत व्यहोराको ०४८।२।१५ को गौरी शंकर सिंहको निवेदन । ३. विपक्षीले आफ्नो स्व. वावु कोदै सिंहको नाउंको सरुअठ्ठा पन्चायत जग्गाको मेरो वावुको नाउंको पुर्जामा जग्गा कायम गरी श्रेस्ता कायम नभएवाट श्रेस्ता कायम गरी पाउं भनी दिएको निवेदनमा मलार्ई हाजिर गराई वयान गराई पाउं भन्ने व्यहोराको ०४८