निर्णय नं. १६४९ - करकाप

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६४९ - करकाप भाग: २५ साल: २०४० महिना: श्रावण अंक: ४ फैसला मिति :२०३९/११/०४ २८९८ निर्णय नं. १६४९ ने.का.प. २०४० अङ्क ४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३८ सालको फौ.वि.नं. ८४ फैसला भएको मिति : २०३९।११।४।४ मा निवेदक/प्रतिवादी : कपिलवस्तु गा.पं.रंगपूर वा.नं.३ मौजे सानो सेमेरी बस्ने लदुर मुसलमान समेत विरूद्ध विपक्षी/वादी : परसाहिमा गा.पं.अन्तर्गत वा.नं.७ सानो सेमरी बस्ने नबलकिशोर तिवारी मुद्दा : करकाप (१) लेखक साक्षीलाई अदालतबाट बोलाएकोमा निज उपस्थित नभएकै कारणले व्यवहार सद्दे रहेनछ भनी निष्कर्षमा पुग्ने स्थिति नहुने । (प्रकरण नं. २१) निवेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली वादी विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज (साविक पेज नं. १४६) बिहारीप्रसाद सिंह फैसला न्या.त्रिलोकप्रताप राणा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ दोहोर्‍याई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य संक्षेपमा यस प्रकार रहेछ । २. ३१ साल फाल्गुण २६ गते अनारुल्लाको घरमा अन्दाजी बिहान ८।। बजेतिर अन्यायी मध्ये हरिहरले मलाई चल्न चटपटाउन नपाउने गरी दुवै हात र कम्मर कुमारेले समाते पछि अनारुल्लाले आफ्नो कमीजको जेवबाट छाँया अक्षर लेखेको राजीनामा फाराम दुइप्रति झिकी दुवै हातको सहिछाप गराउँ भन्दा ऋिषीरामले गाजल भएको कजरौटा झिकी मेरो दुवै औंठामा लाउन लगाउँदा करायो भने कुनामा रहेको भाला, बर्छा, लाठ्ठीले खतम गर्छौं भनेकाले ज्यानको डरले करकापमा परी कोठामा कुनै कुरामा नलेखिएको दायाँ बाँया २ ठाउँमा र पुछारमा ल्याप्चे सहिछाप गरी अनारुल्लाले दिएको फाउन्टेन कलमले औंठा छाप मुनिबाट अक्षले लेखी सहिछाप गरी चुपचाप घर जा भने पछि घर गई अदालतको शरण लिनआएको छु । अन्यायीहरूले आफ्नो नाउँमा वा परिवार नाताका नाउँमा राजीनामा खडा गर्नुभएकोले जालसाजीमा सजाय गरिपाउँ भन्ने समेत ०३१।१२।५।२ को फिरादपत्र । ३. ०३१ साल फाल्गुण २६ गते मेरो घरमा कुनै प्रतिवादीहरू र वादी आएका थिएनन् र मैले वादीबाट कुनै कागज सहिछाप गराएको होइन । वादीको दावी झुठ्ठा बनावटी हो । वादीले भाइ वेतुल्लाह मुसलमानसँग रू.५४,२००। घरसारमा बुझी लिई आफ्नो दर्ता हकको जि.कपिलवस्तु गा.पं.७।८ मध्ये बिगाहा ९–३–१ जग्गा ०३१।५।१६।१ मा घरसारको राजीनामा गरी दिनुभएकोमा म्यादभित्र पारित गरी नदिएकोमा पारित गराई पाउँ भनी भाइ बैतुल्लाहले यो वादी उपर मुद्दा दिई यसै अदालतमा मुद्दा चलिरहेछ । वादीले मेरा भाइ वेतुल्लाहलाई उक्त ०३१।५।१६।१ मा गरी दिनुभएको राजीनामामा वादीले पहिले लेखात्मक सहिछाप गरी पछि रेखात्मक सहिछाप गरेकोमा भनेको तर फिरादमा भने ल्याप्चे सहिछाप पछि कलमले सहिछाप गरेको भन्ने दावी परेकाले उक्त भाइ वेतुल्लाहको राजीनामाको कागजको सम्बन्धमा वादीको दावी नभएकोले वादीले अ.बं.३८ कीर्ते कागजको ३ नं.समेतलाई आधार देखाई कीर्ते कागजको १० नं.बमोजिमको सजायको माग गरेको हुँदा ती ऐनहरू भिन्न अवस्थामा प्रस्तुत हुने भएकोले यस्तो फिराद खारेज हुनुपर्ने भन्ने समेत ०३२।१।४ को अनारुल्ला मुसलमानको प्रतिउत्तरपत्र । ४. २०३१ साल फाल्गुण २६ गतेका दिन हामीहरू अनारुल्लाको घरमा गएका छैनौं । ऋिषीरामले वादीलाई बोलाई ल्याएको पनि होइन र हामीले करकाप जालसाजी गरी कागज सहिछाप गराएको नहुँदा दावी झुठ्ठा हो भन्ने समेत ०३२।२।४।१ को राम हरिहर तिवारी समेतज