निर्णय नं. ६२३३ - लेनदेन.

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२३३ - लेनदेन. भाग: ५३ साल: २०५३ महिना: कार्तिक अंक: ७ फैसला मिति :2053/06/14 २८५१ निर्णय नं. ६२३३ ने.का.प. ०५३ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संवत् २०५१ सालको दे.पू.नं. ... १९४४ फैसला मितिः २०५३।६।१४।२ मुद्दाः लेनदेन । पुनरावेदक प्रतिवादीः जिल्ला धनुषा वघचौरा गा.वि.स. वडा नं. १ वस्ने राम नारायण खतवे । बिरुद्ध विपक्षी वादीः ऐ.ऐ. वस्ने सत्य नारायण खतवे । ऐ.ऐ. वस्ने महेश्वर सिंह राजपुत । · घरको मुख्य व्यक्तिले गरेको व्यवहारमा गोश्वारा धनवाट चल्छ भन्ने लेनदेन व्यवहारको ८ नं. र सोही नं. वमोजिम लगाएको ऋण सवै अंशियारलार्ई भाग लाग्छ भन्ने अंशवण्डाको १८ नं. को कानुनी व्यवस्था भएकोले सत्य नारायण र राम नारायण खतवे भएको अंश मुद्दामा ऋणको सम्वन्धमा पछि साहुको उजुरी परेको वखत ठहरे वमोजिम हुने भनी भएको फैसला अन्तिम भैरहेको अवस्थामा प्रतिवादी सत्यनारायणले लिएको ऋण निजको अंशियार रामनारायणले तिर्न नपर्ने भन्न नमिल्ने । (प्र.नं. १०) पुनरावेदक प्रतिवादी तर्फवाटः विपक्षी वादी तर्फवाटः अवलम्वित नजीर : फैसला न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत जनकपुरको मिति २०४९।११।१० को फैसला उपर यस अदालतमा पुनरावेदन परेको प्रस्तूत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. प्रतिवादीले म संग २०३९।३।१४ मा रु.१३,०००। लिई कपाली तमसूक गरी दिई भाखाभित्र सावां व्याज र कोर्टफि समेत दिलार्ई भराई पाउं भन्ने समेत फिराद दावी । ३. दाजु रामनारायण र म सगोलमा रहंदा विपक्षी संग ऋण लिएको हो, हामी बीचमा अंश मुद्दा चल्दा फांटवारीमा उल्लेख भएको ऋण साहुको दावी परेका वखत ठहरे वमोजिम हुने गरी निर्णय भईसकेकोले आधा दाजु र आधा म तिर्न तयार छूं भन्ने प्रतिउत्तर जिकिर । ४. वादी प्रतिवादी मिली लेनदेन कारोवार गरे होलान म लिखतमा साक्षी नभएकोले थाहा छैन । मैले अंश पाई सकेको समेत हुंदा ऋण तिर्नु पर्ने होईन भन्ने समेत अ.वं. १३ढ नं. अनूसार वुझिएको रामनारायण खतवेले गरेको वयान । ५. अघि भएको अंश मुद्दाको फैसलामा हाल ऋण भाग वण्डा नलाग्ने ठहर्छ भनी फैसला भएकोले वुझिएका रामनारायण समेतवाट ऋण भराई पाउं भन्ने प्रतिवादीको जिकीर मनासिव नहुंदा वादी दावीको सावां व्याज प्रतिवादी सत्यनारायणवाट भरी पाउने ठहर्छ भन्ने शूरु धनुषा जिल्ला अदालतको फैसला । ६. अंश मुद्दामा ऋण देखाउंदा दाजुको विरोध नपरेको, म घरको मुख्य रहेकोमा स्वीकार गरेकोले आधा अंश लिने दाजु ले समेत ऋण तिर्नु पर्नेमा मैले मात्र तिर्नु पर्ने ठहर गरेको शूरुको निर्णय त्रूटिपुर्ण हुंदा वदर गरी पाउं भन्ने समेत प्रतिवादी सत्य नारायण खतवेको जनकपुर अंचल अदालतमा परेको पुनरावेदन पत्र । ७. घरको मुख्य व्यक्तिले गरेको ऋणमा सम्पुर्ण अंशियारको हक भाग लाग्ने हुंदा शूरुको निर्णय विचारणीय भएकोले अ.वं. २०२ नं. अनूसार विपक्षी झिकाउनू भन्ने पुनरावेदन अदालत जनकपुरको आदेश । ८. ऋण रु.१३,००० ।र कानून वमोजिमको व्याज वादीले सत्यनारायण र राम नारायणवाट भराई लिन पाउने ठहर्छ । ती दुवै व्यक्तिवाट भराई पाउने ठहर्‍याउनू पर्नेमा सत्यनारायणवाट मात्र भराई दिने ठहराएको शूरुको फैसला उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०४९।११।१० को फैसला । ९. सत्य नारायणले सगोलमा रहंदाको अवस्थामा वादीसंग कर्जा लिएको भए म उमेर पूगेको दाजु लार्ई पनि रोहवरमा नराखी कर्जा दिने थिएन । कर्जा दिंदा अंशियारलार्ई रोहवरमा नराखेवाट सत्यनारा