निर्णय नं. १६५० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६५० - कर्तव्य ज्यान भाग: २५ साल: २०४० महिना: श्रावण अंक: ४ फैसला मिति :२०३९/११/१९ २४४३ निर्णय नं. १६५० ने.का.प. २०४० अङ्क ४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको फौ.पु.नं. ३८४ फैसला भएको मिति : २०३९।११।१९।५ मा पुनरावेदक/वादी : पूर्णबहादुरको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : कालीकोट जि.बाखी सदराभक्त गलजेना गा.पं.वार्ड नं.४ वडासैनी बस्ने अनिपाल शाही समेत जवान ४ चार मुद्दा : कर्तव्य ज्यान (१) रगत जाँचको अभावमा पटुकामा लागेको रगत कर्तव्यबाट मारिएको भनिएको मर्नेको रगत भन्न नमिल्ने । (प्रकरण नं. २७) पुनरावेदक वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कामनन्दप्रसाद देव (साविक पेज नं. १५२) फैसला न्या.त्रिलोकप्रताप राणा १. भाइ मनबहादुर शाहीलाई ०३१ सालमा चोरी गरेको भन्ने बात लगाई ०३२।६।१ गतेका दिन अभियुक्त ४ जनाले भाइ मनबहादुरलाई घट्टमा लगी चोरी गरेको बिगो माग्दा अहिले पैसा छैन पछि दिउँला भन्दा देवकृष्ण अधिकारी जमानी बसी त्यहाँबाट भाइ घरमा नआई ऐ.गतेका दिनमा रुखमा झुण्डी मरेको देखिएकोले अनिपाल शाही समेतको कर्तव्यबाट मरी झुण्ड्याई राखेको पूरा शंका लागी जाहेर गर्न आएको छु । कानुन बमोजिम गरिपाउँ भन्ने समेत व्यहोरा उल्लेख भएको पूर्णबहादुरको जाहेरी दरखास्त । २. रुइस भन्ने रुखको अं.२ इन्च गोलाइको हाङ्गा ६½ फिट उचाईमा धागोको पुरानो डोरीमा झुण्डिएको भुँईमा टेकी डोरीको सुर्के गाँठो पछाडि गर्दनमा अड्केको दाहिनेतिर नाइटो मुनी इँजारले छाला काटिएको भुँडी बाहिर निस्केको हड्डी देखिने देब्रे कानतिर छाला खुइलिएको टुप्पीतिर ½ इन्च गहिरो घाउ भएको सर्वाड्ड शरीरमा किरा परी निलडाम चिन्न नसकिने भन्ने समेत व्यहोरा भएको लासप्रकृति मुचुल्का । ३. ०३२।५।३१ गते साझपख भाइ मोहन विरेलाई साथमा लिई वीरमल शाहीको घर हुँदै मनबहादुर शाहीको घरमा गई लिनुपर्ने रकमको टुंगो गरी वीरमल शाही समेत भई निजकै घरमा आई सुतेका हौं । भोलिपल्ट बिहान मनबहादुर शाही घट्टमा आएको थाहा पाई हामी दुवै भाइ आई घट्टको वरिपरीका घट्टेरी समेत भई निजैको कुरामा छलफल गरी २ विसौलीको पित्ले ताउला दिन्छु भनी कबोल गरेपछि घरमा गए मोहनवीर शाही साँझपख घर जान्छु भनी गए मनबहादुर शाहीलाई कसले मार्यो थाहा छैन म समेत भई मारेको हैन भन्ने समेत व्यहोराको अनिपाल शाहीको ठाडो कागज । ४. ०३२।५।३१ गते राति दाइ जलबहादुर, म समेत धने रोकायाको घरमा रातभरि तास खेली भोलिपल्ट ०३२।६।१ गते बिहान अं.८ बजेतिर चुनी रोकायाको घट्टमा आउँदा अनिपाल। मीनबहादुर, महावीर, देवकृष्ण र प्र.पं.समेतले लेनदेनको कुरा गरेको सुनेको हुँ त्यस घट्टको खोलामा नुहाई घरतर्फ लागे मृतक मनबहादुरलाई कसैले मारेर झुण्डाएको हुनुपर्छ कसको कर्तव्यबाट मर्न गएको हो मलाई थाहा छैन भन्ने समेत व्यहोरा भएको लालबहादुर शाहीको ठाडो कागज । ५. ०३२।५।३० गतेको रातमा धने रोकायाको घरभित्र बुढा गगने रोकाया, धने अधिकारी र म समेत भई रातभरि तास खेली अनिपाल ०३२।६।१ गते बिहान ९ बजेतिर धने रोकायाको घरमा खाना खाई (प्र.पं.समेत) घरमा गएको हुँ । साँझ ५ बजे वार्ड नं.१ रौपी भन्ने ठाउँमा गएको हुँ मलाई किन पोल गरे थाहा छैन । ०३१ साल माघमा भारत काशीमा गई ०३२ साल भाद्र २ गते मात्र घरमा आएको हुँ भन्ने समेत व्यहोरा भएको जलबहादुर शाहीको ठाडो कागज । ६. ०३२।५।३१ गते साँझमा दाइ अनिपालसँग मर्ने मनबहादुरको लेनदेनको कुरा गर्नुभएको राति त्यही